बाबा देबी राई र आमा दया देबी राईको कान्छा छोरा ५ बहिनी चेलीहरुको प्यारो माईती र एक दाजुको भाई, हाल बेलायतको आसफोर्ड केन्टमा बसोबास गरिरहनु भएका, संगीत पारखी सांगीतिक आकासका आशा लाग्दो गायाक तथा संगीतकार बि सी राईसँग जानू काम्बाङ्ग लिङ्ग्देन ले गरेको रमाईलो कुरोकानी l 
१) तपाईं अहिले के गर्दै हुनुहुन्छ ?  
हजुर अहिले म प्रोफ़ेस्नलि त ड्राईभिङ्ग इन्स्ट्त्रक्चर गर्छु, र यसको अलावा म म्युजिक मेकिङ्ग सिङ्गिङ्ग अनि बेला बेला गाउनमा रमाउंछु | 
२) तपाई यो संगीत क्षेत्रमा कसरि लाग्नु भो ?
 
म संगीतमा लागेको त एक बिसा र पनि 5/6 पाथी जति पो भयो र लाग्ने क्रम त रहर नै हो | तेस्पछि झन् धेरै म्युजिकको सपना देख्न थालियो अनि अहिले त झन् आबस्यकता र ब्यबसाय नै जस्तो पो भयो | 
 
३) बेलायतको व्यस्ततामा आफ्नो गित संगीतको कामलाई कसरि अगाडी बधाई राख्नु भएको छ ?
 
गारो त अति नै गारो छ, कामको व्यस्तता मात्रै नभएर बेला न कुबेला गित संगीतको काम गर्दा पर्ने बाधा र हल्लाहरुले कम्प्लेन आउला की भनि छर, छिमे संग पनि डराउनु पर्ने हुन्छ | अनि संगीतको क्षेत्रको लगानी र महँगी, हेर्ने हो भने त झनै गारो छ, तर पनि आफुलाई काम पनि आफ्नो रहर पुरा गर्न पनि यो दुई कुरालाई संगै लान दिन रात कसरत गरिरहेको छु, यानेकि दिनमा काम, साँझमा संगीत यस्तै छ | 
 
४) तपाईंको यो भर्खरै स्रोता दर्सक माँझ आएको नयाँ एल्बममा कति ओटा गीतहरु समेट्नु भएको छ र गीतकारहरु को को हुनु हुन्छ ? 
 
मेरो न्यु अल्बममा 10 वटा गित छन् | तेस मध्ये एउटा हिन्दी गीत पनि छ | सब्द रनिया राई पाकिस्तान बाट हुनुहुन्छ | अनि अरु सब्दहरु, बगिनी भएर, कबि नवराज बर्तमान, हर खुशी कबि सिब कोयु, भोजपुर बजार चाँही रिमिक्स हो भने तिम्रो साथ बिना चाँही यहि आसफोर्ड निबासी गीतकार स्वप्निल लिम्बु हुनुहुन्छ | यो गीतको फिमेल स्वर बिष्णु चेम्जोङ्गको रहेको छ |
 
५) तपाईं संगीतको अध्यायन बाहेक अन्य के काम गर्नु हुन्छ ? 
 
संगीतको अध्यायन त १० बर्ष अघि २००७ मै म्युजिक डिग्री सकेको हो, बाँकी अहिले त ड्राईभिङ्ग प्रसिक्षक गर्छु शंगीत त पार्ट टाईम मात्रै हो खासै छैन हाम्रो नेपाली बजारमा गित संगीतले बाँच्न सक्ने आधार, की त नेपाल नै गएर तेसैलाई पेसा बनाएर बस्नु पर्यो | यहाँ त सम्भब छैन काम नगरी l 
 
६) आफ्नो भाषा लिपि र कला संस्कृतिलाई जोगाउने हेतुले खोलिएका यी बिभिन्न संग संस्थाहरुले के साँच्चिनै कला र संस्कृतिलाई जोगाए जस्तो लाग्छ ? 
 
म त एकदमै कल्चरल छु हेर्नुस्, मलाई त मेरो भाषा एकदमै मन पर्छ तर बोल्न चैं 60/70% मात्रै आउँछ होला हाहाहा. …तर सस्न्कृति लाई जोगाउने कुरा गर्नु भयो, अब यो त हामीले नगरे कसले जोगाउने..?  जति पिता पुर्खाले यहासम्म गरिल्याए, बाटो देखाए त्यै बाटो हिड्ने त हो, उहाहरुको कपि गर्दै हाम्रो पहिचान जोगाउने त हो, र बिदेसमा बिसेष गरेर बेलायतमा संग संस्थाहरु हेर्दा सबैले आ-आफ्नो ठाउबाट पहल त गरेकै जस्तो लाग्छ, उहाहरु सक्क्षम पनि हुनुहुन्छ तर आउने पुस्ताले पो खासै चासो दिएको देखिंदैन तेसैले यो पहलमा आशा र निरासा दुवै छ अब हेरौं समयले कता लैजान्छ l 
 
७) बेलायतमा सगीत पढ्न लगभग कति खर्च लाग्छ र कतिको उपलब्धिमुलक हुन्छ ? 
 
यहाँ संगीत पढ्न खर्च त अब हुनेको लागि त खासै धेरै होइन होला, तर हामि जस्तो नहुनेको लागि त एकदम धेरै नै हो, मैले गरेको बेला पनि बार्षिक ७२०० ( बहातर सय ) पौण्ड तिर्नु पर्थ्यो l पछि त्यै कोर्सलाइ लगभग ९००० ( नौ हजार ) तिर्नु पर्ने बनायो, अब एउटा डिग्रीलाइ सोच्नुस पहिले मेरो पालामा २१६०० ( एकाईस हजार छ सय ) पौण्ड लाग्थ्यो l अहिले त्यै डिग्री २७००० ( सताईस हजार ) लाग्छ l र उपलब्धिको कुरो त आफैमा भर पर्ने कुरो हो l 
 
८) अब हामीले संगीत क्षेत्रलाइ राम्रो बनाउन के के कुरामा सुधार गर्नु पर्ला ? 
 
संगीत क्षेत्रको एरिया राम्रै छ, अझ राम्रो बनाउनको लागि त निरन्तरता नै हो हामीबाट, तर हाम्रो देशको संगीत बजारमा भने निजि कम्पनि होस् या सरकारबाट होस् अलि राम्रो ब्यबस्थापन चाँही हुनु पर्छ l दुख गर्ने गीतकारहरु लाई कपि राईटको ब्यबस्था हुनु पर्यो, पर्फमरको राईट, अनि गीतहरुको कपि राईट आ-आफ्नो ठाउबाट हुनु पर्यो, मैले जान्दा कुनै एउटा गित त्यो तपाईंको हो भन्ने भईसके पछि अरुले तेस्को कपि राईट तपाईंको बिना पर्मिसिन लिन सक्दैनन् अनि मिडियाहरुले पनि एक पल्ट बजाई सकेपछि नाछ्ली बार्षिक पेमेन्ट गर्नु पर्ने हो, यस्ता नियम र सिस्टम बसाउने नियम सरकारबाट पहल हुनु पर्यो,,मेरो बिचारमा सबै ईमान्दारी बन्नु पर्छ संगीत क्षेत्रलाई राम्रो बनाउन l 
 
९) तपाईं आफ्नै मेहेनातले बेलायतमै पहिलो पल्ट गीति एल्बम निकाल्न सफल गायक भन्दा फरक नपर्ला, यसरी नेपाल नगई र कुनै काम नेपालको बिना सहयोग गर्दा खर्चको हिसाब नेपाल र यहामा के कस्तो फरक पर्यो ? 
 
हजुर दिदी 90% काम UK मै भएको हो, जब जब मलाई नेपाली इन्स्ट्रुमेन्ट जस्तै मादल, बाँसुरी अनि शारंगी जस्तो बाजा रेकर्ड गर्न चाँही नेपाल नै पठाउनु पर्यो, खर्चको कुरामा यहाँ हामी युकेमा लोउ बजेटमै काम गर्दा पनि नेपालको दाँजोमा यहाँ महँगो नै पर्दछ, नेपालमा ५० /६० ठाउ एउटा गीतलाई लाग्छ, भने यहाँ यति पैसा त मिसिङ्ग्मै जान्छ | तेसैले यहाँ मैले आफ्नो काम आफैले गर्दा पनि महँगो नै पर्यो भन्दा फरक नपर्ला |
 
१०) तपाईं भन्दा पछि कोहि संगीत सिक्न बेलायत आउनेहरुलाई सिनियरको रुपमा रहेर के कस्ता सुझाब गर्नु हुन्छ ? 
 
 मलाई त्यति थाहा छैन, म सिनियर हो कि होइन तर जे भएपनि मेरो सुझाब सकारात्मक नै हुन्छ, र म यहि भन्न चाहान्छु की सजिलोगरी सर्भाईब हुने सपना चाँही नदेख्दा राम्रो, संगीतमा स्ताप्लिस्ट हुनलाई धेरै डटेर लाग्नु पर्छ l जहिले सोच्नु गन्तप्य टाढा छ तर असम्भब भने केहि छैन बस, निरन्तरता रहनु पर्यो, यहाँ मेसिभ सक्सेस हुनलाई त भाग्यले पनि साथ दिनु पर्छ l धेरै मेहेनत गर्नु पर्छ पढ्नु पर्छ यहि भन्छु म त l 
 
११) तपाई संगीत कम्पोज पनि गर्नु हुन्छ ? 
 
हजुर म संगीत कम्पोज पनि गर्छु, कम्पोज मलाई एकदम मन पर्ने पार्ट हो संगीतको, मेरो आफ्नै संगीत स्वरमा अब चाडै एउटा एल्बम ल्याउने जमर्को गर्दै छु l 
 
१२) तपाईं संगीत गर्न, एरेन्ज गर्न र गाउन कुनमा बढी रमाउनु हुन्छ ? 
 
सबै क्षेत्रमा बराबरी रमाउछु त नभनौ होला ! तर अलिकति धेरै चाँही गायनमै रमाउछु, यदि दुई जना सुनिदिने अडियन्स पाएँ भने, मा गाएरै रमाउछु l 
 
१३) आफु कस्ता खाले गीतहरु बढी सुन्नु हुन्छ ? 
 
म प्राय सबै खालको गित सुन्छु, तर संगीतको रुचि पनि समय संगै बदलिरहने चिज रहेछ पहिले धेरै वेस्टट्रेन म्युजिक सुन्थ्यें, अहिले आएर क्लासिकल, ब्लुस अनि हाम्रै नेपाली फोल्क म्युजिक सुन्छु l 
 
१४) अब यति लामो बेलायत बसेर संगीत सिक्नु भो, यसलाई आफ्नै देशमा लगेर लगानी गर्ने विचार छ कि यहिनै केहि गर्ने बिचारमा हुनु हुन्छ ? 
 
ओहो यो त मैले कहिलेदेखि सोचेको प्लान हो तर भारि पुग्या छैन अझै, सिक्ने चिज सिकेर कहिले नसकिने रहेछ तर कुनै न कुनै दिन त म मेरो कर्म थलो नेपाल नै जान्छु अहिले नै नभएपनि l 
 
अनि यो बिषयमा सोच्दा स्वर समरागी स्वर्गित तारा देबीको यो गित याद आउँछ …सोचे जस्तो हुन् जीवन….. 
 
१५) अब अन्त्यमा मैले सोध्न भुलेको र तपाईलाई भन्नु पर्छ जस्तो लागेको केहि छ भने छोटकारिमा राख्न सक्नु हुन्छ ! 
 
हजुर दिदी, अब तपाईं आफै यति राम्रो कवयित्री, गीतकार अनि कथाकार भैकन पनि अरुको लागि यसरी अन्तरबार्ता गरेर दुख सुखका कथा व्यथा र मनका कुराहरु पोख्ने मौका दिनु हुन्छ, अति खुशी लाग्छ दिदीको सहयोगी भावनालाई म सलुट गर्दै हजुरको कलम यसरीनै हरेक क्षेत्रमा निरन्तर चलि रहोस, हार्दिक धन्याबाद दिदी हजुर l 
 
 
जानू काम्बांग लिङ्ग्देन
 
हाल यूके
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Song writer, poet, and journalist

Leave a Reply:

Your email address will not be published. Required fields are marked *