यी आँखामा तिमी जब आइदिन्छ्यौ

संगसंगै घुमेको रहर ल्याइदिन्छ्यौ

जति दियौ यी ओठमा म मुस्कुराउछु

क्रमश: कुरा गर्न म भेट्न आउछु

 

यसो छुँदा रमाएर उर्लिएथ्यो जोवन

के गरूँ कसो गरूँ भएथ्यो यो मन

मीठा यादले जब आफैलाई सम्झाउछु

क्रमश: कुरा गर्न म भेट्न आउछु

 

यी आँखामा तिमी जब आइदिन्छ्यौ

संगसंगै घुमेको रहर ल्याइदिन्छ्यौ

जति दियौ यी ओठमा म मुस्कुराउछु

क्रमश: कुरा गर्न म भेट्न आउछु

 

अब जिउन सकिदैन एकदिन पर्खेर

थोरै खुसी थोरै आँसु एक्लै छर्केर

कति खेप एक्लै यो दिल थुम्थुमाउछु                       

क्रमश: कुरा गर्न म भेट्न आउछु

 

यी आँखामा तिमी जब आइदिन्छ्यौ

संगसंगै घुमेको रहर ल्याइदिन्छ्यौ

जति दियौ यी ओठमा म मुस्कुराउछु

क्रमश: कुरा गर्न म भेट्न आउछु

राकेश कार्की

लस एन्जेलस

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *