मेरो प्यारो जलजला

Posted on July 30, 2012 | by बुद्ध चेम्जोङ

रोल्पा निलो निलो आकाश भन्दा धेरै तल तल बस्तिहरु भन्दा केही माथि माथि क्षितिज संग अमर प्रित गाँस्दै निर्जन टाकुरा बाट सिर्जनाको संगित गुञ्जाइरहने मेरो प्यारो जलजला । सप्तरङ्गी वुकी […]

तिनको नकचरो पोइ

Posted on November 1, 2010 | by बुद्ध चेम्जोङ

 (मनोवाद कथा) –  बुद्ध चेम्जोंग  सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमाकाम गर्छन | दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टीमा आउदा सबितासंग मागी बिहे भएको हो |आमा बुवाले नै केटा हेरेर दिपकलाइ छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्मपढेको केटो थियो | सबिताको दिपकसंग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म संगै बसे होलान, के गर्नु दिपक दुबईसहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो | घरमा ६५ बर्ष काटेको बुवा अनि सधैबिमारी भइ रहने आमा बाहेक कोहि थिएनन् | सबिता निकै खुशी थिइन दिपक देखि, उ निकै रोमान्टिक अनि हसिलो थियो | बिहे भएको पहिलो दिन नै सविताकोमन जित्न सफल थियो उसले | ती बिहे पछिका दिनहरु अनि दिपकसंग बिताएका सम्झनाहरु सविताको मनमाताजै छ | दिपकसंग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाइ ज्यादै प्रभाबपरेको छ | त्यसैले अझ पनि सासु ससुरालाई स्याहार्दै पनि सबिता बि.कम.  पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन,सासु ससुरा पनि बुहारी सबितालाइ आफ्नो छोरी झैँ माया गर्छन | सबिता आज अलिक दिक्दार छे कारण फोनमा कुरा गर्दा दुबईबाट दिपकले पैसा धेरै खर्च नगर्नु, इकोनोमिक हुनुजान्नु पर्छ भनेको कुरा मनमा गुन्जी रहेको छ, त्यसैले सबितालाइ निन्द्रा लागिरहेको छैन | आखिर मैले त्यस्तो केनै खर्च गरे होला | खालि क्याम्पस फी, किताब कापी अनि केहि लुगाहरु अनि स्रिंगगार पटारका सामानहरु त होनी |अरुका लोग्नेले आफ्नो श्रीमतीलाइ निर्धक्क पैसा चलाउन दिन्छन, आफ्नो लोग्ने चाही यस्तो, सबिता आफै गुनासोगरिरहेकी छे | उ चाही त्यहा मस्ती गर्दो हो, मनमनै शंका गरी आफ्नो लोग्नेलाइ | हुन पनि नाना भाति कुराहरु सुनेकीछे, दुबई सहरमा गएर धेरै मान्छेहरु बिग्रिएको, बिहे भएको केटाहरु पनि अरु बिदेशी केटीसंग लाग्छन रे, संगै बस्छनरे इत्यादी | के थाहा मेरो दिपक पनि, आफ्नो आँखाले देखेको होइन झन शंकालु बन्छे, यति सोच्दा सोच्दै झन सबिताभावनामा बग्छे, कल्पना गर्न थाल्छिन | आज दिपक आफुसंगै काम गर्ने कम्पनिको एउटी बिदेशी फिलिपिनाकेटीलाइ लिएर अंग्रेजी सिनेमा हेर्न गएको छ | दिपक र त्यो केटी एक अर्कालाइ अँगालो मारेर बसेका छन् | त्योअंग्रेजी फिलिम निकै उतेजक छ, हिरो र हिरोनी एक अर्कामा चुम्बनका दृश्यले दिपक निकै रोमान्चित छ | डु युलाइक इट? फिलिपिना केटी साथीको प्रश्नले दिपक झस्किन्छ, ” एस एस, इट्स नाइस मुभी” उसले उतर दियो | अब सबिता रिसले चुर हुन्छे, तिनी आफै दिपकसंग बदला लिन चाहन्छिन | उ भन्दा म के कम, जाबो आइ. कम. तपास गरेको छ दिपकले | म त बि.कम. पढ्दै छु, सबितामा घमण्ड आयो, कोहि मन मिल्दो हेन्डसम केटा भेटेमा साथीबनाउनु पर्ला | के दिपकले मात्रै केटी खेलाउनु मिल्ने, मैले केटा साथी बनाउनु मिल्दैन? म पनि मजाले घुमाउला,रमाइलो गरौला | अहिले जमाना नै आधुनिक भएको छ, सकेको मोज त गर्नु पर्छ भन्छन क्याम्पसका साथीहरु |यसरी नै निकै राति सम्म सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् | बिहान, एई! बुहारी ल ल उठ! घाम उदाईसक्यो, भनेर सासुले बोलाउदा पो सबिता झसंग बिउझीन् | अनि सासुससुरालाइ हतार हतार चिया बनाई दिइन्, र बिहानको खानाको लागि तयार गर्न थालिन् | सबिताको दिउसोको क्लासथियो पदमा कन्या क्याम्पसमा | दिउसो क्याम्पसमा साथीहरुले सोधे सबितालाइ एई! सबिता के छ अनि तिम्रोबुडोको हाल खबर, कतै अरु केटीसंग त लागेको छैन, अलि विचार गर है | विदेशमा त जे गरे पनि हुन्छ रे, कसैलेचिन्दैन रे, यहा नेपालमा बिहे गरे पनि, म अन म्यारिड छु भनेर भनेर केटी घुमाउछन रे | ” खोइ! ठिकै छ, हिजो फोनगर्नु भएको थियो उहाले” सबिताले छोटकरीमा उतर दिइन् | आज पनि किन हो सबितालाइ हिजो जस्तै निन्द्रा नै लाग्दैन, त्यो माथि क्याम्पसमा साथीहरुले “अलि विचार गर है“भन्ने शब्द सबिताको मनमा गुन्जीरहेको छ | सबिता सोच्न थाल्छे, दिपक त्यो बिदेशी केटीलाई लिएर समुन्द्रमाघुम्दै होला, अनि समुन्द्र नजिकैको बालुवामा पल्टेर तातो घाममा पल्टिदै त्यो बिदेशी केटीसंग हास्दै होला | तिनलेकहिले कही सिनेमामा यस्तै बालुवा अनि समुन्द्र देखेको कुरालाइ मनमनै कल्पना गरी | यो छोरा मान्छेको जात नैयस्तो, किन मलाई यहा बिहे गरी राखेर विदेश गएको होला, आफु चाही मोज गर्ने, यता म चाही तड्पिरहेको छु |आफ्नै जवानी देखि, खोइ मेरो जवानी यतिकै खेर जाने हो कि क्याहो, सबिता झस्किन्छे | तिनलाई अचानक रिसउठ्छ, दिपक अर्को बर्ष नेपाल आएन भएन भने मैले पनि सोच्नै पर्ला, मेरो यौबन त्यतिकै खेर जान त दिनु भएननि | तिनले सम्झी, आफ्ना क्याम्पसका साथीहरु अनि तिनीहरुको बोय फ्रेन्डहरु, कति मोज गर्छन, घुम्छन, संगैबस्छन | आफु चाही सासु ससुरालाइ स्याहार गर्यो बस्यो, सविताले इर्श्या गरी आफ्नो साथीहरुसंग पनि | सबितादोधार परी, आखिर दिपक मेरो लोग्ने हो सबथोक हो तर उ मेरो साथमा छैन भने, के यो नै जिबनको सार हो र?लोग्नेको बाहुपासमा बाधिनुको मजा नै अर्कै छ, कतिन्जेल यसरी बस्नु? सबितालाइ यौबन, जवानीको मजा लिनेबानी परिसकेको छ दिपकसंग बिहे भए पछि | आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन र जवानीको मजालिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु | “हे! मेरो मन पनि” सबिता आफैलाइ सम्हालिन्छे, जे भए पनिउहा मलाई माया गर्नु हुन्छ, भन्दै सबिता आफैलाई शान्त्वना दिन्छे | शनिबारको दिन सबिताको साथी रिनाको जन्मदिनको पार्टीमा सामेल हुन गइन् | साझ ७ बजे बोलाएको थियो, निकैअरु साथीहरु पनि रहेछन | आधुनिक परिबेस पहिलेको जस्तो होइन अहिले, त्यहा केटी साथीहरु पनि वाइन पिउदैरहेछन | सबितालाई पनि वाइन पिउन कर गरे, आ! सबै पिउछन भने म चाही नपिएर के नै हुन्छ र, सविताले पनिवाइनको गिलास समाइन् | वाइनको साथ साथै केहि मासुका टुक्राहरू खाइन्, पछि बर्थ डे केक काटियो, केक रिनालेपहिला आफुले टोके अनि आफ्नो बोय फ्रेन्ड ज्याकलाइ खुवाए | सबै जना वाइनले मातिदै गए, केटाहरु चाही कोहिव्हिस्की अनि बियर पिउदै थिए, सबितालाई पनि वाइनले केहि दिमाग रिन्गाएको जस्तो लाग्यो | त्यहा संगीतकोधुनसंगै मधुरो प्रकाशमा पार्टी चल्दै थियो, सबिताका साथीहरु आफ्नो बोय फ्रेन्डसंग कम्मरमा पक्रेर नाच्दै, कोहिकुरा गर्दै थिए | सबितालाई पनि अब मन लागेको थियो, कुनै केटा भए पनि यसो हात समातेर अंगालिन्दै नाचे जस्तोगर्नु मन लाग्यो | साएद वाइनको नशामा त्यो आँट आयो होला सबितालाई, आखिर संगत न हो, ” एई सबिता आइजन नाच्न” रिनाले कर गरी, ज्याकसंग भिडाई दिइ | अब सबिता ज्याकसंग नाच्न लागि, ज्याकले हातमा पक्रेरघरीघरी फनक्क घुमाउदा सबितालाई निकै मजा आयो | अनि नाच्दा नाच्दै छासछुस हात या औलाले सबिताकोनितम्ब छुदा तिनी लाजले रातो हुन्थिन | आखिर निकै समय पश्चात छोरा मान्छेको सामिप्य पाएकी थिइन्सविताले, निकै बेर नाची रहे, ज्याक र सबिता | साझ १० बजे तिर ज्याक अनि रिनाले सबितालाई घर सम्म पुर्याउनआए | अब घर आए पछि वाइनले अलि अलि छोडी सकेको थियो, सबिता ओछ्यानमा पल्टी, सोच्न थाली दिपकको बारेमा |दिपक आज साझ त्यो बिदेशी केटीसंग डिस्कोमा नाच्दै होला, नकचरी केटी मेरो लोग्नेलाई अँगालोमा हालेर मस्किन्दैहास्दै होलिन् | दिपक पनि खुशीले त्यो केटीसंग मस्की मस्की कम्मरमा पक्रेर घरीघरी नितम्ब छुदै होला | छोरामान्छे यस्तै नै स्वार्थी हुदा हुन् अघि ज्याकले सबितासंग नाच्दाको मिठो कल्पना गरिन्,| ज्याकले पनि जानअन्जान सविताको शरीर छुदा पक्रिदा तिनलाई निकै रोमान्चित बनाएको थियो, शरीरमा करेन्ट पैदा भएको सम्झीन्| दिपक बियर पिउदै त्यो बिदेशी केटीलाई वाइन पिलाउदै होलिन्, त्यो बिदेशी केटी पनि पातिन्दै मेरो दिपकलाइ च्यापसमातेर लाडीन्दै ” आइ लभ यु दिपक, डोन्ट लिभ मि अलोन” भन्दै होलिन् | दिपक पनि ” एस बेबी, आइ लभ यु टू“भनेर चुम्बन गर्दै होला | आफ्नो यस्तो नकचरो लोग्नेको यो ताल देखेर सबिता पनि अब एउटा निर्णय गर्न पुगी, अबम पनि बोय फ्रेन्ड बनाउछु | आखिर कतिन्जेल म तड्पिनु, सोची त्यो क्याम्पस जाने बाटोमा क्यासेट पसले सधैमलाई घुरेर हेरी रहन्छ | आखिर उ पनि हेन्डसम अनि जवान छ, यति सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् | यस्तैमा एक दिन घरमा दिपकको फोन आयो, म नेपाल फर्कदै छु | यहा हामी काम गर्ने कन्स्ट्रक्सन कम्पनि बन्दभयो, आर्थिक मन्दीले गर्दा सबै कामदारलाइ घर पठाउदै छ | कम्पनिले तलब पनि ३ महिना देखि दिएको छैन, मसंग बचेको केहि पैसाले ” सबिता! म तिमीलाई एउटा मोबाइल अनि राम्रो घडी ल्याई दिन्छु | मैले तिमीलाई एकदमैमिस गरिरहेको छु” भनेर दिपकले भन्दा सबिताको मुटु छिया छिया भएर आयो | कन्स्ट्रक्सनमा काम गर्न कतिगाह्रो भयो होला, त्यस्तो बाहिरको गर्मीमा, साएद पैसा कम कमाएर नै अलि इकोनोमिक हुनु जान्नुपर्छ, भनेरफोनमा भनेको कुरा याद गरिन् | मलाइ यति माया गर्ने श्रीमानलाइ नाना भाति कुरा सोचे, साथीहरुको लहलहैमा कुरासुनेर, सबिता आफैलाई दोषी ठानी | तिनलाई पश्चाताप भएर आयो अनि हतपत कोठामा गएर हुक्क हुक्क गर्दै रुनथालिन् |  राजारानी १ धनकुटा अक्टोबर २००९