विगत लामाे समयदेखि कोरियामा रहेर डायस्पाेरिक नेपाली साहित्यको विकासमा
उदाहरणीय भुमिका निभाईरहेको संस्था अनेसास कोरियाले १०९ औँ लक्ष्मी जयन्तीको
अवसरमा विश्वव्यापी खुल्ला कविता प्रतियाेगिता आयोजना गर्न लागेको कुरा सहर्ष
जानकारी गराउँदै देश-विदेशमा रहनुभएका इच्छुक सबै-सबै स्रष्टाहरूलाई
सहभागिताको लागि हार्दिक आह्वान गर्दछौं।

प्रतियोगिताका नियमहरू:-

१. प्रतियोगितामा सहभागी हुन चाहनुहुनेले आफ्नो प्रतियोगी कविताकाे साथमा
आफ्नो पुरा नाम, ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी अनेसास काेरियाकाे
लाईक पेजकाे ईनबक्समा वा ई-मेल ठेगाना anesasakorea1@gmail.com मा अक्टोबर ९
तारिखभित्र पठाईसक्नु पर्नेछ ।

२. कविता बढीमा २०० शब्दकाे हुनुपर्नेछ र शुद्ध नेपाली भाषामा(देवनागरी
लिपिमा) टाइप गरिएको हुनुपर्नेछ।

३. कविता पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट
प्रकाशित/प्रसारित नभएको, अन्य कुनै पनि प्रतियोगितामा सहभागी नभएको,
प्रतियोगी कविताको कुनै अंश वा पूरा भाग तोड्मोड गरिएको पाइएमा रचना अयोग्य
मानिनेछ । विजयी रचनामा यसप्रकारको दाबी विरोध भइआएमा त्यसलाई खारेज गरी
उत्कृष्टता क्रमको अर्को कविता विजयी मानिनेछ ।

४. एकजना प्रतियोगीले एउटा मात्र कविता पठाउनु हुन सूचना गरिन्छ । एउटै कविको
एकभन्दा बढी कविता सहभागिताको लागि आएमा अन्तिम एउटालाई मात्र प्रतियोगी
मानिनेछ ।

५. मूल्यांकनको लागि कविता विधामा विज्ञ अग्रजहरू सम्मिलित ४ जनाको निर्णायक
समिति रहनेछ । निर्णायकको निर्णय नै अन्तिम निर्णय मानिनेछ । प्रतियोगिताको
नतिजा सार्वजनिक गर्दा निर्णायक मण्डलको नाम पनि सार्वजनिक गरिनेछ ।

६. अनेसास काेरिया कार्यसमितिका सदस्यहरू बाहेक विश्वको जुनसुकै देश तथा
क्षेत्रमा रहनुभएका इच्छुक नेपाली भाषी कविहरूले प्रतियोगितामा सहभागिता जनाउन
पाउने छन्।

७. प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने एक-एक जना विजयी कविहरूलाई
क्रमश: नगद रू. २०,००० /-, रू. १०,०००/-, रू. ५,०००/- र प्रशंसापत्र तथा
उत्कृष्ट दस स्थान प्राप्त गर्ने कविहरूलाई प्रशंसापत्र प्रदान गरिनेछ ।

आयोजक
अनेसास काेरिया

थप जानकारीका लागि ~
-प्रमोद सारंग
(अध्यक्ष , अनेसास काेरिया )

सरोज सर्वहारा
(महासचिव, अनेसास काेरिया)
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *