१.
टेक्दै हिँड  मेरो छाती सहन्छु म जति पनि
नसुनाऊ भो प्रेमकथा बहन्छु म जति पनि
कसैलाई प्यारो सम्झि राखे हुन्छ मुटुभित्र
ऑंसु बोक्दै दोबाटोमा रहन्छु म जति पनि ।
२.
यौवनका कुरा गर्दा शिर झुकाउ‘ंछ्यौ तिमी
जिन्दगीका व्यथाहरू सबै लुकाउ‘ंछ्यौ तिमी
राम्रो होकि नराम्रो खै कस्तो आदत भनू‘ं म ?
हॉंसीहॉंसी ऑंखाभित्र ऑंसु सुकाउ‘ंछ्यौ तिमी ।
३.
विदेशी भिक्षाले देश चलेको धेरै भो
हाम्रो स्निग्ध स्वाभिमान ढलेको धेरै भो
खै, के सुनाऊ‘ं तीतो यथार्थ अरुलाई ?
सारा नेपालीको भाग्य जलेको धेरै भो ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *