मस्कोमा ‘रहस्यमय नेपल’ साहित्यिक सन्ध्या सम्पन्न
कृष्णप्रकाश श्रेष्ठ

मस्को, १२ जनवरी २०१७ (वृहस्पतिवार) । मास्कोको केन्द्रमा रहेको रूसी साहित्यकार भवनको एक कक्षमा ‘रहस्यमय नेपाल’ शीर्षकमा साहित्यिक–सांस्कृतिक सन्ध्या सुसम्पन्न भयो । रूस लेखक संघ, रूस–नेपाल सहयोग तथा मैत्री समाज तथा गैरआवासीय नेपाली संघ रूस र विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अग्रसरतामा आयोजित यस कार्यक्रमको संचालन रूस लेखक संघकी सदस्य ताच्याना चेग्लोभा (साहित्यिक नाम ताच्याना चे) बाट गरिएको थियो ।
रूसी साहित्यकार भवनमा रूसी लेखक–कविहरू, गैरआवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. बद्री के.सी.का साथै साहित्यानुरागी नेपालीहरू, काठमाडौंस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको परिसरमा गतः वर्ष शरद् ऋतुमा स्थापित रूसका महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा उद्घाटनमा भाग लिन गएको रूसी प्रतिनिधिमण्डलका सदस्यहरूको पनि उपस्थिति रहेको थियो । यसै प्रमण्डलको एक सदस्यको रूपमा नेपालको पहिलोपल्ट यात्रा गरेकी रूसी कवयित्री ताच्याना चेग्लोभाले नेपालको छोटो तर प्रभावोत्पादक यात्राबारे स्वयं तयार पारेको वृत्तचित्रको प्रदर्शनबाट साहित्यिक–सांस्कृतिक सन्ध्याको शुभारम्भ गरिएको थियो ।

 
रूस लेखक संघ मास्को नगर संगठनका अध्यक्ष भ्लादिमिर बोयारिनोभले साहित्यिक सन्ध्याको उद्घाटन गर्दै रूस साहित्यकार भवनमा उपस्थित नेपाली तथा रसियाली साहित्यानुरागीहरूको हार्दिक स्वागत गर्नुका साथै कवयित्री ताच्याना चेको व्यक्तित्व र कृतित्वको संक्षिप्त परिचय दिएपछि स्वरचित एउटा कविता पनि पाठ गरेका थिए । 
रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले नेपालमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमाको उद्घाटन समारोहमा मैत्री प्रमण्डलको उपस्थितिबारे प्रकाश पार्नुका साथै नेपालीहरूले भोग्नुपरेको महाभूकम्पका परिणामहरूको निराकरणका लागि रूसको सरकार तथा जनताको तर्पmबाट पु¥याइएको रहत कार्य तथा सहयोगको चर्चा गरेका थिए । रूस–नेपाल सहयोग तथा मैत्री समाजको संरक्षण परिषद्का अध्यक्ष, दुईपल्ट सोभियत संघ वीरको उपाधिद्वारा विभूषित अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभले दुई देशका जनताहरूबीच मैत्री सम्बन्ध प्रगाढ तुल्याउन मद्दत पु¥याउने यस किसिमको साहित्यिक भेलाका आयोजकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
रूसी कवयित्री ताच्याना चेले कार्यक्रम सञ्चालन गर्दै नेपाल यात्राको अनूभूतिबारे बताउँदा पर्दामा पनि विषयवस्तु अनुरूप नेपाली संगीतको धूनसहित नेपालका दृश्यहरू परिवर्तित भइरहेका थिए । नेपाल र रूस (सोभियत संघ) का बीच दौत्य सम्बन्ध स्थापनाको हीरकजयन्तीप्रति समर्पित गरी प्रकाशमा ल्याइएको द्विभाषिक कवितासंग्रह ‘कविताको रङ’ मा समावेश गरिएका कविताहरूमध्ये नेपालको जनजीवन, चिन्तन र प्रकृतिबारे कविताहरूको समुचित चयन गरी रूसी कवयित्री ताच्याना चेद्वारा आफ्नो प्रस्तुतिको बी–बीचमा कवितापाठ गरिंदा नेपालको जीवन्त काव्यिक चित्र उत्रेको भान भइरहेको थियो । स्मरण रहोस्, रूसी भाषामा गुञ्जेका ती कविताहरू रूसबाट विद्धुत शक्तिको क्षेत्रमा विशेषज्ञ बनेर नेपालमा एक दक्ष र प्रतिक्ष्ठित इन्जिनियरको हैसियतले काम गर्नुका साथै फुर्सदको समय साहित्य सिर्जनामा लगाउने विष्णुबहादुर सिंहको कृतित्व हो र यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) र रूसी कवयित्री ताच्याना चेबाट संयुक्त रूपमा नेपालीबाट रूसी भाषामा अनूदित भई ‘कविताको रङ’ शीर्षकमा रूस नेपालविद्या केन्द्रको संयोजकत्वमा प्रकाशमा ल्याइएको थियो । रूसी कवयित्री तामारा पोत्योमकिनाले पनि भावी कवितासंग्रहका लागि माथि भनिएभैंm संयुक्त रूपमा अनुवाद गरिएका केही कविताहरू प्रस्तुत गरेकी थिइन् । ती कविताहरूमध्ये उनले नेवारी भाषाका महाकवि चित्तधर हृदयको ‘पत्र’ शीर्षकको कविता पनि पाठ गरेकी थिइन् । यहाँनेर के पनि उल्लेख गर्न चाहन्छु भने नेपाल जाँदा म जहिले पनि उनीसंग भेट गर्न उनैको घरमा पुग्दथें, तर पछिल्लोपटक कालीमाटीस्थित उनको सालिकको मात्र दर्शन गरेर मास्को फर्केको थिएँ । यसरी रूसी कवयित्रीद्वय ताच्याना चे र तामारा पोत्योमकिनाबाट रूसी भाषामा अनूदित नेपाली कविताहरूको प्रभावोत्पादक ढंगबाट पाठ गरिंदा ‘रहस्यमय नेपाल’ का केही रहस्यहरूको उद्घाटन भएभैंm प्रतीत हुन्थ्यो ।
