न्युयोर्कमा साकेला उभौली

Posted on May 10, 2012 | by मनु लोहोरुङ

न्युयोर्कमा साकेला उभौली २०६९ भव्यताका साथ सम्पन्न मनु लोहोरुङ राई, न्युयोर्क हरेक बर्ष मनाईने किराँत राईहरुको मुख्य चाडहरुमा पर्ने साकेला उधौली (मंग्सिरे पूर्णिमा) र साकेला उभौली (बैशाखे पूर्णिमा) मध्ये यही मे […]

गजल

Posted on January 2, 2012 | by मनु लोहोरुङ

माग्दैछ एक अठोट, आफ्नै जगतले आज भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज   राष्ट्रको चिन्ह खुकुरी, आफ्नै गर्दनमा हेर ! थामेर राख्न सकेनौं,अन्धो मगजले आज   लिए नि कोही तर्वार […]

जीवनको उत्कर्ष

Posted on December 4, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ कुहिरिलो घुम-पहाड उक्लिंदा जिन्दगीका गोटा-गन्ती सप्पै वाग्जालमा परेर रंग-रंगको भीर देखि लडी मर्दा दिमागी तरंगहरु कतै छल्किए….. कतै वाग्विलाशमै सल्किए l म तिनीहरुलाई कल्प-कल्प, ब्रम्हचेतको स्नायू-कोषिकाबाट युगको मीमांसले बटुल्दैछु/निभाउदैछु l  जीवनका तितरवितर रेखाहरु […]

सृष्टि माथि एक दृष्टि मनको

Posted on November 11, 2010 | by मनु लोहोरुङ

-मनु लोहोरूङ समथरबाट पहाड उक्लिँदैमा चोमोलोंङ्मा पुग्न सक्दैनौं पहाडबाट तराई झर्दैमा मेरिआना स्ट्रेंन्च देख्न सक्दैनौं अहंकारको बायुपंखी घोडामा आकाश नियाल्दै सवार हुँदा आफ्नै गोहोमा अल्मलिएका  हामी एउटा मूलबाटो निस्किने सोतो मै अटास मटास […]

साथी

Posted on November 11, 2010 | by मनु लोहोरुङ

-मनु लोहोरूङ मेरो लागि अजम्मरी, तिम्रो माया, साथी ! राख्न सकूँ ! सधैं माया, घाम भन्दा माथि मर्ने चोला कैले होला, कस्लाई थाह छ र एकै मुट्ठी सासै त हो, अरु के पो […]

वाङ्मीपुत्रहरुलाई शन्देश

Posted on October 31, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरूङ जीवनका रङहरु यहाँ थरि-थरि……… दिमागी फयुज गएर स्मरण शक्तिहरु स्खलन हुँदा मेरो गैरी खेतमा मार्सी धान सप्रिए झैं चरित्र नंग्याउने खेती हौसिँदो छ l म मुक दर्शक बनेर हेरिरहन सक्दिन l त्यसैले, आफ्नै लाज छोप्न ऐनासंग […]

तीन गेडीहरू

Posted on October 25, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरूङ १) जून तारा लोभिन्थ्यो, हेरी देश नेपाल तर आज रुदैंछ, हाम्रै प्यारो हिमाल नजानी, मान्छे भयौं,सारै बेमानी २) लेक बेंशी गरेरै, बित्यो सबै जिन्दगी पसिनाको थोपामै, जवानी भो […]

शुभेच्छा

Posted on October 19, 2010 | by मनु लोहोरुङ

मनु लोहोरूङ सत्ते सत्ते !अब त तिम्रो बेमेल-भाव नै मेरो अफिम हुदैछ l कल्पना भरि काठे डुंगामा तिमी संगै मेरो अरुण तरिरहन्छु l तिम्रो ढाका टोपीको मिहिन बुट्टा आँखाभरी नाच्छ, […]

विभ्रंशमा विमति

Posted on October 12, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरूङ निलो सगरको घुम्टोभित्र म ! संसार अटेका ति उत्सुकताका इन्द्रेणी आँखाहरुका राग कल्पेर बसिरहेको छु l तिम्रो पवित्र हृदयका अनुरागी उद्वेगहरु विरुपक धर्म-संस्कारको ज्यथा जितेर आउनेछ l […]

कृतसंकल्पको गुहार

Posted on October 7, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरूङ काँडाको राज्य मात्र होइन, क्याक्टसको सन्सारमा हजार जिन्दगी फुलेको निकै बेर भयो l सुगन्ध आउने मूलबाटो ढुकेर मेरा नेत्रसोथहरु युगौं देखि लम्पसार परेकाछन् l आशातीत आयुहरु व्यर्थ […]

एक पृथक ध्वनी

Posted on October 5, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ मूल्यहीन पसिनासंग सम्झौता गरेर मेरो आधापेट भोक बारम्बार डाँको छोडेर रुँदा अचेल मलाई अस्तित्व पचाएर अस्तु सुघ्ने ब्वाँसोहरुको शिकार-तृष्णा जाग्दैछ । विश्वासका त्यान्द्रोहरुमा छेस्का छेस्की खुसीका चारो […]

जिजिविषा मनको

Posted on September 4, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ आफ्नै जिजिविषामा कनिकुथीको खेती गर्दै शिशिरको….. बेहद हुस्सु चलेकै छ। उता मेरो धर्तीमा द्वन्दको चिराग जल्दा, विराग अन्तर्मनको पाटोमा लम्पसार रहेकै छ। संयोग, मनको ढोका उघ्रियो, जस्केलोमा…. […]

मनको दह धमिलिदा

Posted on August 22, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ आङमाथि चर्को घाम, छातीभित्र छाँया मनको दह धमिलियो,सङ्लिएन माया थाहै नपाई दुईटा मुटु, जले कतिखेर ? धुँवा सरि मन उड्दा, थाहा भो यतिखेर आफ्नै जीवन जलाउने, भयो […]

उदीय मन….जीवनहरु

Posted on July 24, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ अभावको सुमेरु माथि ऐंजेरु खर्कमा लेक लाग्दै पूर्वी क्षितिजको घाम पर्खेर अथक मन….जीवनहरु, हिमाली बैंशको अनुभूतिमा रहरका बुकी फूलहरु टिप्दैछन् आफ्नै हिरण्य यो भूमिमा ! जीवनका मुर्छनाहरुसंगै […]

साँढे, कुकुर र निर्दोष परेवाहरु

Posted on February 22, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ माघ महिनाको ठिहीमा भावना रोप्ने फोक्टामा सृजनाका फूलहरुको सिजन चलिरहँदा सिरेटोले स्याप्प सेक्छ, कहीं तुषारापातले अन्तरघात हुन्छ/ त्यही नीर पाखाबारीमा साँढेहरु डुक्रीन्छंन,,, नदाइएका बहरहरुतिर फर्केर स्वाँको आवाज […]