माथिदेखि तल, तलदेखि माथि
हिँडेका छन् हेर भई साथी साथी
सोधेँ प्रश्न तिमीलाई –
के हुन् भन रमिला ? 
 
केको कानेखुसी हो केको सट्यासुटु हो ?
टाउको टाउको जोडेर केको लुटुपुटु हो ?
एउटा लाइन भाँचेर अर्को लाइन फर्किने 
साथीसँग के भन्न मुन्टाे जाेत्दै अड्किने
 
छैन यिनको बानी, नराम्रो र नजाती
मिलीजुली हिँड्दछन् भई साथी साथी
उत्तर छैन अप्ठ्यारो –
कुरा बुझ्यौ जमिला ?
 
अाफू साना भए´नि ठुलै यिनको दल छ
त्यही भएर यिनको हात्ती बोक्ने बल छ
जसको हुन्न लफडा  झमेला र झगडा
तिनै हुन्छन् बलिया तिनै हुन्छन् तगडा
 
जता पनि देखिने यिनकै हुल ताँती
कता जाने होलान् यी भई साथी साथी
चिन्नुपर्थ्यो सजिलै –
चिनिनौ र ममिला ?
 
देख्दा फुच्चे भए´नि जुट्छन् ठूलै काममा
केही परी अाएमा हुन्छन् एकै ठाममा
छैन पेट अमिलो, छैन मन धमिलो
एकता र मित्रतामा रम्ने जात हो कमिलो
 
तनको सानाे भए´नि मनको ठूलो छाती
हिँड्छन्, हिँड्छन्, हिँडिरन्छन् भई साथी साथी
 
बल्ल बोलिन् रमिला
जमिला र ममिला 
उत्तर थाहा पाइयो –
यिनै हुन् नि कमिला !
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *