म टाटुकार । सानो हो मेरो पसल । पहिला त खासै चल्थेन यो । राजधानीमा केही हिरोनी, मोडल, डान्सरहरुले आफ्नो तनमा टाटु हानेर फ्लिम र म्युजिक भिडियो शो गरेर चर्चा पाए पछि यो पेशाको माग ह्वात्त बढ्यो ।

एक दिन । एक नयां जोडी आए मेरो पसल । हंसिला रसिला पोटिला जोडी । केटा बोले, ” सुजु ! लु भन केमा खोप्ने रे ? ” केटीले अलिक धकाउदै भनी,” याँ… खोप्न खुब मन परेको छ। सुन्नुस त रोजसंग तपाईको सर्टनेम लेखाउंछु ल ।”

“एज यु लाईक बेवी ! के हाम्रो डीप लपको साईन राख्ने नै हो ? ”

“उम्म हामी जीवन मरण संगै ज्युंने मर्ने भए पछि यति त नर्मल है राजा !” केटीले चेभ्रे घसी ।

मैले उनेरुको मनसाय बुझे पछि लुगा खोल्न केटीलाई भित्र पठाएं । उनीको गोप्य अंग स्तननेर हान्न पर्ने थियो टाटु ! रोजको टाटु हान्न फेरि गाह्रो । धेरै घुमाई खोप्नु पर्ने । उनी अर्धनग्न भएर आइ । उनिको बिएफ होस कि हस्बेन्ड । मलाई के को चासो । जिउ छुन परिगो । मैले मेसिन घुमाएं बिस्तारै खरर । कुत्कुती लागेर उफ्री केटी । उनको बिएफ पछि मैले छुएं उनका सेता परेवा जस्ता स्तन । न्यानो कडा महसुष भयो । मैले काम फत्ते गरें र बिल बनाएर पैसा लिएं । उनेरु हाँस्दै नारिएर गए आफ्नो घर ।

केहि बर्ष पछि । यौटि केटी आई मेरो पसलमा जसले रोजको टाटु हानेकि थी । हाँकी सुन्दरी रेवन चस्मा खोलेर बोल्दा मात्र चिनें, ” दाइ ! मेरो यो रोज मेटाई दिनु ल !” ” किन यति महंगो र राम्रो टाटु मेटाउने ? ” मेरोे जिज्ञाषा ।

“मलाई मन पर्न छाडो अचेल !”
” के हान्दिउं त बैनी ? ”
” यसलाई छोप्ने कुनै……..! ”
मैले बिचारें यो रोजलाई छोप्ने त पान्डा मिल्यो । उनी लुगा फेरेर आई । म सामु वक्षस्थल फर्काएर बसी । मैले मेसिन घुमाएं ।

“तपाईको हस्बेन्ड त आउनु भएन त आज ? ” हिड्ने बेला सोधें मैले ।
“ए उहाँसंग त मेरो ब्रेकअफ उहिले भएको दाइ ! अहिले त म सिंगल । ”
उनी स्कुटी स्टार्ट गरेर हिंडी सररर

#उर्लाबारी, मोरङ 
हाल: मलेसिया

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *