पुन शिलाङ यात्रा-११

Posted on January 22, 2016 | by गोविन्दराज भट्टराई

पुन शिलाङ यात्रा-११ देवकोटा जयन्ती सम्पन्न भइसकेपछि हामीले शिलाङका विविध व्यक्तित्वसँग भेट गर्‍यौँ, वार्ता गर्‍यौँ तस्वीर खिच्यौँ र बिदा भयौँ । मलाई लिन सलील ज्ञवाली सुपुत्र सारंग उपस्थित थिए । […]

जीवन मात्र छैन

Posted on January 22, 2016 | by गोविन्दराज भट्टराई

  जीवन मात्र छैन आफूसित अरु अनेक कुरा छन् यो जीवन तिनको रस चुसेर बांच्तो रहेछ जीवन मात्र भैदिएको भए कति स्याहारसुसारले, प्रेमले एकान्तमा, आनन्दमा भनेजस्तो गरी हुर्काउथें होला तर […]

नेपाली साहित्यमा पठन, चिन्तन र सिर्जनाको धरातल

Posted on February 18, 2012 | by गोविन्दराज भट्टराई

लेख्य विषयको चयन गर्न नसकेर स्रष्टा सधैँ द्वन्द्वमा हुन्छ । व्यष्टि लेख्ने कि समष्टि, विषय लेख्ने कि वस्तुता, वर्तमानमा रुमलिने कि अतीततिर चढ्ने अथवा अनागततिर कल्पना प्रक्षेपण गर्ने यस्ता दोधार सधैँ […]

पूर्वाञ्चलका पारसमणिसँगको भेट

Posted on January 24, 2012 | by गोविन्दराज भट्टराई

७ जनवरी १९३५ मा दार्जिलिङमा जन्मेका गोपीनारायणको ७७ वर्षको उमेरमा मेघालयको शिलाङमा ५ जनवरी २०१२ को विहान देहान्त भयो । दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै २०६५ सालको गरिमामा प्रकाशित लेख पुनः साभार गरेको छु ।

नेपाली यात्रा साहित्यको ..

Posted on December 15, 2011 | by गोविन्दराज भट्टराई

नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प एथेन्सको झरीले भिजेका केदार सङ्केतप्रति धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको,कृषकले धानका वियाड सिङ्गै माया मारेको । यसपाली मात्र राम्रो मनसून चल्यो— तर लेटमनसुन । साउन पन्ध्रदेखि राम्रो बर्षा भो । पछुवा खेती लागाए । अझ भदौं लागेदेखिआजसम्मै आँखा उघारेको छैन । आकाश सधैँ डम्म छ, बादलले ढाकेको । बाटाहरू हिलाम्मे,अझ ट्याङ्लाफाँटको भट्टराई निवासदेखि बजार जानु, अथवा विश्वविद्यालय पुग्नु असम्भवभएको छ । जीवन यस्तै छ । विद्युतीय माध्यममा परोक्ष परिचय भएका केदारले मलाई निकै अघि एकहार यात्रा निवन्धतयार भएको सुनाएका थिए । त्यसले मलाई विशेष प्रसन्नता दियो । नभन्दै एकदिन पुस्पराईले एथेन्सको झरी मेरोमा ल्याई  छोडेका थिए । आज झरीवादलले आकाश ढाकेको छ ।कीर्तिपुरमा केही लेख्न बसेको छु ।  बादल ओर्लेर उपत्यकाका डाँडातिर सेतो फूल स्यूरेझै छ । कीर्तिपुर डाँडो सम्म छोपिएको छ ।आकाश कालै छ, एकछिनमा झरी बर्सिन्छ होला । यस्तो बेलामा मैले एथेन्सको झरी हेर्न थालेँ। यो झरी र त्यो झरीको एक ध्वन्यात्मक निकटताले मलाई निम्त्याइरहेको थियो । म पढेरबोल्न लेख्न चाहन्थें तर उपयुक्त समयको प्रतीक्षा थियो । एथेन्सको झरीका लेखक केदारलाई मैले भेटेको छैन । अघि बेलायतको भ्रमणमा पुगेकोसमयमा विश्वासदीपले उनको धेरैपल्ट नाम लिएका थिए तर भेट भएन । सुन्छु— यतिखेरतिनी अफगानिस्तानको कुनै अनकन्टार प्रदेशमा सैन्य अभ्यास गरिरहेका छन् । त्योसम्झिदा यी स्रष्टा भाइप्रति यो हृदयमा प्रेम उम्लिएर पोखिन खोज्छ । त्यसैले हो कियसमाथि लेख्न म निकै हतारिएको छु । नियति छ एउटा तर हृदयमा छ साहित्य; बन्दुक छछेउमा तर कलम भिरेको छ छातिमा— कसरी कतिबेर लेख्ता हुन् । मलाई केदारले छोए ।जीवन र साहित्यको सम्बन्ध कहाँ छ ? मेरो मन पीडाले उद्विग्न भयो र सम्झेँ ती भाइतोराबोराको अनकन्टार पर्वतदेखि कति टाढा होलान ? आजको अफगानिस्तान विश्वकविरवीन्द्रनाथ ठाकुरको पात्र काबुलीवालाको देश जस्तो छैन । छ अर्कै तालिबानको ती कुनैकठोर ठाउँमा लुकेर, कतै छेलिएर लेखिरहेका होलान् मेरा केदार । यतिखेर सैन्य साहित्यकोकसरी उत्पादन हुँदोछ, यो राष्ट्रले बुझ्नु पर्ने समय छ तर यो बुझेको छैन । एथेन्सको झरी शीर्षकले नै मलाई आकर्षित ग¥यो । त्यो प्राचीन सभ्यता केन्द्र ग्रिसको एथेन्सपुग्ने र त्यसबारे यात्रास्मरण लेख्ने म मात्रै हुँला जस्तो ठान्दथें तर केदार भाइको शीर्षकदेख्ता एक भाग्यमानी स्रष्टा त्यो भूमिमा पुगेछन् भन्ने हर्षले मेरो मन भरियो । त्यो भूमिकोभ्रमण पश्चात नेपाली साहित्य सिर्जने मभन्दा पहिलेका मनुजवावु मिश्र र पछिका केदारलाईसम्झिछु । त्यसो त अरूले पनि ग्रिसको यात्रा गरे होलान् तर नलेखिए पछि त्यो त्यसै विस्मृतहुँदो रहेछ । एक सर्काे शीर्षक पल्टाएँ— नौवटा यात्रा सस्मरणले भरिएको यस सङ्ग्रहको निर्माण अर्कैढङ््गले भएको छ । प्रत्येक निवन्ध आरम्भ गर्नुभन्दा अघि एक पूर्वयात्राकारको कुनैसङ्ग्रहबाट अलिकति उद्धरण राखेका छन् । उदाहरणको लागि पहिलो निबन्ध छ पहाडघरतिरलाग्दा । त्यसमा मेरो सङ्गै बसौँ यो रात शीर्षक  यात्रा निवन्धको एक उद्धरण रहेको छ ।यस्ता उद्धरणले लेखकलाई मनपर्ने नौजना नियात्रा लेखकलाई प्रस्तुत गरेको छ । ती नौ लेखक र तिनका कृतिलाई यहाँ क्रमश राख्न चाहन्छुः ·         गोविन्दराज भट्टराईको सङ्गै बसौँ यो रातबाट ·         विश्वासदीपको तिगेलाको देश बोक्नुको पीडाबाट ·         मोदनाथ प्रश्रितको सुन्दरी रात र सुस्केराका अनुहारबाट ·         ध्रुवचन्द्र गौतमको जर्मनीः नयाँ आँगनमा पाइला टेक्ताबाट ·         युवराज नयाँघरेको अनाम पहाडमा फनफनीबाट ·         अमर नेम्वाङ लिम्बूको सम्झनाका तरेलीहरूबाट ·         दयाकृष्ण राईको सम्झनाको आलिङ्गनमा वाँधिएरबाट ·         जय छाङछाको विब्ल्याँटो आकाशको धरातलतिरबाट ·         ताना शर्माको बेलायततिर बरालिँदाबाट यो छनोटले अनेक नयाँ अर्थ दिन्छ— लेखक केदारकति अध्ययनशील रहेछन् । उनी समसामयिक यात्रा साहित्यलाई कति नजिकबाट कति प्रेमले पढिरहेकारहेछन् । अनि नेपाली यात्रा लेखन कति ज्यादाविविधतापूर्ण हुन थालेको रहेछ । केदारले रोजेका नौकृतिमध्ये एकजना तानाशर्माको बेलायततिरबरालिँदा झन्डै चारदशक अधिको हो भने बाँकी आठकृति वर्तमान एक दशक भित्रका अर्थात समकालीनभ्रमणका अनुभूति हुन । भ्रमणशील नेपालीकोसङ्ख्या बढेको छ, देश थपिँदा छन् । नेपाली जातीले गरेको अन्य भूमिका यात्रा साहित्यकोखोजी गर्दा जङ्गबहादुरको बेलायत यात्रा प्रथम होभने लामो समय पश्चात आधुनिक साहित्य र चित्रकलाका एक शिखर लैनसिंह वाङ्देलकोभ्रमण साहित्य प्रकाशित हुन थालेको पनि आधा शताब्दी भइसक्यो । हालै उनको छोरी डीनाबाङ्देल र देवेन्द्र भट्टराईद्वारा सम्पादित मुलुकबाहिर म यात्रा साहित्यको एक अमर गाथाप्रकाशित भएको छ । यसले पचास साठी वर्ष अघिको फ्रान्स बेलायत र त्यहाँ पुगेको एकस्वप्नद्रष्टा नेपालीको जीवनीचित्र प्रस्तुत गर्दछ । त्यस पछिका ताना शर्मा, पछिका विजयचालिसे, यादव खरेल आदि हुन । तर वर्तमान एक दशकको लेखन र पहिलेकोमा ठूलो अन्तरछ । आज नेपलीमा नियात्रा लेखनको मात्रात्मक र गुणात्मक  गति भिन्न भएकोे छ । त्योकुरा माथिका कृति शीर्षक पढ्दा थाहा हुन्छ । नेपाली लेखनको अवस्थिति (लोकेल) अर्कैभएको छ, पात्र परिवेश घटना अर्कै । विषयवस्तु भिन्न; शैली पनि अर्कै भएको छ । सबै आश्चार्य लाग्दो छ । तिनै आश्चार्य लाग्दो समूहका एकजना नियात्राकार हुन केदार । यहाँ देखिन्छ— नयाँलेखनका नौजना स्रष्टामध्ये तीनजना देशभित्रको नियात्राकार छन् । गोविन्दराज भट्टराई,अमर नेम्बाङ र युवराज नयाँघरे । अरू सात जनाले प्रस्तुत गरेका विविधतापूर्ण चित्र हेर्दानेपाली नियात्रा लेखनको आसीम विस्तृति देख्न पाइन्छ । आजको देशकोभन्दा परदेशकोयात्राले ज्यादा कृति जन्माउन थालेको छ । कत्रो खुसी र नवीन उज्यालोको कुरा । […]

Marquee Powered By Know How Media.
Secured By miniOrange