साहित्यिक सन्ध्याका प्रमुख अतिथि, रूसका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेले आफ्नो मन्तव्यमा आपूm साहित्यकार नभए पनि साहित्यप्रति रुचि रहेको अभिव्यक्ति दिंदै केही दिन अघि मात्र मास्को आइपुगेको स्मरण गराउनुका साथै आपूm अमेरिकामा रहँदा नेपालीहरूले मात्र नेपाली साहित्यको प्रवर्धनमा केही कार्यक्रम गर्नेगरेको अनुभव बताउनुहुँदै रूसमा रसियालीहरूले समेत नेपाली साहित्यको सम्बर्धनमा यस्तो भूमिका खेलिरहेको देखेर अत्यन्तै हर्ष लागेको छ भनी जनाउनुभयो । महामहिमज्यूले रूससंग नेपालको सम्बन्ध निकै सुमधुर रहिआएको तथ्यको चर्चा गर्दै रूस र नेपालबीच सांस्कृतिक सम्बन्धबारे सन्धिपत्रको पुनर्नवीकरण गरिने कुरा बताउँदै रूसले नेपालको आर्थिक आधारको निर्माण र विशेषज्ञहरूको तैयारीमा पु¥याएको सहयोगको उल्लेख गर्नुका साथै अहिलेको नयाँ अवस्थामा नेपालमा विभिन्न उद्यमको स्थापना र पर्यटन विकासमा समेत रूस–नेपाल सहयोग तथा मैत्री समाजको ठूलो भूमिका रहनेतर्पm औंल्याउँदै अन्तरिक्षयात्रीद्वारा नेतृत्व गरिएको यस मैत्री समाजले नेपाल–रूस सम्बन्धलाई अन्तरिक्षको उच्चतासम्म नभए पनि सगरमाथाको उच्चतासम्म पु¥याउने छ भन्ने आशा व्यक्त गर्नुभयो । महामहिमज्यूले साहित्यिक सन्ध्याका आयोजकहरूप्रति धन्यवाद ज्ञापन गर्दै रूस लेखक संघका साथै रूस–नेपाल सहयोग तथा मैत्री संघका रचनात्मक क्रियाकलापहरूमा नेपाली राजदूतावासको तर्पmबाट यथासम्भव सहयोग गरिने विश्वास दिलाउनुभयो ।
तत्पश्चात् ‘कविताको रङ’ शीर्षकमा नेपाली कवि विष्णुबहादुर सिंहको नवप्रकाशित द्विभाषिक (नेपाली र रूसी) कवितासंग्रहका अनुवादकद्वय (ताच्याना चे तथा कृष्णप्रकाश श्रेष्ठ) का साथै महामहिम नेपाली राजदूत ऋषिराम घिमिरे, रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभ, अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभ, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारी, विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूसमा नेपाली समुदायका उक्त दुवै संस्थाका महासचिव डा. मनमूर्ति भुत्र्याल, रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल प्रभृतिबाट द्विभाषिक कवितासंग्रह ‘कविताको रङ’ को लोकार्पण गरियो । गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीले ज्यादै प्रभावोत्पादक साहित्यिक सन्ध्या सञ्चालन र रूसी भाषामा अनूदित नेपाली कविताको लागि रूसी कवयित्री ताच्याना चेप्रति रूसमा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै ‘सम्मानपत्र’ को पाठ पढेर सुनाई रूसी कवयित्रीलाई प्रदान गरेपछि राजदूतज्यूले खादा ओढाएर सम्मान गर्नुभयो ।
रूस–नेपाल मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभबाट हिउँदको जाडोमा बरफिलो पानी पोखरीमा गोता लगाउने हुनाले मास्को र रूसका प्रमुख जलसिंह (रूसी भाषामा ‘मोर्ज’) भन्ने उपाधिधारी ८० वर्षीय सेर्गेइ माक्सिमोभलगायत विभिन्न कार्यकर्ताहरूलाई प्रशंसापत्र प्रदान गरिएपछि अन्तरिक्षयात्री भ्लादिमिर जानिदेकोभले साहित्यिक सन्ध्याको समापन गर्नुभयो ।
रूसको राजधानीमा १३ जनवरीका दिन मनाइने ‘पुरानो’ नयाँ वर्ष सन् २०१७ को पूर्वसन्ध्यामा सम्पन्न साहित्यिक–सांस्कृतिक सन्ध्याका सहभागीहरूका लागि साहित्यकार भवनको क्याफेमा जलपान समारोहको पनि आयोजना गरिएको थियो । साहित्यिक सन्ध्याको कार्यक्रमपश्चात् म फरफर हिउँ परेर जताततै सेताम्य देखिनुका साथै नयाँ वर्षको उत्सवका लागि रङ्गीन बत्तीहरूद्वारा झिलिमिली पारिएको मास्कोको दृश्य हेर्दै उद्यान–चक्रपथमा चक्कर लगाउने ट्रलीबस चढेर आफ्नो निवासस्थानतिर लागें…
फोटो सौजन्थ ः विश्व नेपाली साहित्य महासंघ रूस शाखा
१३ जनवरी २०१७
मास्को, रूस महासंघ ।
शुभेच्छुक,
कृष्णप्रकाश श्रेष्ठ
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *