पंचायत प्रजातन्र हुँदै संघिय गणतन्त्र मा पनि  
मुख्य पात्र उही भए पछी देश कसरी बन्छ अनी
देश संकटमा बर्षौ  देखी नेताहरू सबै जान्दछन् 
सुल्झे समस्या महत्व आफ्नै कम हुने ठान्दछन्
 
सत्ताको खेलमा नेताहरू तल्लीन देखीदै छन्
गोटी नबन नेताको युवा शहिदले श्राप दिने छन् 
युवा शक्ती देश बिकाशको गती बदल्न सक्दछौ
अवशर पाए हामीले व्यावस्था सुधार्न सक्दछौ
 
राष्ट्र प्रेमी लाखौ युवाहरू आजै देखी संकल्प गरौ 
हजारौ शहिदको सपना पुरा गर्ने बाटोमा बढौ
एउटै उपाय छ चुनावमा युवा  सचेत हुनु पर्छ है 
भ्रष्ट खल पात्र ले हारेमा मात्र देश सुन्दर बन्छ है
 
राष्ट्र-घाती भ्रष्टहरूलाई जरैदेखी उखेल्नु पर्दछ
नेपाली युवा  जुटेर अब देश बनाउन सक्नु पर्दछ
राजनीति  अनी प्रशासन दुबैलाई सुधार्नै पर्दछ
यत्ती गर्न सके युवाहरू देशले काँचुली फेर्दछ 
       
          बाबुराम पन्थी “गुल्मेली”
                तम्घास गुल्मी
 हाल     : मकाउ ,चिन 
      सम्पर्क   : ००८५३-६३२१२५७७
     email   : bgomrr@ gmail.com
 
 
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *