वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी. लामो समय भारतको दिल्लीस्थित राजिब गान्धी क्यान्सर हस्पिटलमा उपचार गराई हालै नेपाल फर्किएका छन् । पेटको सानो आन्दामा क्यान्सर देखिएपछि उहॉं ६ महिना अघि उपचारका लागि भारत जानु भएको थियो । उहॉ्रलाई चिकित्सकहरुले ६ साइकल किमोथेरापी पूरा गरेपछि पेटको शल्यक्रिया गरेका थिए । उपचार खर्च अति मह‘ंगो भएकोले हालसम्म करिव १९ लाख खर्च भइसकेको र अझै ६÷७ लाख लाग्ने तर नेपाल सरकारबाट हालसम्म कुनै सहयोग नपाएको दुखेसो पोख्नुहुन्छ उहॉ । जी.सी. नेपाली साहित्यका गजल,गीत, मुक्तक र कविता विधाका एक सशक्त हस्ताक्षर हुनुहुन्छ । चार दशकको लामो साहित्यिक यात्रा पूरा गरिसक्नु भएका जी.सी.का हालसम्म तेह्रवटा काव्यकृतिहरू प्रकाशित छन् भने नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कार, नेपाली सेना र नेपाली प्रहरीबाट साहित्यमा सम्मानित, बालमन्दिर साहित्य सम्मान, अन्तर्राष्ट्रिय तथागत सिर्जन सम्मान, महाकवि देवकोटा शताव्दी काव्य पुरस्कार, वी.पी.कोइराला स्मृति साहित्य सम्मान, राष्ट्रिय विभूति साहित्यिक पुरस्कार,गजलरत्न सम्मानलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी तीन दर्जन बढी पुरस्कार तथा सम्मानहरू प्राप्त गरिसक्नु भएको छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *