Kathmandu 15,

भव्य सभ्यका साथ सामिबु पिदार तथा नयाँ वर्ष ५०७८ सम्पन्न : युवापुस्ताको अधिक सहभागिता हामीले हाम्रो चाडलाई यसरी भव्यताको साथ मान्ने मौका पाएकोमा आफुलाई गौरम्वित महशुुुस गरेको छु । म दुवइमा भएपनि नेपाल हरपल सम्झिरहन्छु । सुनुवार सेवा समाज दुवई शाखाका सबै कोइँच सुनुवार दाजुभाई दिदीबहिनीहरुको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । सुनुवार सेवजा समाज दुवाई का अध्यक्ष नरबहादुर सुनुवारले संस्थागत शुभकामना दिँदा तालीको गडगडाहटले पुरै महौला अति मनोरम बनाएको थियो । त्यसैगरी सुनुवार सेवा समाज भक्तपुरका केवलमान सुनुवारले पनि संस्थागत छोटो शुभकामना मन्तव्य राख्नुभयो । सुनुवार हुँ भन्ने तर हामी सुनुवारको साझा घर सुनुवार सेवा समाजको भवन कहाँ छ र सुनुवार सेवा समाजको अध्यक्ष को हो भनेर नचिन्ने पनि सुनुवार हुन्छ ? नागरिकतामा सुनुवार लेख्दैमा सुनुवार हुनसकिन्न । सुनुवार हुनको लागि उसको भाषा, संस्कृतिप्रति गर्व गर्ने भावना पनि हुनुपर्छ , सुनुवार को हुन् को होइनन् पर्गेल्न सक्ने विवेक पनि हुनुपर्छ, सुनुवार ब्लामिच समाजका अध्यक्ष शिव सुनुवारले शुभकामना दिँदै सान्दर्भिक भावना पनि बाँड्नुभयो । विपना सुनुवारको क्रेजी डान्स ग्रुपबाट शुरु भएको सामिबु पिदार तथा किराती नयाँ वर्ष येले थोचे ५०७८ को शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रममा सुनुवार विद्यार्थी समाजका अध्यक्ष मानबहादुर सुनुवारले शब्दगुच्छाले स्वागत गर्दै सामिबु पिदार र येले थोचेको बारेमा जानकारी गराउनुभयो । भव्य तथा सभ्य तरिकाले सञ्चालित शुभकामना आदनप्रदान कार्यक्रममा रमिला सुनुवार (इरि इरि ताँबे चुइँचिमि कोइँच कुम्सो), महेश मुखिया सुनुवार (होमाचिरि होपोमा कोइँच कुम्सो र पण्डव सुनुवारलाई समर्पित गर्दै भिज्यो तिम्रो रातो पछ्यौरी रिमेक गीत), पूजा सुनुवार, कल्पना सुनुवार, सरस्वती सुनुवार, दिपेश सुनुवार, नविन सुनुवार, दिपक सुनुवार, सर्मिmला सुनुवारले गायन कला प्रस्तुत गर्नु भएको थियो । नृत्य तर्फ साङ्मि सुनुवार, सुनिता सुनुवार, सृष्टि राई, एन्जी सुनुवार, सिजन सुनुवार, सपना सुनुवार, विपना सुनुवार क्रेजी क्रु डान्स ग्रुप, अन्जली सुनुवार, रुपा सुनुवार, शान्ति सुनुवार, चम्पा सुनुवार, सविता सविता सुनुवारले नृत्यकला प्रस्तुत गर्नुभएको थियो । हामी पहिचानको कुरा गर्छौं । तर नयाँ पुस्ताहरुले विस्तारै हाम्रो संस्कार संस्कृतिलाई विर्सेर गएका छन् । यसरी नयाँ पुस्तालाई संस्कृति हस्तन्तरण गर्न नसक्ने हो भने सुनुवार सेवा समाजको औचित्य समाप्त भयो भन्दा हुन्छ । यसैले हाम्रा नयाँ पुस्तालाई हाम्रो पुख्र्यौली नासो हस्तान्तरण गर्न अव कोइच सुनुवारलाई आधार बनाएर राजनीति गर्ने, समाजसेवा गर्नेहरुले युवालाई केन्द्रमा राखेर कार्यक्रम गर्न सक्नुपर्छ । यो हाम्रो सामुहिक कार्यक्रम आज भव्य र सभ्य तरिकाले सम्पन्न भयो । यसमा सबैको महत्वपूर्ण हात छ । प्रत्यक्ष अप्रत्यक्षरुपमा आजको यो कार्यक्रम सफल पार्न देशविदेशबाट सहयोग गर्नुहुने सबैलाई सामिबु पिदार तथा येले थोचे ५०७८ को हार्दिक शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु, अध्यक्ष रणवीर सुनुवारले धन्यवादको क्रममा वताउनुभयो । सुनुवार विद्यार्थी समाजले स्टेज डेकोरेसन, सुनुवार ब्लामिच समाजले साउण्डसिस्टम व्यवस्था, सुनुवार सेवा समाज काठमाडौंले निःशुल्क खाना व्यवस्थापन, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले नृत्य कलाकार संयोजन, कोइँच कुम्सो खिँले गायन कलाकारहरुको संयोजन, गर्नुभएको थियो । ब्राइट गोर्दा ट्रेनिङ सेन्टर (डिबि राई अनुप सुनुवार), सौहार्द फुड एण्ड ड्रिंक्स जोरपाटी (पूर्ण सुनुवार), प्रल्हद सुनुवार (साउण्ड सिस्टम), खगेन्द्र सुनुवार, गोपाल सुनुवारले व्यक्तिगत स्वैच्छिक सहयोग गर्नुभएको थियो । सुनुवार सेवा समाज केन्द्रीय समिति, सुनुवार सेवा समाज काठमाडौं, सुनुवार सेवा समाज भक्तपुुर, सुनुवार सेवा समाज ललितपुर, सुनुवार सेवा समाज रामेछाप, सुनुवार विद्यँर्थी समाज, सुनुवार महिला समाज, गोकर्णेश्वर सुनुवार समाज, सुनुवार किरात युवा समाज, कोइँच कुम्सो खिँ, सुनुवार ब्लामिच समाज, र सुनुवार समाज वचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना साथै संस्कृति तथा अनुसन्धान विभाग र युवा तथा अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा सञ्चालित सामिबु पिदार तथा शुभकामना आदनप्रदान कार्यक्रमको मैजारो सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष रणवीर सुनुवारको धन्यवाद ज्ञापन सहित भएको थियो । सुनुवारहरुको पहिलो क्याटरिङ सञ्चालक कमल सुनुवारले फलफुल, फलौरा, खिँरेबि, बाकिरेवि, खिर, इस्कुस जराको आचार, सगुन रक्सी, बा शे बाँढेर किराँती कोइँच खानाको स्वाद पस्किनसमेत सफल हुनुभयो भने चालननयाँ वर्षको पहिलो दिनमा आयोजित सामिबु पिदार तथा येले थोचे ५०७८ शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम प्रति कोइँच कुम्सो खिँका तिलक सुनुवार र सुनुवार विद्यार्थी समाजका विरु सुनुवाले कार्यक्रम सञ्चालनमा कसैलाई पनि गुनासो गर्ने ठाउँ दिनु भएन ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *