हस्तबहादुर थापा बेलायती सेनाको मेम्बर अफ ब्रिटिस एम्पायर (एमबीइ) उपाधि पाएका व्यक्ति हुन् । २८ वर्ष ब्रिटिश गोर्खा ब्याण्डमा बिताएका पुर्व बेलायती सेनाका क्याप्टेन थापाले २०३० सालमा नेपाल प्रहरीको ब्याण्डलाई एक वर्ष तालिम गराई ‘बिटिङ द रिट्रिट’को सुरुवात गराएका थिए । बेलायती सेनाको अवकासपछि २०३४ सालमा उनको ज्ञान, सिप र अनुभवको कदर स्वरुप नेपाल सरकारले २०३४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्त गरेको थियो । अवकास भइसकेपछि पनि प्रहरीमा उनी पुनः नियुक्त भएका थिए ।
२०५९ सालमा शसस्त्र प्रहरीको संस्थापक प्रमुख प्रशिक्षक भएका उनी नेपाल प्रहरीमा २२ वर्ष, शसस्त्र प्रहरीमा ५ वर्ष र बेलायती सेनामा २ वर्ष गरि ५५ वर्ष जागिरे सांगीतिक जीवन बिताएका थापाले नेपाल सरकारबाट गोर्खा दक्षिणबाहु चौथो, नेपाल भुषणलगायत थुप्रै पदक तथा सम्मानहरु प्राप्त गरेका छन् । 
जीवनका अधिकांश समय संगीतमा बिताएका थापाले सरल संगीत ज्ञानमाला, परम्परागत बिगुल धुनहरु नामक पुस्तक प्रकाशित गरेका छन् ।
नेपाली संगीतको परिदृश्य हेर्दा लाग्छ यो एउटा पफर्मिङ आर्ट मात्र हो । भन्ने नै हो भने नेपाली संगीत र संगीतकर्मीको ज्ञान, सिप र धारणाको विकासकालागि कुनै उल्लेखनीय काम भएको नै छैन । संगीतकर्मी स्वयम् आफ्ना बलबुताले सीप आर्जन गर्दैछन् ।
राज्यबाट गठित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान वास्तवमा यिनै विषयलाई लक्षित गरी राज्यबाट स्थापित गरिएको हो । तर प्रतिष्ठानले संगीत विकासको लागि कामहरु गर्न सकेको छैन ।
नेपाली धुनहरुका बारेमा कुनै अनुसन्धान र कार्यशाला समेत गर्न सकिएको छैन । यहि सन्दर्भमा संगीतज्ञ हस्त ब.थापाले एकै पटक चार वटा पुस्तकहरु सार्वजनिक गरेका छन् । उनले उपराष्ट्रपति नन्दबहादुर पुनःबाट ‘आधारभूत स्टाफ नोटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतिक धुनहरु’, ‘प्राथमिक सुर समता मार्ग भाग–१, २ र ३’ गरी चार वटा पुस्तक विमोचन गराएका हुन् ।
उपराष्ट्रपति भवनमा विमोचन गरिएका यी पुस्तकले प्रतिष्ठानको काम समेत गरिदिएको छ ।  समारोहमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, संगीतज्ञ पुर्व सहायक रथी (नेपाली सेना) सुभ ब.सुनाम र दिपक जंगमले बोलेका थिए ।
त्रिभुवन बिस्वबिद्यालयका संगीतका प्राध्यापक समेत रहेका जंगमले यी पुस्तकलाइ विश्वविद्यालय र विद्यालयमा समेत पाठ्यपुस्तकका रुपमा समावेश गर्न उचित भएको भन्दै यसका लागि आफुले सहयोग गर्ने बताए । 
त्यस्तै, अर्का संगीतज्ञ सुभ ब.सुनामले थापाको व्यक्तित्वमा चर्चा गरेका थिए । ‘नेपालमा “हर्मोनाइज“ गर्ने संगीतकर्मीहरुमा हस्त ब.थापा, सुभ ब.सुनाम र अमुल कार्की ढलि नै हुन्,’ उनले भने, ‘नेपाली संगीतकर्मीले आफ्नो ज्ञान, सीप र धारणाको विकासमा जोड दिनु पर्छ ।’ 
त्यस्तै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले नेपाली संगीतको क्षेत्रमा रहेको पाठ्य सामाग्री अभाव हटाउन यस्तो पुस्तकले सहयोग गर्ने बताए । उनले लेखक थापालाई पुनः अरु पुस्तक लेख्न अनुरोध गर्दै सो को प्रकाशन जिम्मा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले लिने बताए । 

बेलायती सेनाका क्याप्टेनदेखि प्रहरी उपरिक्षकसम्म
हस्तबहादुर थापा बेलायती सेनाको मेम्बर अफ ब्रिटिस एम्पायर (एमबीइ) उपाधि पाएका व्यक्ति हुन् । २८ वर्ष ब्रिटिश गोर्खा ब्याण्डमा बिताएका पुर्व बेलायती सेनाका क्याप्टेन थापाले २०३० सालमा नेपाल प्रहरीको ब्याण्डलाई एक वर्ष तालिम गराई ‘बिटिङ द रिट्रिट’को सुरुवात गराएका थिए । बेलायती सेनाको अवकासपछि २०३४ सालमा उनको ज्ञान, सिप र अनुभवको कदर स्वरुप नेपाल सरकारले २०३४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्त गरेको थियो । अवकास भइसकेपछि पनि प्रहरीमा उनी पुनः नियुक्त भएका थिए ।
२०५९ सालमा शसस्त्र प्रहरीको संस्थापक प्रमुख प्रशिक्षक भएका उनी नेपाल प्रहरीमा २२ वर्ष, शसस्त्र प्रहरीमा ५ वर्ष र बेलायती सेनामा २ वर्ष गरि ५५ वर्ष जागिरे सांगीतिक जीवन बिताएका थापाले नेपाल सरकारबाट गोर्खा दक्षिणबाहु चौथो, नेपाल भुषणलगायत थुप्रै पदक तथा सम्मानहरु प्राप्त गरेका छन् । 
जीवनका अधिकांश समय संगीतमा बिताएका थापाले सरल संगीत ज्ञानमाला, परम्परागत बिगुल धुनहरु नामक पुस्तक प्रकाशित गरेका छन् ।

साभार-www.newslaya.com

 
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *