धेरै धेरै कोष पर हिड्न निस्केकी यात्री म
आफैलाई बनतरुलको बोटमा खोजी हिड्ने यात्री म
मेरा हात खुट्टाहरु परिबन्दमा बाँधिएकी यात्री म
गन्तव्यमा पुग्नबाट निरुत्साहित बनाइएकी यात्री म ।

आफैंलाई सुम्सुम्याउँछु र सोच्छु,
थकाइको महसुश कहाँ गरेकी छु र
मेरो यात्रा लामो छ सुस्तरी जानुछ
पाटीपौवाको धुले भुइँमै सुतौंला
कला, दासु, शोकात* खाएरै रात बिताउँला
आफ्नै पौरख चुसेर अतृप्त प्यास मेटौंंला
जस्तै चट्टान उभियोस् यात्रा अपुरो छाड्नु हुँदैन ।

हो म !
बाँच्ने अधिकार खोसिएकी यात्री
सिधा बाटोमा बार लगाइएकी यात्री
सिङ्गो पहिचान च्यातिएकी यात्री
बनतरुलको खाडलमा अस्मिता पुरिएकी यात्री
कुरुप अनुहारले मथिङ्गल थिचिएकी यात्री
स्वतन्त्रताको पखेट भाँचिएकी यात्री ।

जेवु !*
कुरुप अनुहारको खोज्दै खोज्दै
अस्मिता अर्मोल उठाउन जोसिँदै जोसिँदै
गौंडा ढुकेर शीकार गर्नेको कथा सुनाउँदै
टन्टलापुर घामको रापमा पनि हिडेँ
मुसलधारे वर्षातको पानीमा पनि हिडेँ
चिल्ला अलकत्रे सडकमा नि गुडेर हेरेँ
गगन्चुम्बी महलहरुमा नि चढेर हेरेँ
सबै सामु तमासे र रमिते सामु उभिएर हेरेँ
सर्वश्व लुट्ने लामबद्ध अनुहारलाई नियालेर हेरेँ ।
तर पनि !
कहिल्यै कतै
मेरो सुनुवाइ भएन
मेरो अस्मिताको अर्मोल पाइन
मेरो संस्कृति माथि राजाइँ चलिरह्यो
मेरो खोरिया फाँडेर महल ठडीरह्यो
मेरो छाती खुला खेल मैदान बनीरह्यो
मेरो गला शदियौंदेखि अबरुद्ध भइरह्यो ।

त्यसैले
मैले निधो गरिसकेँ
म सृष्टिको जननी,
मैले हरेस खानु हुँदैन
मैले थकाई मार्नु हुँदैन
नैरास्यता बुन्नु हुँदैन ।

बाधा अड्चनका पहाडहरु
अवरोधका हिमशिखर जति नै चुलिए पनि
म हार्ने हरुवा यात्री होइन
मलाई वनतरुलको खाडाल नसम्झनु
खबरदार
अब मैले,
विजयका ज्वालामुखी गर्भधान गरीसकेकी छु !
आगोका ताता-ताता लाभा ओकलेर बिस्फोट हुँदै छु ।

Kointch Bhashama

कला, दासु, शोकात*=कला, दासु, शोकात*

जेवु*= हजुर

उरुर =एक दम भित्री आत्मा देखि मनमा अठोट गरेर मन भित्रका कुराहरू

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *