बाक्लो हुस्सु कुहिरो उडिरा´छ फुस् फुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

“सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले
यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले”
केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

“बाले दे’को जड्यौरी, थोत्रा लुगा हापिन्छ
नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ
सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस्”
जाडो पनि कति हो, उस्, उस्, उस् !

“कठ्याङ्ग्रिँदा ठण्डीमा पढ्न मन ला’छैन
अाँत कामेर थरर्र बोल्न पनि भा’छैन”
माघले फेरि रुवाउने भो कट्यो बल्ल पुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !
– भोर्लेटार, लमजुङ
(२०७४/१०/०१)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

व्यक्तिगत परिचय नाम : रमेशचन्द्र घिमिरे ठेगाना : मध्यनेपाल नगरपालिका–६, भोर्लेटार, धुलपुर बजार लमजुङ ) फोन नं.: ९८५६०६०५५९ शिक्षा: स्नातकोत्तर,नेपाली (त्रिवि), प्रथम श्रेणी त्रिभुवन विश्व विद्यालय कीर्तिपुर जन्ममिति :२०२८।१२।२१ पिता : स्व. पूर्णचन्द्र घिमिरे (संस्थापक प्रधानाध्यापक श्री ईशानेश्वर उच्च मा.वि. भोर्लेटार,लमजुङ ) माता :भीष्मकुमारी घिमिरे पेशा : -क्याम्पस प्रमुख, ईशानेश्वर क्याम्पस भोर्लेटार,लमजुङ -शिक्षक, श्री ईशानेश्वर उच्च मा.वि. भोर्लेटार,लमजुङ *मुख्य रुचि : बालकविता लेखन अनुभव - शिक्षण,साहित्य र पत्रकारिता -अतिथि सम्पादक,अन्तरङ्ग,लमजुङ -सम्पादक,सौगात हवाई पत्रिका पोखरा -आजीवन सदस्य,नेपाल बालसाहित्य समाज,काठमाडौँ -सम्पादक,माहेन्द्री स्मारिका पोखरा -व्यवस्थापक, नवमाध्यम द्वैमासिक पोखरा -सल्लाहकार, प्राकृत पोखरा द्वैमासिक पोखरा -सम्पादक, टरेली वार्षिक पत्रिका लमजुङ -सदस्य, सिर्जनशील साहित्य परिवार पोखरा -सदस्य,पोखरेली युवा सांस्कृतिक परिवार पोखरा प्राप्त पुरस्कार :  उत्कृष्ट नेपाली विषय शिक्षक,जिल्ला शिक्षा कार्यालय लमजुङ ( २०६६, २०७२ )  प्रथम, सुन्दर बजार महोत्सव कविता प्रतियोगिता  द्वितीय, खुल्ला मुक्तक/निबन्ध प्रतियोगिता,स्ववियु पृ.ना.क्याम्पस पोखरा  उत्कृष्ट, राष्ट्रव्यापी लघुकथा प्रतियोगिता,द रेयुकाई नेपाल,पाटन शाखा ललितपुर  द्वितीय, बृहत् प्रतियोगितात्मक कवि सम्मेलन,सूर्यचन्द्र युवा क्लब पोखरा  द्वितीय, खुल्ला निबन्ध प्रतियोगिता, कालिन्चोक म्युजिक प्रा.लि.काठमाडौँ  पोखरेली युवा सांस्कृतिक परिवार पोखराद्वारा समता रजत काव्य सन्ध्या सम्मान, २०७४ प्रकाशित कृति :  मलाई माया गर्ने को को ? (चित्र पुस्तक) रुम टु रिड, काठमाडौँ :२०७२  मुना, मेला, सुनकेस्रा, कोपिला, किशोर, बालक लगायतका बालपत्रिकामा बालकविता, बालकथा तथा बाल सन्दर्भ सामग्री प्रकाशित  लमजुङ आवाज साप्ताहिकमा बालकविता स्तम्भमा नियमित रचना प्रकाशन  काफल चरी, भोलिको नेपाल, म्याउँ कि म्याउँ जस्ता गीति एल्बममा बालगीत समाबेश  विभिन्न पत्रपत्रिकामा फुटकर लेखरचना, बाल कविता, गीत,गजल, कविता, मुक्तक, हास्यव्यङ्ग्य,निबन्ध, समालोचना अादि प्रकाशित

Leave a Reply:

Your email address will not be published. Required fields are marked *