अगि अगि हिड्नेलाई चिन्ने भए

हजुर म त पछि पछि हिड्ने भएँ

जे जे देखायो गमेर हेर्ने भए

हजुर म त हस् भनि टेर्ने भएँ

 

आउ भन्दा आउछन् घुम भन्दा घुम्छन्

हजुर म त लुखुर लुखुर घुमाउने भए

ख्वाइदिदा खान्छन् पिलाउदा पिउँछन्

हजुर म त लड्लान् भनि समाउने भएँ

 

हतार हतार लिन जाउ फेरि पुर्याउ

हजुर म त तातो न छारो व्यस्त भएँ

स्वागत ग्रहण गर्छन् जुँगा ताउ दिन्छन्

हजुर म त मै हो कि भनि मस्त भएँ

 

अगि अगि हिड्नेलाई खिच्ने भए

हजुर म त पछि पछि खिस्स भएँ

बसाइ दिदा बस्ने बोल्न दिदा बोल्ने भए

हजुर म त छेउमा खुम्चिएर हिस्स भएँ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *