नेपाली साहित्यका सर्बश्रेष्ठ, सर्ब स्वीकार्य सर्बाधिक लोक प्रिय युग पुरुष महाकवि लक्ष्मीप्रसाद देववकोटाको १०९ औ जन्म जयन्तीको अवसरमा महान आत्मालाई नमन गर्दै हार्दिक श्रध्दा सुमन अर्पण गर्दछु! देकोटा यो सहश्राब्दीकै महान सर्जक्,युग द्रष्टा अनि समाज परिवर्तनका शिखर व्यक्तित्व हुन्! राहुल सांकृत्यानका अनुसार देवकोटा एक्लै हिन्दी साहित्य का तीन नक्षत्र पन्त, प्रसाद्, निरालाका सिंगो स्वरुप हुन्, अर्थात यी तीन जनाको साहित्यिक चेतना पुन्ज बाट प्रवाहित हुने शक्ति देवकोटा एक्लैमा थियो! अझ अगाडी बढेर महा पन्डित राहुल सांकृत्यान देवकोटालाई बुध्द पछिको महान अवतार भनेर घोषणा गर्छन! विश्व प्रसिध्द अंग्रेज़ी कवि डोम मोरे देवकोटालाई उच्च सम्मान गर्थे, देवकोटाको महा प्रस्थान हुने समयमा एउटा संयोग भनौ डोम मोरे नेपाल आएका थिए! महाकविले मोरेको मुखारबिंद वाट केही सुन्दर कविता सुनेर आनंद लिएका थिए! महाकवि मानवतावादी थिए, ग़रीब, असाहय , दींन,दुःखीहरूको मन भित्र डुबेर आफु रोईरहेका हुन्थे, आफ़नो पारिश्रमिकको केहि हिस्सा यिनले दीन दुखीलाईं बांडेर सिध्याए! महाकवि धेरै भाषाका ज्ञाता थिए! पूर्वीय र पाश्चात्य साहित्यलाई अतिनै राम्रो संग बुझेका देवकोटा जस्ता महान अध्येता अनि चिन्तकको कारण नेपाली साहित्यले विश्व साहित्यमा प्रवेश पाएको हो!मानव सभ्यताको सुरु देखिनै यो दुनियांमा घेरै दार्शनिक चिन्तक र सर्जकहरू उदाए! इतिहासको बिभिन्न कालखन्ड र भूगोलमा जन्मेका केहि कविहरू विश्व कविका रुपमा प्रख्यात छन, विश्व कवि हुनलाई केहि मूल्य मान्यता र नियमहरू छन, सानो देशमा जन्मिए पनि सिंगो ब्रह्मांड मथिंगलमा घुमाएर हिड्न सक्ने देवकोटा विश्व कविमा हुनु पर्ने सम्पूर्ण गुणले भरिएका आधुनिक युगका विश्व कवि हुन्,उनका सम्पूर्ण रचनाहरूको उद्गम अनि अब्बल भिजनले पनि सो कुरालाई पुष्टि गर्दछ! कवि शिरोमणि लेखनाथ पौडेल भन्छ्न्- देवकोटा जस्तो व्यक्ति नेपाली साहित्यमा जन्मन ४-५ सय बर्ष लाग्ला!बिख्यात नाटककार बालकृष्ण समले देवकोटा साकुन्तल्, मुनामदन र पागल रचना मार्फ़त तीन पल्ट जन्मिएको अभिमत दिएका छन! आफ्नो युगमानै देवकोटा विश्वव्यापी भैसकेका थिए!निरन्तर भाषण गरेर कहिल्यै नथाक्ने यिनले तासकान्द सम्मेलन्मा पनि आफ़नो बिराट छविलाई राम्रै संग उजागर गरेका थिए! त्यस समयका बिख्यात कोषकार पुष्कर समसेरको निर्देशन अनुसार निश्चित समय सीमा भित्र महाकाब्य तयार गरेर देखाई उनलाई राम्रै संग रुवाएका थिए! एकै रातमा खण्डकाब्य लेख्न सक्ने देवकोटा जस्ता प्रतिभा संसारमा बिरलै पाइन्छ्न्! देवकोटा आंशुकवि थिए, उनले महात्मा गांधीको बारेमा पनि कविता लेखे! देवकोटाजस्ता भाषा र साहित्य प्रेमीकै कारण नेपाली भाषाले राष्ट्र भाषाको मान्यता पायो! त्रिभुवन विश्व बिध्यालयका परिकल्पनाकार महाकवि शिक्षाको विकासमा अहोरात्र खटेर लाग्थे! देवकोटा सबै बिधामा सफल साहित्यकार हुन्! क़ाव्यको अलवा निबंध बिधालाइ उचाइमा पुर्याउने यिनै हुन, कथा, उपन्यास नाटक अनि बाल साहित्य र गीत एवम समालोचना बिधामा उनको बिशिष्ट योगदान छ! देवकोटा बिनाको नेपाली साहित्यको चर्चा गाहारो हुन्छ्,अपुरो हुन्छ्, अधुरो हुन्छ्, असंतुलित हुन्छ्! नेपाली राजनीतिमाँ समेत उपल्लो कोटीको हैसियत बनाएका देवकोटा डा.के.आई सिंह को मन्त्रीमंडलमा शिक्षा मन्त्री पनि भएका थिए, तर उनको स्थान राजनीति भन्दा धेरै माथी छ,किन कि नेपाली भाषा साहित्यको विश्वमा प्रतिनिधि को हो भनेर देखाउनु पर्दा यिनलाई अघि नसारी धरै छैना,यिनीहिजो आज र भोली सदैब नेपालका प्रतिनिधि कवि/साहित्यकार हुन, उनी नेपाली धरतीमा जन्मेका विश्व कवि हुन्! नेपाली माटोको सुगंध पस्केर उनले प्रकृतिको गीत गाएका छन,गाऊँ बेसीका सुस्केरा उजागर गरेका छन! मुना मदन,लुनी,मेहेन्दो जस्ता काब्य देवकोटाले त्यसै लेखेका हैनन!हाम्रो प्राचीन इतिहासमा रमाउने देवकोटाले शाकुन्तल,सीता हरण, रावण जटायु जस्ता काव्य पनि लेखे! नेपाली धरतीमा जन्मेर नेपाली साहित्य लाई संसारमा चिनाउने लक्ष्मी प्रासाद देवकोटाको १०९ औ जन्म जयन्तीको पावन अवसरमा सानो लेख पस्केर महान आत्मालाई हार्दिक श्रध्दांजली अर्पण गरेको छु!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *