पहिचान भयो सब चेहेराहरुको !
जव उत्खनन् गरियो कथाहरुको !

चरा जस्ता चङ्गा पठाएर गाउमा
मुस्कान फर्काउनुछ बच्चाहरुको !

झगडा त भक्तजनहरु विचमै हो
मेलमिलाप देखिन्छ खुदाहरुको !

बोल्न देउ मुख भएकाहरुलाई 
हेरौ को देख्छ कान भित्ताहरुको ?

उफ ! ब्युझिएर आफ्नै आँखा अघि
मलामी जानु त छ सपनाहरुको !

तिमीले पत्थर नहान्नु पर्ने थ्यो
दिल टुटेको छ दिल शिसाहरुको !

कति सुरक्षित हुन सक्ला र यहाँ 
फूल संगको सफर काडाहरुको !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *