गत २८ जनवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण ब्यक्तित्वहरुलाई साहित्य दुत सम्मान २०१८ घोषणा गरेको छ ।

विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ, त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने नेपाली पहिचान बोकेका उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दुत सम्मान घोषणा गरेको छ । 

1) नेपाली साहित्य दुत सगरमाथा प्रोफेसर तुलसी दिवस (नेपाल)

2) नेपाली साहित्य दुत कन्चनजंघा डा. टंक प्रसाद न्यौपाने (नेपाल)

3) नेपाली साहित्य दुत लोत्से मनप्रसाद सुब्बा (भारत)

4) नेपाली साहित्य दुत मकालु टेक नारायण रिमाल (म्यानमार)

5) नेपाली साहित्य दुत चोयो भक्त घिमिरे (भुटान÷अमेरिका)

6) नेपाली साहित्य दुत धौलागिरी अन्नपूर्ण लक्ष्मी राई (लारा, युके)

7) नेपाली साहित्य दुत मनास्लु ठाकुर प्रसाद गुरागाई (म्यानमार)

8) नेपाली साहित्य दुतअन्नपूर्ण भीम विरही (भारत) लाई घोषणा गरेको छ 

१. प्रोफेसर तुलसी दिवसः सन् १९४१ मा धनकुटामा जन्मनु भई काठमाडौलाई कर्मभूमि बनाउनु भएका कवि दिवसको नेपाली साहित्यमा अतुलनिय योगदान रहेको छ । लोक संस्कृति र साहित्यमा वहाको अतुलनीय योगदान रहेको छ ।

२. डा. टंक प्रसाद न्यौपानेः धरानमा कर्मक्षेत्र बनाउदै आउनु भएका डा. न्यौपानेको २० कृति प्रकाशित छन् भने वहाले विगत ५० बर्षदेखि साहित्य क्षेत्रमा योगदान गर्दै आउनु भएको छ ।

३. मनप्रसाद सुब्बाः दार्जिलिङ भारतमा सन् १९५२ मा जन्मिएर विगत ४० बर्षदेखि नेपाली साहित्यमा योगदान दिदैआउनु भएका सुब्बाको १२ वटा कृतिहरु प्रकाशित छन् ।

४. टेक नारायण रिमाल, म्यानमारमा वि.स. २००६ सालमा जन्मनु भएका रिमाल विगत ३० बर्षदेखि नेपाली साहित्यमा योगदान दिदै आउनु भएको छ । वहाका ३ कृतिहरु प्रकाशित छन् ।

५. भक्त घिमिरेः भुटान देखि नेपाल र नेपालबाट अमेरिका पुग्नु भएका घिमिरेले नेपाली साहित्यको लागि लेखन सम्पादन लगायत विविध योगदान गर्नुभएको छ ।

६. लक्ष्मी राई (लारा)ः हङकङ हुदै युकेमा बसोवास गर्दै आउनु भएकी साहित्यकार लाराको
दुई कृतीहरु  प्रकाशित छन भने उनीले पात्रहरु संग एक साँझ साहित्यिक टेलिश्रृखलाको संचालिका पनि हुन ।

७. ठाकुर प्रसाद गुरागाईः म्यानमारमा जन्मेर नेपाली साहित्यको निम्ति योगदान गर्नुभएको छ ।

८. भीम विरही, भारतमा रहेर नेपाली साहित्यमा योगदान पुरयाउदै आउनु भएका राइको २ कृति प्रकाशित छन ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्धय डेन्जोम साम्पाङ, सागर श्रेष्ठ, महासचिव डा. लेखनाथ काफ्ले सम्मिलित छनौट समितिले सिफारिस गरेबमोजिम बैठकमा अध्यक्ष विश्वास दीप तिगेलाले घोषणा गरेका हुन ।  सम्मानित स्रष्टाहरुलाई ताम्रपत्रसहित एक कार्यक्रम गरि सम्मान अर्पण गरिने बताईएको छ । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्य दुत सम्मान घोषणा गरेको थियो ।

savar from

www.gfnl.org 

 जय नेपाली साहित्य !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *