Cotegory: कविता

क्याल्कुलेटर (बालकविता)  -रमेशचन्द्र घिमिरे 

Posted on February 20, 2018 | by सम्पादक

हिसाब गर्थे बाजेले अौँला भाँचेर हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर `यति मुरी धान भयो कोदो यति पाथी  यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´ अौँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले […]

जूनमा ग्रहण लाग्दा -सङ्केत

Posted on February 1, 2018 | by केदार संकेत

अस्ती भर्खर जूनमा ग्रहन लाग्दा  छोड चमारे छोड् भनेर ढोल बजाउने हाम्रो समाज नाङ्गो आँखाले सिधैं ग्रहण हेर्न हुन्न एेनामा नत्र देक्चीको पानीमा मात्र ग्रहण हेर्नु पर्छ भन्ने त्यो बेलाको […]

लोकतन्त्रको अस्मिता- मणिराज सिंह

Posted on January 30, 2018 | by सम्पादक

समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित आफ्नै चोखो बैंस साटिएको होससमेत हुनेछैन। […]

आधा बाटो-तारा सुनुवार

Posted on January 25, 2018 | by तारा सुनुवार

विहानीको झिसमिसे संगै  छरिएको  घामको चुुम्बन  साइतको पछौरीमा कति ढिलो पोखियो….. । उस्को आँखा चिहाउदा चिहाउदै कस्तो पट्यार लाग्दो आजभोली सास फेर्नै गारो मलाई उ बिनाको उजाड मरुभूमिमा । उस्को […]

   कान्छा तेरी अामा- तारा के.सी

Posted on January 22, 2018 | by तारा के:सी

यहि मंन्दिरभित्र लुटिएकि थिइन्     तेरी अामा लुटिदा माैन थियाे अाकाश              चुपचाप थिए भगवान । असरल्लै छरिएका  रगतका अाला टाटाहरू गिजाेलिएकाे शरिरले खेपेका […]

इन्द्रेनी, बालकविता-रमेशचन्द्र घिमिरे

Posted on January 21, 2018 | by सम्पादक

आजै घाम लागेको  आजै पानी परेको स्वर्गबाट इन्द्रेनी  धर्ती हेर्न झरेको ! “निधारमा रङ्ग्याउन  सप्तरङ्गी टिकी तिहारमा लगाइदेऊ न  त्यसैबाट झिकी”  यसो भन्दै दिदीसँग  मैले कुरा गरेको  जति बेला इन्द्रेनी  […]

कविता- वेक्कारमा

Posted on January 20, 2018 | by केदार संकेत

कविता- वेक्कारमा मीत बाउलाई चिना देखाउदा मन्त्री हुन्छस छोरा भन्थे जिम्वल काकाको बगैचाको अंबा चोर्दा फलफूल पसले हुन्छस भन्थे । आमाको थैलीबाट बटारिएको नोट सुटुक्क झिक्दा नम्बरवान्को पकेटमार बन्छस भन्थीन् […]

बालकविता: असन बजार-तारा के:सी

Posted on January 20, 2018 | by तारा के:सी

बाबासँग नाना किन्न असन बजार गएँ झिलिमली बजार हेर्दा दङ्ग पनि भएँ ।   जताततै गाडी गाडी मान्छे सडकभरि छलिएँला  भन्ने  डर  लाग्थ्याे  घरिघरि ।   काेहि माग्ने सडकमा ,काेहि […]

जाडो पनि कति हो (बालकविता)-रमेशचन्द्र घिमिरे

Posted on January 16, 2018 | by रमेशचन्द्र घिमिरे

बाक्लो हुस्सु कुहिरो उडिरा´छ फुस् फुस् जाडो पनि कति हो, उस्, उस्, उस् ! “सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले” केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस् जाडो […]

मेरा प्यारा जून मामा (बालकविता) -रमेशचन्द्र घिमिरे 

Posted on January 14, 2018 | by सम्पादक

अाउँछौ अरे तिमी राति अँधेरामा म सुतेको बेलामा मेरा प्यारा जून मामा ! कसले छेक्यो अाउन दिउँसो उज्यालामा घाम लागेको बेलामा  मेरा प्यारा जून मामा ! नसुतेर भोलि हेर्छु भिर […]

आँट छैन एक पल पनि – तारादेवी सुनुवार

Posted on January 10, 2018 | by सम्पादक

प्रिय ! तिमी छौ र म छु साँझ, बिहान हरपल एकान्त, भिडभाडमा । जुनदिन तिम्रो आगमन भयो त्यो दिन देखि कहिल्यै एक्लै बस्न दिएनौ दुस्खमा, सुखमा, हाँसोमा रोदनमा ! तिमीसँग […]

उरुर-जेतिज शोभा सुनुवार

Posted on January 8, 2018 | by शोभा सुनुवार

धेरै धेरै कोष पर हिड्न निस्केकी यात्री म आफैलाई बनतरुलको बोटमा खोजी हिड्ने यात्री म मेरा हात खुट्टाहरु परिबन्दमा बाँधिएकी यात्री म गन्तव्यमा पुग्नबाट निरुत्साहित बनाइएकी यात्री म । आफैंलाई […]

सुनिता राई कन्दङवा-ओ मौनता

Posted on January 7, 2018 | by सम्पादक

निर्दयी परिस्थिति परिबन्दको हत्कडी ठोकेर घरीघरी उभ्याइदिन्छ अभावको कठघरामा एक ओठ मुस्कान बटुल्न निस्किएदेखि पराइ बनेको हुँ आफ्नैहरुबाट एकमुठ्ठी साहस चोबेर अठोटको रङ्गमा पोतेदेखी गन्तव्य छुने यी कदमहरु एक्लो एक्लो […]

पहिलो र अन्तिम प्रेमीलाई- स्वप्निल स्मृति

Posted on January 6, 2018 | by सम्पादक

तिम्रो र मेरोजस्तै उहिले उहिले  माइ र तमोरको मायापिरती थ्यो’ रे । चञ्चले तमोर  छाँगाबाट हाम्फाल्दा–हाम्फाल्दा चट्टानमा खोपेछ एक मानिस गहिरो दह  सुटुक्क आफ्नो अनुहार हेर्दा बुढो हिमाललाई देखेछ भागेछ […]

कमिला  बालकविता-रमेशचन्द्र घिमिरे, लमजुङ 

Posted on January 2, 2018 | by सम्पादक

माथिदेखि तल, तलदेखि माथि हिँडेका छन् हेर भई साथी साथी सोधेँ प्रश्न तिमीलाई – के हुन् भन रमिला ?    केको कानेखुसी हो केको सट्यासुटु हो ? टाउको टाउको जोडेर […]

उनि गए पछि-रामकृष्ण अनायास

Posted on January 1, 2018 | by रामकृष्ण अनायास

आज पनि उत्तिकै संझिरहेको छु उनि गए पछि हामीले खेलेको बगरको किनारामा, बनाएको घर कैयौपल्ट ढल्यो होला तर समयले छुटाए पनि कहिल्यै ढलेन आशाहरु टुटेन कहिल्यै बिस्वासका ताराहरु हामीले छोएको त्यो नदीको  पानी  कैयौ संसार घुम्यो होला त्यो भन्दा बढी घुमेको तिम्रो स्मृति, मेरो आँखामा आज पनि उत्तिनै साक्षी छन्   म नगएको कुरै पल रहेन जहाँ तिम्रो हाँसो छोडिएको थियो जहाँ तिमी र म भाँडाकुटी खेल्दा सपनाहरु बुनेका थियौ अनि कति पटक त तिम्रो सिउदो बालुवाले भरेको थिए   हो त्यहि बगर साक्षी छ सोध नदी सँग […]

समुद्र – लक्ष्मी उप्रेती,  विराटनगर 

Posted on December 31, 2017 | by सम्पादक

म छेउ एउटा धमिलो समुद्र छ उम्लिएर मडारिँदै लहरिँदै आउँछ र, किनारमा ठोक्किएर छताछुल्ल पोखिन्छ असरल्ल सलबलाउँदै जिस्कन खोज्छ मसँग मेरो मनलाई नछोई मलाई निथ्रुक्क भिजाउँदै फकिॅन्छ र, मिसिन्छ आफ्नै […]

नभेम्बर एघार – पप्पी डे – आँकाला

Posted on November 12, 2017 | by रामकृष्ण सुनुवार “आँकाला”

बेल्जियमको फ़्लाण्डर मैदान सम्म आइ पुग्दा बन्दुक उठाउने हातहरु रगत लत्पतिएर सिंचित जमिन लाश कुहिएर मलमा परीणत भई बिहानी सूर्यको झुल्को देखि साँझको रक्तिम लालीले टल्किएका बैंश मै ओझेल परेका […]

सम्झना पुर्खाहरुको-जानू काम्बाङ्ग लिङ्देल

Posted on November 11, 2017 | by जानु काम्बङ लिङ्देल

कहिले पुरानो हुन नसकेको नयाँ एउटा लडाईंको कथा काँधमा बोकेर मेरो वीर गोर्खाली पुर्खा अझैँ उभिएको देख्छु त्यो पारि आँखैले नभ्याउने दुर…पप्पी फुल्ने देशको सीमाना नेर आज उनै मेरो पुर्खालाई […]

विमलगुरुङ स्मृति ..वार्षिक कविता-प्रथम, दृतिय र तृतीय Poems

Posted on November 8, 2017 | by सम्पादक

विमलगुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको सत्ताइसौँ वार्षिक कविता प्रतियोगितामा असिम सागर, प्रकाश रम्घालि र मनोज मुस्किल क्रमशः प्रथम, दृतिय र तृतीय हुनु भएको छ । निर्णायकद्बय कवि मनु मन्जिल र […]

Marquee Powered By Know How Media.
Secured By miniOrange