भिरेर सरकारको झोला लमक लमक कता हो ?

बेचेर नदीनाला खोला लमक लमक कता हो ?

उपियाँ उडुस जस्तो क्रान्ति भन्दै उफ्रिन्थ्यौ

त्यागेर बदलेर चोला लमक लमक कता हो ?

पहेँलपुर छौ अझ कतिले पहेलिन्छौ

बोकेर गोडा दशेक तोला लमक लमक कता हो ?

उचालेर जुधाएर नेपालीलाई फुटाएर

बनेर आफूचाहिँ भोला लमक लमक कता हो ?

तब संविधान भन्थ्यौ अब संशोधन भन्छौ

तिम्रो बुताले के होला लमक लमक कता हो ?

 

(८ र ७ अक्षरमा विश्राम)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *