बाबासँग नाना किन्न असन बजार गएँ

झिलिमली बजार हेर्दा दङ्ग पनि भएँ ।
 
जताततै गाडी गाडी मान्छे सडकभरि
छलिएँला  भन्ने  डर  लाग्थ्याे  घरिघरि ।
 
काेहि माग्ने सडकमा ,काेहि सामान बेच्दै
काेहि  हुन्थे  हताराेमा ,काेहि हुन्थे खाेक्दै ।
 
बाबासँग असन  बजार  भाेटाहिटी  हिडे
एउटा मिडी किन्नु थियाे पसलभित्र  छिरे ।
 
पसलेत लुगा  भन्दा  कुरा  बेच्दाे  रै  छ
झिम्काउँदै अाँखा भन्थ्याे नानी राम्री रै छ ।
 
                                तारा के:सी
                                 काभ्रे।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

नाम: तारा के:सी जन्मस्थान: काभ्रे पनाैति - हाल: गाेङ्गबु काठमाडाै। अनुभव: लामाे समय सम्म शिक्षण संस्थामा अध्यापन।रुचि: साहित्य। प्रकाशित कृर्तिहरू: १. तारापुञ्ज कविता संग्रह-(२०६७) २.फूलवारी बालकविता संग्रह(२०७०) ३. फिन्काे र टाेरी बालकथा संग्रह (२०७४) प्रकाशाेन्मुख कृर्तिहरू: १.अक्षरका खेतिहरू २. भुतकाे सेताे घाेडा बालकथा ३. मितीनी अामाकाे गाउँ बाल उपन्यास ४. एका देशकाे कथा बाल उपन्यास ४.बादल फाँटेपछि मुक्तक संग्रह ५.अात्मा संस्मरण।संलग्नता: १. गाेङ्गबु साहित्य समाज सचिव २. साहित्यकार खेलकुद समाज काेषादक्ष्य ३.नारी साहित्य परिषद सह काेषादक्ष्य ४पनाैती साहित्य समाज (अाजिवन सदस्य) ५. अक्षरमार्ग ( संस्थापक सदस्य) ६. मनमति साहित्य समाज ( संस्थापक सदस्य)

Leave a Reply:

Your email address will not be published. Required fields are marked *