दुखे देश के भो

Posted on December 19, 2015 | by कोमल प्रसाद भट्ट

दुखे देश के भो, तिमी चम्किदेऊ सधैँ नाथ पुज्दै, सुरा छम्किदेऊ उनै अन्नदाता, चलाऊ सवारी समाएर पङ्खा, उतै हम्किदेऊ ।। सफा राख बाटो, हटाएर मैला लखेटेर यात्री,तिमी गम्किदेऊ किनारा लगाऊ, […]

गजल- स्रग्विणी छन्दमा

Posted on January 26, 2014 | by कोमल प्रसाद भट्ट

जिन्दगी आँसुको पोखरी झैं भयो नालमा मिर्किने टोकरी झैं भयो दर्दले स्वास नै बन्द पो हुन्छ कि ? हर्घडी कालको कोठरी झैं भयो रोगले बेसरी पेल्दछन् रातदिन् हेर यी अङ्ग […]

तीजाको गजल

Posted on September 10, 2013 | by कोमल प्रसाद भट्ट

रोएको होला माइतिको आँगन के जानु तीजैमा आँसुले टन्नै भरिन्छन नयन के जानु तीजैमा परदेशी भए बाबा र आमा शून्य भो चाहाड सहनै पर्यो दैवको खटन के जानु तीजैमा ओइलेका […]

गजल

Posted on May 16, 2013 | by कोमल प्रसाद भट्ट

आफ्नो प्यारो आँगनीमा नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि नदेखेको धेरै भयो   डाँडा काँडा पहरामा घुम्थ्यौँ अति रमाउँदै द्यौरालीमा चोखो ढुङ्गो नफेंकेको धेरै भयो   घुम्दाघुम्दै साँझ पर्थ्यो हतारिंदै […]

गजल

Posted on April 20, 2013 | by कोमल प्रसाद भट्ट

बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी जति दु:ख परे पनि नआत्तिनु साथी तिमी   राम्रा हुन्छन आफ्नै रीति,संस्कृति र परम्परा बिदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी खप्नु पर्छ जिन्दगीमा कयौँ […]

गजल

Posted on April 16, 2013 | by कोमल प्रसाद भट्ट

यो नव वर्षको, शुभकामना छ है, खुसी र हर्षको,शुभकामना छ है !   शान्ति र संबिधान,लडेरै ल्याउँला सफल संघर्षको,शुभकामना छ है !   निकालौं साथी हो,निकास देशमा उचित निष्कर्षको,शुभकामना छ […]

पुराना ती घाउ

Posted on March 24, 2013 | by कोमल प्रसाद भट्ट

पुराना ती घाउ जति आलै भए अचेल भरि पूर्णिमाका रात पनि कालै भए अचेल भरि बल्झिएला कहिले भनी च्याँखे थापी कुर्नु पर्दा जिन्दगानी जुवा तासका खालै भए अचेल भरि प्रत्येक […]

परदेशमा

Posted on February 12, 2013 | by कोमल प्रसाद भट्ट

परदेशमा प्यारो मुटु दुखाएर बसेको छु अनगिन्ति कथा व्यथा लुकाएर बसेको छु रातो दिन घोट्टीएर काम काज गर्दा खेरी भोक प्यासले शरीरलाई सुकाएर बसेको छु सबै सोच्छन विदेशमा पैसा फल्ने बोट हुन्छ  कस्लाई भन्नु […]

संसारलाई छोड्नै

Posted on January 19, 2013 | by कोमल प्रसाद भट्ट

संसारलाई छोड्नै पर्छ किन बेइमानी सेतो कात्रो ओढ्नै पर्छ किन बेइमानी छोटो हाम्रो जिन्दगानी मरिजाने चोला यात्रा अन्त मोड्नै पर्छ किन बेइमानी  बाँचुन्जेल हो तेरो मेरो मरेपछि छैन  नाता गोता तोड्नै पर्छ किन बेइमानी सँगै जान्छन दुईटा कुरा सुधर्म र पाप […]

गाउँ घरको

Posted on January 19, 2013 | by कोमल प्रसाद भट्ट

गाउँ घरको सम्झनाले रुन्छन परदेशबासी आँसुले नै तकियालाई धुन्छन परदेशबासी पूरै रात  छर्लङ्गिन्छ छट्पट छट्पट गर्दै विरहले व्याकुल मात्रै हुन्छन परदेशबासी  स्वर्ग भन्दा राम्रो संसार कल्पनामा बुन्दै सपनीको सगरमाथा छुन्छन परदेशबासी   बाध्यता र […]

छचल्क्यो जवानी

Posted on January 19, 2013 | by कोमल प्रसाद भट्ट

छचल्क्यो जवानी उबायो कसैले कसी प्रेम पाशमा डुबायो कसैले अति प्रीतले मन्द मुस्कान छर्दै सुधा जल खन्याई नुवायो कसैले हुँदा अर्ध चेतमा पियाएर प्याला समाएर तान्दै खुवायो कसैले  कुहू कोयली झैँ मधुर […]

प्राय:जसो

Posted on January 11, 2013 | by कोमल प्रसाद भट्ट

प्राय:जसो अफिसमा कमाएको कुरा हुन्छ डिस्को नाच र रेस्टुराँमा रमाएको कुरा हुन्छ तोकिएका जिम्मेवारी,काम काज भन्दा पनि दिनभरिमा कसले कति थमाएको कुरा हुन्छ चाडपर्व र उत्सव आँउदा महँगा र राम्राराम्रा लोभै लाग्ने उपहारलाई समाएको कुरा […]

किन होला

Posted on January 4, 2013 | by कोमल प्रसाद भट्ट

किन होला मष्तिष्क नै थाकेको छ आजभोलि सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि  अनगिन्ति सम्झनालाई दवाउँदै सुत्दा पनि  कसले कसले सपनीमा डाकेको छ आजभोलि  बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै  समयले खाडलमा […]