केन्ट, वेलायत । गत ४ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति एक कार्यक्रम बीच सम्पन्न गरयो ।

महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पश्चात गीतकार टि माया राईले महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए ।
पहिलो चरणमा स्रष्टाद्धय दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरिएको थियो । त्यसका साथै महासङ्घ केन्द्रले रसियन भाषामा प्रकाशित गरेको कविताहरुको संग्रह “नेपाली कविता कुञ्ज” पनि सम्मानित द्धय, बिनेसाम साउथका अध्यक्ष बिजय हितान र साहित्यकार घन थापाले संयुक्त रुपमा विमोचन गरे ।

कवि घन थापा, टि माया राई, अमित थेबे, लोक बहादुर गुरुङ, लाहाङ चेम्जोङ, बिजय हितान, विश्वास दीप तिगेला, औतारी साईला र चन्द्रावती राईले सिर्जना वाचन गरेका थिए । जानुका पुन मगर “ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो बोलको गीत गाउनु भयो र मोहन लिम्बुले आफ्नै कम्पोज र शब्द रहेको गीत गायकीमा प्रस्तुत गरेका थिए । त्यस्तैगरि सुरेन्द्र इङ्नामले बाँसुरीमा देबकोटाको गीति कविता “कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो” लाई बजाएर सुनाएका थिए ।
दोस्रो चरणको समिक्षात्मक कार्यक्रममा अमित थेबेले शोभा कुमारी गजुरेलद्घारा लिखित “संविधान कस्का लागी” नामक कविता संग्रहको समिक्षा गरे । उक्त संग्रहमा ६४ वटा कविताहरु अटाएका छन । लेखिका आफै देश द्घन्दकालमा विस्थापित भएर जर्मन, बेल्जियम हुदै फ्रान्स आएर बसोवास गरिरहेकी छिन । कविता संग्रहको “यो संविधान कस्का लागी” शिर्षकको कविता पनि वाचन गरेका थिए । कवियत्री वामपन्थि नेता सीपी गजुरेलको सुपुत्री हुन ।
दिउसो १२ बजेबाट शुरु भएर साँझ ५ बजे सम्म चलेको उक्त समारोहलाई समारोहका अध्यक्ष तिगेलाले युकेमा आउदो बर्ष विश्व साहित्य सम्मेलन गर्ने योजना पनि रहेको बताउनु भयो ।

महासङ्घ केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षता सम्पन्न समारोहमा बेलायत तथा नेपालबाट पाल्नु भएका साहित्यप्रेमी र साहित्यनुरागीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमलाई साउथ शाखाका अध्यक्ष बिजय हितानले सञ्चालन गरेका थिए ।
– सुरेन्द्र इङ्नाम

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *