मेरो निम्ती सिर्जना भनेको साधना र आत्मसन्तुष्टी हो चर्चाकोमृगतृष्णा होईन ! यस्तै महान बिचार र भनाई 
राख्ने गीतकार, कबि मुकेश राईसँग जानू काम्वाङ्ग 
लिङ्ग्देनले गरेको रमाईलो कुरोकानी प्रस्तुत छ | 
 
नाम:        मुकेश राई
जन्ममिती :-   २० मार्च
जन्मस्थान:-   पशुपतिनगर – ४, इलाम
आमा :       रत्नकला राई
पापा :-       जस बहादुर राई
पुरस्कार :-    सुप्रमा,  स्व. सुन्दर प्रशाद मानन्धर स्मृति पुरस्कार बेलायत, २०१४ (कविता सङ्रह अनुभूतिका रङहरुलाई)
 
आजीवन सदश्य, अन्तराष्ट्रिय नेपाली समाज बेलायत च्याप्टर
आजीवन सदश्य, किरात राई सांस्कृतिक कलाकार संघ यु के
आजीवन सदश्य, नेपाल गीतकार संघ, नेपाल
आजीवन सदश्य,  इलाम समाज बेलायत
 
अन्य बिभिन्न गिती एल्बमहरु, चलचित्र अनि डक्युमेन्ट्रीको निम्ती गीतहरु लेखिसकेको तथा बिभिन्न पुस्तक अनि पत्र पत्रीकाहरुमा कविता, मुक्तक, हाईकु अनि संस्मरणहरु प्रकाशित
 
१) तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
बेलायतको ब्यस्त जीवनमा सधैं काम कै पछि दगुर्नु पर्छ यद्धपि समयलेसाथ दिएसम्म घर, सिर्जना अनि सामाजिक कार्यको निम्ती पनि अलिअलि समय दिनु भ्याइरहेको छु !
 
२) लेखनको यात्रा कस्तो चल्दैछ ?
लेखन त निरन्तरता दिने हरसम्भव कोशीस गर्छु, साँचै भन्नु पर्दा लेखनमेरो अभिन्न अंग जस्तो लाग्छ !
 
३) साहित्य लेखन र पारिवारिक बाताबरणलाई कसरि मेन्टेन गरि रहनुभएको छ ?
अघि पनि यस सन्दर्भमा केही बोलेँ काम, घर ब्यवहार, सामाजिक कार्य रलेखन परिस्थिती अनुसार निर्वाह् गरिरहेको छु, खासै यस्तै भन्ने छैन !
 
४) गित संगीतमा तपाई अहिले र उहिलेमा के फरक पाउनु हुन्छ ?
हुनु त यो बिषय धेरै लामो वहसको कुरो हो तर छोटोमा भन्नु पर्दा अहिले गीतमा संगीत खुबै नै फस्टाएको छ भन्नुमा अत्युक्ति नहोला एक अर्थमा यो राम्रो पक्ष हो तर यसैसँग स्तरहिन र विसंगति पनि भित्रिएको पनि छ ! पहिले गीतहरु पुरानो ढाँचामा संगीत संयोजन र रिकर्डिङका कामहरु निकै असहज र गाह्रो थियो यद्धपि त्यतिबेलाका गीतहरु साधकहरुको निकै लामो समय लगानी र साधनाबाट सिर्जित हुन्थ्यो र तर अहिलेको प्रविधिले साह्रै नै सहज बनाएको छ र तर कतिपय अवस्थामा सहजता कै कारण प्रविधीको दुरुपयोग पनि भएको हो भन्ने लाग्छ ! जे होस समय अनुसार परिवर्तन भएर अहिले रिकर्डिङ हुने गीतहरु प्रविधिक रुपले निकै सबल र अब्बल लाग्छ ! मेरो स्व-विचारमा यस क्षेत्रसँग सम्बन्धित जो कोहीले पनि दुरुपयोग हुन नदिनु अति नै आवश्यक भएको छ !
 
५) साहित्य लेखन तपाईंको कहिले बाट सुरु भो ?
मेरो साहित्यप्रेम स्कुले जीवन देखि नै हो कनिकुथी भए पनि लेख्ने प्रयासगर्थे ! केही छोटो कविताहरु इलामको छिमेकी र अलि सहज् भएर होलादार्जिलिङबाट प्रकाशित हुने मासिक बैशालु भन्ने पत्रीकामा छापिएकोपनि थियो उक्त पत्रीकाको सम्पादक कृष्ण खड्का हुनुहुन्थ्यो !
 
६) तपाईं कुन कुन विधामा कलम चलाउनु हुन्छ र कस्तो अबस्थामा हुँदाबढी गीतहरु फुर्छ्न्न ?
मैले प्राय गीत, गजल, कविता, मुक्तकहरुको सिर्जना गर्ने गर्दछु साथै एकदुई वटा संस्मरण पनि लेख्ने प्रयास गरेको छु तर मलाई गीत र कवितासिर्जनामा नै ज्यादै आनन्द महसुस हुन्छ !
 
७) तपाईंको कृतिहरु के के छन् ? 
अनुभूतिका रङहरु (कविता सङ्रह, २०६८ असार, जुन २०११)
 
मनोकांक्षा (गीती एल्बम, २०७० बैशाख, अप्रिल २०१३)
रङ जिन्दगीको (गीती सङ्रह, सन २०१५)
 
अर्को गीती एल्बमको तयारीमा छु अब आउँदो नयाँ नेपाली नयाँ बर्षकोआगमनसगैँ श्रोताहरुले उपहार स्वरूप विल्कुलै नयाँ गीतहरु सुन्न सक्नुहुनेछ साथै चलचित्र “रोमियो” अनि  इलामको निर्माणाधिन डक्युमेन्ट्रीलगायत विभिन्न गायक गायिकाको अल्बममा फुटकर रुपमा गीतहरुलगायत विभिन्न संकलित पुस्तकहरुमा पनि मेरो रचनाहरु प्रकाशितभईरहेका छन !
 
८) गित अबस्य धेरै लेखिसक्नु भो होला ? तपाईको जिवनमा तपाईलेकोरेको पहिलो रेकोर्देड गित कुन हो र रेकर्ड पछि त्यो गित सुन्दा कस्तोअनुभब गर्नु भो सेयर गर्न मिल्छ ?
गीत त अहिले सम्म हजार भन्दा बढी नै लेखिसकेको छु त्यसमध्ये झन्डै७० वटा जस्तो गीतहरु रिकर्डिङ भईसकेको र हुँदै गरेको अवस्था हो ! मेरो पहिले रिकर्डेड गीत संगीतकार बि बि अनुरागीको संगीत रहेकोगायक दिपक लिम्बुको स्वरको “निरिह भई दुख्छ सधैं मेरो यो छाती, बज्रबनी खसिरहन्छ दु:ख मै माथि” बोलको गीत हो ! भलै यो गीतसेन्टिमेन्टल भए पनि रिकर्डिङ पश्चात यो गीत सुन्दा ज्यादै नै खुशीमहसु
भएको थियो !
 
९) अहिले संख्यात्मक रुपले धेरै गीतकार जन्मी रहेका छन् बिदेशमा,उहाहरुलाई यो क्षेत्रमा टिकी रहन अग्रज गीतकारको रुपमा सुझाब दिनुपरे के भन्नु हुन्छ ?
 
यो स्वकिय निरन्तर सिर्जना गरिरहने कुरो हो र म आफै पनि सिक्दै रनिरन्तरता दिन तत्पर सर्जक मात्रै हुँ यस् अर्थमा मैले आफैलाई अग्रजबनेर सुझाव दिने हैसियत रख्दिन तर पनि आफ्नो विचार पोख्नु पर्दाआफ्नो सिर्जना नै त्यो दरिलो हतियार हो जसले साधना र चिन्तन अनिसर्जकले गर्ने सिर्जनाको सबलता र अब्बलताले नै टिकिरहने बनाउने हो ! खहरे जस्तो क्षणिक चर्चा र नामको निम्ती सिर्जनालाई हतियार बनाउनुहुँदैन ! मेरो मतलब सच्चा साधना र चिन्तनबाट जन्मिएको खाँटी सिर्जनानै श्रोता, दर्शक र पाठकहरुले सम्झिरहने कुराहरु हुन !
 
१०) यो क्षेत्रमा परिवारको सपोर्ट कतिको जरुरि छ र  तपाईँले कतिकोसपोर्ट पाईरहनु भएको छ ?
 
यो क्षेत्रमा मात्रै होईन मान्छेको हरेक कदममा पारिवारिक सहयोगकोजरुरी पर्छ ! सिर्जनाको निम्ती त झनपरिवारको मात्रै नभएको हरेकआफन्त, मित्र अनि श्रोता र दर्शकको सहयोगको महत्व हुन्छ ! यसकोनिम्तीम आफुलाई निकै भाग्यमानी ठान्छु हरेक पाईला मैले परिवारबाटराम्रो सहयोग पाएको छु उसै गरी मेरो गीत र सिर्जनाहरु मनपराईदिनु हुनेश्रोताहरुको मायाको त म सदैव आभारी रहने छु !
 
११ ) तपाई कस्ता खालका गित लेख्दा बढी आनन्द फिल गर्नु हुन्छ ? रतपाईंले लेखेका गित मध्ये अतिनै मन परेको एउटा मात्र छान्नु परे कुनछान्नु हुन्छ ?
 
खासै त्यस्तो केही छैन, समय र मुड अनुसार सबै सिर्जनाहरुमा उत्तिकैरमाउँछु ! सबै गीतहरु लेख्दा मैले त्यहाँ संयोजन गरेका शब्दहरुसँग यत्तिधेरै खेलेको हुन्छु कि ति सबै शब्दहरुसगँ म आत्मसात भएको हुन्छु, त्यसैले कुनै धेरै मन पर्ने वा नपर्ने भन्ने चाँही छैन ! बरु फरक फरकधारका गीत मन पराएर सुन्ने श्रोताहरुको निम्ती कुनै अति मन पर्ने, ठिकैवा मनै नपर्ने पनि हुन जाला !
 
१२ ) दाम नपाएपनि नामकै लागि भएपनि, अहिले गीतकारहरुले खुबैएल्बम गर्ने चलन चलेको छ यसलाई तपाईं कुन रुपले हेर्नु हुन्छ ?
 
सर्वप्रथम त नाम र दामको निम्ती सिर्जना गर्ने भन्ने कुरो नै मलाई गलतलाग्छ, मेरो निम्ती सिर्जना भनेको साधना र आत्मसन्तुष्टी हो, चर्चाकोमृगतृष्णा होईन र कसैले नाम र चर्चाको निम्तीलेख्छन भने त्यो गलत हो! सिर्जना सबल, अब्बल र मौलिक हुनु पर्छ त्यही सर्जकको धर्म र सुकर्महो ! कुनै नयाँ गीतकारले एल्बम गर्नु भनेको निकै राम्रो कुरो हो एक तर्फश्रोताहरुले नयाँ स्वादको गीतहरु सुन्नेअवसर पाउँछन अनि गीतकारलेपनि सांगीतिक क्षेत्रमा आफ्नो उपस्थितिको जनाउ दिन्छन अर्थात नयाँगीतकारले आफ्नो एउटा स्थान बनाउँन सफल हुन्छन तर कहिले काहीसुनिन्छ केही संगीतकार साथीहरुले दरो पारिश्रमिक लिएर पनि गीतैनलेखेका मान्छेहरुलाई गीतकार बनाइदिन्छन रे तर यो अफवाह मात्रै होवा साँचै हो यकिन गर्न मुस्किल छ तर यस्तो हो भने यो बिल्कुलै गलतकुरो हो यसरी रहर र चर्चाको निम्ती क्षणिक अनैतीक काम गर्नु समाज रदेशलाई मात्रै होईन आफैलाई पनि घात गर्नु हो यसरी कुनै पनि मान्छेलेपैसाको भरमा कहिलेसम्म र कति लामो यो यात्रा तय गर्न सक्छन र ? त्यो त खहरे जस्तो हो क्षण भरमा सुकेर जान्छ ! कुनै पनि कुरोकोसिर्जना गर्नु भनेको निकैगहन र जटिल कुरो हो ! यसैले पनि केही बुझेर, सिकेर अनि अध्ययन गरेर यस् क्षेत्रमा अघि बढ्नु धेरै राम्रो हो भन्ने कुरोमामेरो मान्यता रहेको छ ! 
 
१३ ) गीतकारहरुको लागि राज्य र गीतकार सङ्ग्ले  के गरि दिए राम्रोहुन्थ्यो जस्तो लाग्छ ?
 
राज्यले उचित संरक्षण र संवर्धन गरिदिए हुन्थ्यो अनि पाईरेसी जस्ताकुरोहरुको निम्ती उचित सुरक्षा प्रणाली लागु गरिदिए हुन्थ्यो जस्तो लाग्छ!
 
गीतकार संघ नेपालले जसरी देश र प्रवासका गीतकारहरुलाई खोजीखोजी गीतकार संघमा आबद्ध गर्नु हुन्छ त्यसरी नै संसारभरी छरिएकागीतकारहरुले सिर्जिएका कृतिहरुको अभिलेख राखी मुल्याकंन गरिदिएहुन्थ्यो जस्तो लाग्छ नत्र त अहिले हेर्दा पुरस्कार र सम्मानको प्रकृयाबोल्नेको पिठो बिक्ने उखान जस्तै मात्रै लाग्छ ! पुरस्कृत हुनको निम्तीपनि निवेदन दिनु पर्ने भन्ने कुरो त जो ब्यक्तिगत वा भौतिक रुपमा नजिकछनउसैको मात्र मुल्यांकन हुन्छ ! यस बिषयमा सम्बन्धित निकाय वाव्यक्तिहरुले मनन गर्नु पर्ने आवश्यकताको महसुस हुन्छ !
 
१४ ) प्राय रेडियो एफमहरुले गित बजाउदा गीतकारको नाम लिंदैनन्, एकगीतकारको नजरले हेर्दा त्यो कतिको ठिक लाग्छ ?
 
गीतकार एउटा यस्तो स्रस्टा हो जो ओझेलमा रहेर पनि आफ्नोसाहित्यिक सिर्जनालाई निरन्तरता दिई रहेको हुन्छ र मैले अघि पनिएकपल्ट भने गीत सुनेर लाखौं श्रोताहरुले रमाउनु हुन्छ त्यही नै गीतकारहुनुको आत्मसन्तुष्टि र आनन्ददायक कुरो हुन  यसैले एफ एम ररेडियोहरुले गीतकारको नलिने भन्ने बिषयमा खासै कुनै प्रतिकृया छैन तरपनि लिई दिनु भएमा शायद गीतकारहरु आत्मियता सम्झेर कृतज्ञ हुनेछन !   
 
१५ ) अब हामीले संगीत क्षेत्रलाइ राम्रो बनाउन के के मा सुधार गर्नु पर्ला ?
 
जुनसुकै बिषयमा पनि आफ्नो मन वचन र कर्मले नै आफुले जानेको सिपर कला प्रदर्शन गर्ने हो यसरी आफ्नो सिर्जनाहरुलाई पनि मौलिकता अनिनिजत्व दिएरउजागर गर्ने हो भने स्वत: सुधार भएर जान्छ ! जो कोहिलेपनि सर्वप्रथम आफुले आफैलाइ पनि मुल्यांकन गर्ने हो कागले कानलाग्यो भन्दैमा कागको पछि दगुर्दा अवश्य पनि सुधार होईन अवस्था झनखस्किदै जान्छ !
 
१६ ) अब अन्त्यमा मैले सोध्न छुट्याएको र तपाईंलाई भन्नु पर्छ जस्तोलागेको केहि छ ?
निकै समय पश्चात फेरी यसरी आफ्नो बिषयमा केही बोल्ने अवसर दिनु भएकोमा तपाईं प्रति हार्दिक आभारब्यक्त गर्दछु साथै सम्पूर्ण पाठकहरु प्रति पनि मेरो नमस्कार अनि आफ्नो   समय दिनु भएकोमा धन्यवाद भन्न् चाहन्छु ! अहिले हामी नेपालीहरु संसारको हरेक कुनामा पुगेका छौ जहाँ रहे पनि जहाँ पुगे पनि हाम्रो कला, भाषा, संस्कार ससंकृति हामीसगै जान्छ तिनीहरु नै हाम्रोनेपालीपन रपहिचान हुन जसलाई गर्वको साथ माया र  आत्मसात गरौं, नेपाली हुनुको गौरव गरौ ! धन्यवाद  | 
जानू काम्बाङ्ग लिङ्ग्देन
बेलायत
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Song writer, poet, and journalist

Leave a Reply:

Your email address will not be published. Required fields are marked *