श्री इन्द्रसेन सुनुवार ज्यु को जीवनकालका अनुभूतिहरुको संकलन रहरै रहरमा बिमोचन समारोह . अप्रिल २०१७ ९विश्व मूर्ख दिवसका दिन काठमाडौंमा सफलता पूर्वक सम्पन्न भएको छ। श्री असिम सुनुवार ज्यु को अथक परीश्रम र सम्पादनमा उक्त पुस्तक प्रकाशनको लागि श्री सुबोध सुनुवार ज्यु ले बिशेष सहयोग पुराउनु भएको छ।

पूँ मिम्तेक द्वारा प्रकाशित श्री इन्द्रसेन सुनुवार ज्यु को प्रस्तुति रहरै रहरमा दशकौंका तिता मिठा अनुभूतिहरुको संकलनका साथै क्युइन्तिच(कोइंच हरुको सजीव ऐतिहासिक दस्ताबेज हो। यहाँ भित्र संकलित् हरेक लेखहरुले मन मात्र छुने हैन, आफुले जीवनमा भोगेका सजिव दृश्यहरुलाई बडो कपेर बुनिएको छ ।  

दशकौंको भोगाई र अनुभूतिहरुलाई प्रशंसनीय कार्यलाई नियालेर हेर्दा हाम्रा गाउँघरका पुराना कथाव्यथाहरुका जानकारी, किमबन्दति, गाउ‘ले जीवनको भोगाईको सजीवता र वास्तविक सामाजिक चित्रण गरिएको छँ । उहाँको रहरै रहर सँग बहँदा कहिले लेखकसंगै अति भाबुक, त कहिले एक्लै अट्टाहास हाँसो पनि उठाए । उहाँको यस्तो साहसलाई सलाम र कदर गर्नैपर्छ । यो “रहरै रहरमा” को प्रकाशन पूँ मिम्तेक ( जन्मभूमीका सम्झनामा) द्वारा असल कार्यहरु गर्न समाजका सबैलाई अनुरोध गर्नु र प्रयास गर्नु रहेकोछ । हाम्रो गाउँघरको सामाजिक, आर्थिक अवस्था कमजोर, शैक्षिकस्थिति दयनीय र अत्यास लाग्दो पाइन्छ । खासगरी स्कूले केटाकेटीहरुले पाउने शिक्षा उदेक लाग्दो अनि भरोसा गर्न नसकिने खालको छ । केटाकेटीहरुको मनोरन्जनका लागि आधारभूत पूर्वाधारको खाँचो छ । उनीहरुको शारीरिक विकासका लागि खेलकुद, संगीत र मनोरन्जनका साधनहरुको अभाव रहेको छ । कमसेकम बालविकास एवम् शैक्षिक सुधारका लागि न्यूनतम पूर्वाधार खडा गर्न सकेमामात्र थोरै सहयोग पुग्नेछ । थोपा थोपा मिलेर समुद्र बन्छ भने झैं हामी सबैको व्यक्तिगत प्रयासबाट हामीले हाम्रो समाजको स्वरुप बदल्न सक्नेछौं । आफूले जुन काम गर्न सक्छौं, जस्तो सहयोग पु¥याउन सक्छौं त्यो जुटाऔं । सामूहिक प्रयासबाट जस्तो सुकै कार्य सम्पन्न गर्न सकिन्छ भन्ने मूल सूत्रलाई आत्मसाथ गर्दैपू्ँ मिम्तेक अझैँ  पनि गर्भ मै रहेको स्वर्णिम सपना बोकेको मुनाफा रहित संस्थाको नाम हो । जुन गाउँमा जन्मी,हुर्की , शिक्षा आर्जन गरी सक्षम भए पछि रोजीरोटी, गाँसबास, कपासको जोहो गर्ने क्रममा बिश्वको कुना काप्चाहरुमा यत्रतत्र सुख दुखका क्षण ब्यतित गरी रहनु भएका सम्पूर्ण महानुभावहरुलाई पू्ँ मिम्तेक संग आबद्ध रही हातेमालो गर्दै गाउँका भविष्यका सन्ततिहरुको, माहिला, अशक्त र ज्येष्ठ नागरीकहरुको हितको लागि केही सामाजिक सेवा गर्न जुटौं भन्ने अनुरोध पनि गर्दछ । 

। श्री इन्द्रसेन सुनुवार ज्यू जस्तै पाका पूूर्खाहरुबाट अनुभूतिहरु भविष्यका सन्ततिहरुको लागि दास्तावेज प्रमाण छोड्ने ऐतिहासिक र साहसिक कार्यको लागि स्वागत तथा बधाई ज्ञापन गर्दछ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *