पराल्को कुन्यू माथि

घाम ताप्दा जमानामा
र देख्दा आकाशमा हवाइजहाज
हेर्थिम तेस्को आकार, रङ् अनी आवाज
नडुबुन्जेल क्षितिज सम्म
खेल्न छोडेर भाँडाकुटी ।

आज रिमोट द्वारा सोचालित
हाम्रा घरका झ्याल र वरिपरी
ड्रोनको भुन-भुनाई गुन्जिन्दै छन्

सम्झिनुस् यो हेरिने खुला स्वतन्त्र आकाश
यी हाम्रा आँखाको सोतन्त्रता भन्दा माथि रह्यो
अरु कसैको नियन्त्रनमा आज ।

अनी भोली
मानव द्वारा निर्मित रोबर्टका चिप्समा
जडिनेछन
एक भूगोलको सिमानाबाट
अर्को भूगोलको सीमान्तमा छोडे पछि
कसैलाई नचिन्ने यन्त्र

अनित रोबर्टहरु आँफैले
ती मनिसहरुलाई
सुकुटीको बिस्कुन बनाउने छन
र चपाउनेछन करम-करम
हाम्रा करङ्का हड्डिहरु ।

अब सुरक्षा भनेको
मात्र केहीमा रहेन
यो अक्सिजनमा पनि
मान्छेका सिनुको गन्ध बसाउन थाल्यो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *