शीकार गर्ने मेरो तिर विकेन
सधै घोचीरहने यो पिर बिकेन
मलाई वार पार बनाईरह्यो सधै,
खोटोको खोटै यो तकदीर बिकेन ।

आउछन फेरी कसम खान्छन उनीहरु
केही दिन्छन अनी केही लान्छन उनीहरु
लानेबेला त यादहरु पनि संगै लैजान हुने,
तर त्यो यतै छोडेर जान्छन उनीहरु ।
साँच्चै जिउन लाई त माया हुनुपर्छ
सहयोगी हातहरु दाँया बाँया हुनुपर्छ
थाकेपनि जीवनमा सुस्केरा हाल्नलाई
बर–पिपलको सीतल छाँया हुनुपर्छ  ।
बनाउछु म उ सधै भत्काउन खोज्छ
बारबार मलाई मात्रैै सताउन खोज्छ
मेरो जीवन हो म जे सुकै गरु भन्छु
उल्टै मै माथी हात उठाउन खोज्छ ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *