त्यो बिछोड पछिको चोट देखाएर गई
माया मागे मैले उ नोट देखाएर गई
चन्द्रमा छुने सपना भएर होला मेरो
प्रेमी थिए म उल्टै खोट देखाएर गई ।
कोही कसैलाई खास छैन भन्छ उ
समय पनि एकनास छैन भन्छ उ
मान्छे एक र रुप अनेक भए देखी
छैन अव त बिश्वास छैन भन्छ उ ।
कोहि आफ्नो अशल मीत्र नभएर
भरोसावान मान्छे मन भित्र नभएर
जती छन सबै दुःखीत छन अचेल
सबैको एउटै दिल चरीत्र नभएर ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *