विगत एक महिनादेखि उक्त रक्तचाप,सुगर र अल्सरका कारण दुई हप्ता सिभिल हस्पिटलमा उपचार गरी फर्किएका साहित्यकार उज्ज्वल जी.सी. पुनः अस्वस्थ हुनु भएको छ । उहॉंको हालै भएको स्वास्थ्य परीक्षणबाट पेटको सानो आन्द्रामा क्यान्सर भएको पत्ता लागेको छ । वरिष्ठ चिकित्सक मदनकुमार पिया, डा. निरज जोशीको निगरानीमा उहॉंको उपचार भइरहेको र यसै हप्ता नेशनल क्यान्सर हस्पिटलमा केमोथेरापी शुरु गरिन लागिएकोले मह‘ंगो उपचार खर्च धान्ने आफ्नो आयश्रोत नभएका कारण नेपाल सरकार, बिभिन्न संघसंस्था र शुभचिन्तकहरूबाट आर्थिक सहयोगको अपेक्षा गर्नु भएको जानकारी उहॉंको पारिवारिक सुत्रबाट थाहा हुन आएको छ । जी.सी. नेपाली साहित्यका गजल,गीत, मुक्तक र कविता विधाका एक सशक्त हस्ताक्षर हुनुहुन्छ । तीसका दशकदेखि लेखन शुरु गर्नु भएका जी.सी.का हालसम्म तेह्रवटा काव्यकृतिहरू प्रकाशित छन् भने नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कार, नेपाली सेना र नेपाली प्रहरीबाट साहित्यमा सम्मानित, बालमन्दिर साहित्य सम्मान, महाकवि देवकोटा शताव्दी काव्य पुरस्कार, वी.पी.कोइराला स्मृति साहित्य सम्मान, गजलरत्न सम्मानलगायत थुपै्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानहरू प्राप्त गरिसक्नु भएको छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *