नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
चैत १८ दमक

दमकमा भएको साहित्यकारहरुको एक भेलाले प्रतिभा सम्मान कोष स्थापना गर्ने निर्णय गरेको छ । पुर्वाञ्चल क्षेत्रमा रहेर राष्ट्रिय रुपमा स्थापित स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले विदेशमा रहेका नेपाली स्रष्टाहरुको सहयोगमा कोष स्थापना गरिने भएको हो ।
कोषको सञ्चालनको लागि साहित्यकार युवराज रिजालको अध्यक्षतामा समिति निर्माण गरिएको छ । गठित समितिको उपाध्यक्षमा कल्पना पोखरेल, सचिव गिरिराज भट्टराई, सह–सचिव युवराज ढकाल र कोषाध्यक्षमा अशोक थापा रहनु भएको छ । त्यसै गरी सदस्यहरुमा चोमु पासाङ शेर्पा, कुसुम तामाङ र प्रज्वल बाँस्तोला रहनु भएको छ ।
कोषले हरेक वर्ष पूर्वाञ्चल क्षेत्रबाट राष्ट्रिय रुपमा स्थापित भएका दुईजना स्रष्टाहरुलाई सम्मान गर्ने कोषका सचिव गिरिराज भट्टराईले जानकारी दिनुभयो । विशिष्ट प्रतिभा सम्मान र युवा प्रतिभा सम्मान गरी दुईजना स्रष्टाहरुलाई सम्मान गरिने वहाँले बताउनु भयो । विशिष्ट प्रतिभा र युवा प्रतिभालाई नगद ५० हजार रुपैयाँ सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने पनि वहाँले जानकारी दिनुभयो ।
यस वर्ष काठमाण्डौमा बसेर साहित्य क्षेत्रमा सक्रिय दमकका युवराज नयाँघरेलाई विशिष्ट प्रतिभा सम्मान र दमकमै रहेर साहित्यमा क्रियाशील युवा कवि धनकुटे कान्छालाई युवा प्रतिभा सम्मान गर्न लागिएको कोषका अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *