आमा 
तिम्रो बारेमा 
केही लेख्न खोज्दा 
काँप्छन् मेरा हातका औंलाहरू
तिम्रो सुन्दर अनुहारमा छ्यापिएको
आफ्नै सन्तानको रगतका छिल्काहरू 
रगताम्य बक्ष्यस्थलहरू
रगत छल्किने तिम्रै नयनका ताल तलैयाहरू
तिम्रो  रगतले पोतिएको न्यानो काखको वर्णनमा
काँप्छन् मेरा हातका औंलाहरू
 
आफ्नै सन्तानको विभत्स हत्या गरिरहेका 
दैत्यहरूको सामू 
तिम्रो वेसाहारा पलको रोदन 
टुलु टुलु हेरेर तिम्रो 
दु:खको काहानी म कसरी लेखौ ? 
म त तिम्रो मुहारमा मुस्कानको 
खुशीको पलको ,सफल ,संवृद्द 
जिवनको कहानी लेख्न पाउने 
दिनको प्रतिक्षामा छु ।
 
आमा ! 
तिमीले शाहस जुटाउनु छ 
त्तिम्रा सन्तानको वली चढाएर 
तिमीलाई पटक पटक 
आफ्नै सन्तानको रगतमा डुवुल्की मार्न 
बाध्य बनाई 
आफूले चरम सुखको अनुभूती गर्ने 
ति दैत्यहरू लाई मृत्युवरण गराई 
आफ्ना निर्दोष सन्तान लाई बचाउनु छ 
 
आमा ! 
फेरी एक पटक प्रसव पिडा सही देऊ 
जन्माई देऊ एउटा वीर सन्तान 
नामेट गराई देऊ  दैत्य हरू 
आमा !
त्यती खेर 
तिम्रो बारेमा केही लेख्न खोज्दा 
काँप्ने छैनन् मेरा हातका औंलाहरू
लेख्ने छन् तिम्रो 
शाहासी मातृत्वको महिमा 
 
            बाबुराम पन्थी “गुल्मेली”
                 तम्घास गुल्मी 
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *