-मञ्जुल मिथोच

गुलावको अक्षर पठाएको छु
जवाफमा अत्तर पठाएको छु

कुनै दिन मेरो याद आउने छ
तस्बीरमा अधर पठाएको छु

लुकीछिपी पिरतीमा तिमीसंग
जुधाएको नजर पठाएको छु

उपहारमा फूल र मिठाई छ
नसम्झिनु पत्थर पठाएको छु ।

Kedar

Leave a Reply:

Your email address will not be published. Required fields are marked *