-मञ्जुल मिथोच

13876355_926359907491880_1392379876133913930_nथियो एउटा यात्रा,गाडीमा समापन भो
बिमान चढे पछि,खाडीमा समापन भो

बडो दु:ख गरेर, बनाएको थियो घर
झरी पहिरो,भेल, बाडीमा समापन भो !

बिरामी भए भन्थ्यो,केहि दिन अघि मात्र
सिलेन भर्दा भर्दै, नाडीमा समापन भो !

मृत्यु भएको थियो,श्रीमान सन्दीपातले
पुछियो रातो रङ्ग,राडीमा समापन भो !

रोपेको थियो फूल, सुन्दर सपनाको त्यो
बिचरा नफ्रकिदै, झाडीमा समापन भो !

केहि गर्न सकिन, घाम डुब्नु अघि मैले
मेरो समय त्यसै, घडीमा समापन भो !

-रानीटार, पाँचथर

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *