Cotegory: समीक्षा

सम्झनाको आलिङ्गनमा बाँधिएरमा दयाकृष्ण राई

Posted on January 8, 2018 | by केदार संकेत

| Author : केदार ‘संकेत’ Category : Review / समिक्षा |              मुख्यत, साहित्य विधामा जम्मा चार बिधालाई प्रमुख विधा मानिन्छन् । त्यस्को पनि जेठो बाठोमा निबन्धनै पर्छ […]

     धरतीको पुकार बोकेका कविताहरु

Posted on November 26, 2015 | by सम्पादक

        -अबीर खालिंग, हेमिल्टनगंज, डुवर्स ।             “इतिहासको यो ग्रुपफोटोमा             मेरो फोटो चैं  खोई ?” (‘मेरो स्पेस’ कविताबाट) मूलधाराद्वारा उच्छेदित पीड़ाको चर्को स्वर बजेको छ उक्त […]

उपेन्द्र सुब्बाको “लाटो पहाड” पढेपछि-बालकृष्ण माबुहाङ

Posted on August 4, 2015 | by सम्पादक

लाटो पहाड ! उपेन्द्र सुब्बाको कथा संग्रह । फिनिक्स बुक्सको प्रकाशन, जम्माजम्मी १३ वटा कथा २२२ पेजमा । सुब्बाले विमोचनको निम्तो दिँदा ठानेको थिएँ, कविताको विमोचन हुँदैछ । पछि थाहा […]

When I born, I Black कविता

Posted on November 6, 2013 | by सम्पादक

When I born, I Black कविताको समीक्षा हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौं । न त व्यवहार पढ्छौं न त अरूका किताब नै । आफौले नबुझ्ने कुरा बर्बराउछौं र त्यसैलाई […]

समालोचकका रूपमा डा। लक्खीदेवी सुन्दास

Posted on October 30, 2013 | by सम्पादक

नवीन पौड्याल १। विषय प्रवेश – नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू […]

क्यानभासमा कोरिएका कथाहरु

Posted on April 27, 2013 | by सम्पादक

-राजु महत स्वच्छन्द शैलीमा लेखिएका क्यानभाासमा कोरिएका कथाहरु कथा शृखलामा पच्चीस वटा कथा संगहीत छन् । कथाकारले समय भावनालाई लयबद्ध गरेर समेटिदिएकी छन् । कथाकार शर्मिला खड्का (दाहाल) ले परम्परागत […]

कस्तुरी भैँ नयाँघरे-रोहित खतिवडा

Posted on October 30, 2012 | by सम्पादक

“जति सरापे पनि कमै हुन्छ काठमाडौँलाई । जति उल्ल्याए नि थोरै हुन्छ काठमाडौंलाई । जति धारेहात लाए नि अपुगै हुन्छ काठमाडौंलाई ।” कवितात्मक शैलीका यी हरफहरु काठमाडौंप्रतिको वितृष्णा हो, क्रोध […]

यात्रास्पर्श’ पाठकीय अनुभूती (दीप्स शाह)

Posted on July 7, 2012 | by दीप्स शाह

कृती समिक्षा ‘यात्रास्पर्श’ पाठकीय अनुभूती (दीप्स शाह) – [2012-03-12] परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्देलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना […]

‘लू’ उपन्यास: भारतीय सिमावर्ती

Posted on April 27, 2012 | by नेत्र एटोम

 ‘लू’ उपन्यासमा भारतीय सिमावर्ती जनजीवनको पीडा र आशाको झिल्को ‘लू’ उपन्यासमा हामी बाँचिरहेको समय र जीवनको यथार्थ प्रस्तुति छ तर यो जीवनसँग धेरै नेपाली जनता, नेता, राज्य, पार्टी, संविधानसभा, कूतनीतिक पक्ष […]

“पैयुँका फुलहरु भर्भराउँदो आगोको ..

Posted on April 14, 2012 | by सम्पादक

-कोइँचबु काःतिच अवश्य नै साह्रो गाह्रो हुन्छ कुनै पनि ढाँचाभित्र बसेर सिर्जना गर्नु । लामो अभ्यास र अनुभवपछि मात्र सम्भव हुन्छ ती साहित्यीक सिर्जनात्मक साँचोमा आफ्नो सिर्जनालाई अर्थपर्ूण्ारुपमा ढाल्न । […]

स्रष्टा मनु र लुङमारी मिथक

Posted on March 15, 2012 | by सम्प्रेषक -भानु सुनुवार

बिज्ञानको तेश्रो आँखा साइवर मार्फत फेसबुकको भित्तोमा सकृय स्रष्टाका रुपमा मेरो मस्तिस्कमा दर्ता भएका धेरै नारी स्रष्टाहरु मध्यका मनु लोहोरुङ एक प्रतिभायुक्त स्रष्टाका किस्तामा पर्ने स्रष्टा हुन । लुङ्मारी मिथक […]

जीवन-जगतलाई

Posted on February 27, 2012 | by कृष्णकुमार हेम्ब्या

जीवन—जगतलाई प्रेरणा दिने “प्रेरणात्मक कथा–संग्रह” अघिल्लो वर्ष पल्लो किरात ईलामबाट “छापामार युवतीको डायरी”सँगै उदाईन् तारा राई ‘अनमोल’ । ताराको डायरीले ठूलै पुरस्कार पाउने बजारे हल्लाहरु हावामा हराएर गयो । यो […]

डायस्पोरिक उपन्यास- ‘पथिक प्रवासन’

Posted on January 19, 2012 | by सम्पादक

- दीपकज्योति पौडेल पछिल्लो केही वर्षहरूमा नेपाली साहित्यमा आप्रवासीको जीवनमा आधारित लेखन अर्थात् डायस्पोरिक साहित्य फस्टाएको छ । आप्रवासीको जीवन सङ्घर्ष, मानसिकता, विरानोपना, आत्मपहिचान, नयाँ संसारमा मातृभूमीको जीवनको याद आदि […]

हिमालपारि पुगेपछिको यात्रामा प्रतिक ढकालसँगै निस्कदा

Posted on January 11, 2012 | by हरि मानन्धर

डायरीबाट मलार्इ कविताले जति छुन्छ त्यति अरू विधाका रचनाले छुनै सक्दैन भन्थे म । हुन पनि म आफै थुप्रै विधामा कलम चलाइरहेछु र पनि कवितामा जति खुशी हुन्छु त्यति अरूमा […]

क्यानभासमा कथाहरू

Posted on December 27, 2011 | by ishwar gewali

मूलतः बालसाहित्यको क्षेत्रमा स्थापित स्रष्टा हुन्, शर्मिला खड्का -दाहाल)। उनको साझा बालसाहित्य पुरस्कारबाट सम्मानित उपन्यास सानीको साहस अंग्रेजी भाषामा अनूदित भई व्यापक पाठक समूहसम्म पुगिसकेको छ। दुई भागमा छापिएको त्यस […]

नयाँ बान्कीका कविता

Posted on December 27, 2011 | by ishwar gewali

  स्व स्वप्निल स्मृति नयाँ पुस्ताका सर्जक हुन्। ‘५० को दशकदेखि कविता लेखनमा लागेका उनका हालसम्म दुईवटा कवितासंग्रह प्रकाशित छन्। खास विचार बोकेर लेखनमा जुटेका स्मृति सिर्जनशील अराजकताका साथसाथै विशेष […]

गजलका सशक्त हस्ताक्षर

Posted on December 25, 2011 | by रमण घिमिरे

नेपाली साहित्यमा गजल भित्र्याउने र लोकपि्रय गराउनेमध्येका स्रष्टा हुन्, ज्ञानुवाकर पौडेल। उनको पहिलो गजल २०३५ सालमै प्रकाशित भएको थियो। तर, यसभन्दाअघि ०२९ सालमै ज्ञानेश कान्तिपुरेका नाममा उनी गजल लेख्थे। उनी […]

नेपाली यात्रा साहित्यको ..

Posted on December 15, 2011 | by गोविन्दराज भट्टराई

नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प एथेन्सको झरीले भिजेका केदार सङ्केतप्रति धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको,कृषकले धानका वियाड सिङ्गै माया मारेको । यसपाली मात्र राम्रो मनसून चल्यो— तर लेटमनसुन । साउन पन्ध्रदेखि राम्रो बर्षा भो । पछुवा खेती लागाए । अझ भदौं लागेदेखिआजसम्मै आँखा उघारेको छैन । आकाश सधैँ डम्म छ, बादलले ढाकेको । बाटाहरू हिलाम्मे,अझ ट्याङ्लाफाँटको भट्टराई निवासदेखि बजार जानु, अथवा विश्वविद्यालय पुग्नु असम्भवभएको छ । जीवन यस्तै छ । विद्युतीय माध्यममा परोक्ष परिचय भएका केदारले मलाई निकै अघि एकहार यात्रा निवन्धतयार भएको सुनाएका थिए । त्यसले मलाई विशेष प्रसन्नता दियो । नभन्दै एकदिन पुस्पराईले एथेन्सको झरी मेरोमा ल्याई  छोडेका थिए । आज झरीवादलले आकाश ढाकेको छ ।कीर्तिपुरमा केही लेख्न बसेको छु ।  बादल ओर्लेर उपत्यकाका डाँडातिर सेतो फूल स्यूरेझै छ । कीर्तिपुर डाँडो सम्म छोपिएको छ ।आकाश कालै छ, एकछिनमा झरी बर्सिन्छ होला । यस्तो बेलामा मैले एथेन्सको झरी हेर्न थालेँ। यो झरी र त्यो झरीको एक ध्वन्यात्मक निकटताले मलाई निम्त्याइरहेको थियो । म पढेरबोल्न लेख्न चाहन्थें तर उपयुक्त समयको प्रतीक्षा थियो । एथेन्सको झरीका लेखक केदारलाई मैले भेटेको छैन । अघि बेलायतको भ्रमणमा पुगेकोसमयमा विश्वासदीपले उनको धेरैपल्ट नाम लिएका थिए तर भेट भएन । सुन्छु— यतिखेरतिनी अफगानिस्तानको कुनै अनकन्टार प्रदेशमा सैन्य अभ्यास गरिरहेका छन् । त्योसम्झिदा यी स्रष्टा भाइप्रति यो हृदयमा प्रेम उम्लिएर पोखिन खोज्छ । त्यसैले हो कियसमाथि लेख्न म निकै हतारिएको छु । नियति छ एउटा तर हृदयमा छ साहित्य; बन्दुक छछेउमा तर कलम भिरेको छ छातिमा— कसरी कतिबेर लेख्ता हुन् । मलाई केदारले छोए ।जीवन र साहित्यको सम्बन्ध कहाँ छ ? मेरो मन पीडाले उद्विग्न भयो र सम्झेँ ती भाइतोराबोराको अनकन्टार पर्वतदेखि कति टाढा होलान ? आजको अफगानिस्तान विश्वकविरवीन्द्रनाथ ठाकुरको पात्र काबुलीवालाको देश जस्तो छैन । छ अर्कै तालिबानको ती कुनैकठोर ठाउँमा लुकेर, कतै छेलिएर लेखिरहेका होलान् मेरा केदार । यतिखेर सैन्य साहित्यकोकसरी उत्पादन हुँदोछ, यो राष्ट्रले बुझ्नु पर्ने समय छ तर यो बुझेको छैन । एथेन्सको झरी शीर्षकले नै मलाई आकर्षित ग¥यो । त्यो प्राचीन सभ्यता केन्द्र ग्रिसको एथेन्सपुग्ने र त्यसबारे यात्रास्मरण लेख्ने म मात्रै हुँला जस्तो ठान्दथें तर केदार भाइको शीर्षकदेख्ता एक भाग्यमानी स्रष्टा त्यो भूमिमा पुगेछन् भन्ने हर्षले मेरो मन भरियो । त्यो भूमिकोभ्रमण पश्चात नेपाली साहित्य सिर्जने मभन्दा पहिलेका मनुजवावु मिश्र र पछिका केदारलाईसम्झिछु । त्यसो त अरूले पनि ग्रिसको यात्रा गरे होलान् तर नलेखिए पछि त्यो त्यसै विस्मृतहुँदो रहेछ । एक सर्काे शीर्षक पल्टाएँ— नौवटा यात्रा सस्मरणले भरिएको यस सङ्ग्रहको निर्माण अर्कैढङ््गले भएको छ । प्रत्येक निवन्ध आरम्भ गर्नुभन्दा अघि एक पूर्वयात्राकारको कुनैसङ्ग्रहबाट अलिकति उद्धरण राखेका छन् । उदाहरणको लागि पहिलो निबन्ध छ पहाडघरतिरलाग्दा । त्यसमा मेरो सङ्गै बसौँ यो रात शीर्षक  यात्रा निवन्धको एक उद्धरण रहेको छ ।यस्ता उद्धरणले लेखकलाई मनपर्ने नौजना नियात्रा लेखकलाई प्रस्तुत गरेको छ । ती नौ लेखक र तिनका कृतिलाई यहाँ क्रमश राख्न चाहन्छुः ·         गोविन्दराज भट्टराईको सङ्गै बसौँ यो रातबाट ·         विश्वासदीपको तिगेलाको देश बोक्नुको पीडाबाट ·         मोदनाथ प्रश्रितको सुन्दरी रात र सुस्केराका अनुहारबाट ·         ध्रुवचन्द्र गौतमको जर्मनीः नयाँ आँगनमा पाइला टेक्ताबाट ·         युवराज नयाँघरेको अनाम पहाडमा फनफनीबाट ·         अमर नेम्वाङ लिम्बूको सम्झनाका तरेलीहरूबाट ·         दयाकृष्ण राईको सम्झनाको आलिङ्गनमा वाँधिएरबाट ·         जय छाङछाको विब्ल्याँटो आकाशको धरातलतिरबाट ·         ताना शर्माको बेलायततिर बरालिँदाबाट यो छनोटले अनेक नयाँ अर्थ दिन्छ— लेखक केदारकति अध्ययनशील रहेछन् । उनी समसामयिक यात्रा साहित्यलाई कति नजिकबाट कति प्रेमले पढिरहेकारहेछन् । अनि नेपाली यात्रा लेखन कति ज्यादाविविधतापूर्ण हुन थालेको रहेछ । केदारले रोजेका नौकृतिमध्ये एकजना तानाशर्माको बेलायततिरबरालिँदा झन्डै चारदशक अधिको हो भने बाँकी आठकृति वर्तमान एक दशक भित्रका अर्थात समकालीनभ्रमणका अनुभूति हुन । भ्रमणशील नेपालीकोसङ्ख्या बढेको छ, देश थपिँदा छन् । नेपाली जातीले गरेको अन्य भूमिका यात्रा साहित्यकोखोजी गर्दा जङ्गबहादुरको बेलायत यात्रा प्रथम होभने लामो समय पश्चात आधुनिक साहित्य र चित्रकलाका एक शिखर लैनसिंह वाङ्देलकोभ्रमण साहित्य प्रकाशित हुन थालेको पनि आधा शताब्दी भइसक्यो । हालै उनको छोरी डीनाबाङ्देल र देवेन्द्र भट्टराईद्वारा सम्पादित मुलुकबाहिर म यात्रा साहित्यको एक अमर गाथाप्रकाशित भएको छ । यसले पचास साठी वर्ष अघिको फ्रान्स बेलायत र त्यहाँ पुगेको एकस्वप्नद्रष्टा नेपालीको जीवनीचित्र प्रस्तुत गर्दछ । त्यस पछिका ताना शर्मा, पछिका विजयचालिसे, यादव खरेल आदि हुन । तर वर्तमान एक दशकको लेखन र पहिलेकोमा ठूलो अन्तरछ । आज नेपलीमा नियात्रा लेखनको मात्रात्मक र गुणात्मक  गति भिन्न भएकोे छ । त्योकुरा माथिका कृति शीर्षक पढ्दा थाहा हुन्छ । नेपाली लेखनको अवस्थिति (लोकेल) अर्कैभएको छ, पात्र परिवेश घटना अर्कै । विषयवस्तु भिन्न; शैली पनि अर्कै भएको छ । सबै आश्चार्य लाग्दो छ । तिनै आश्चार्य लाग्दो समूहका एकजना नियात्राकार हुन केदार । यहाँ देखिन्छ— नयाँलेखनका नौजना स्रष्टामध्ये तीनजना देशभित्रको नियात्राकार छन् । गोविन्दराज भट्टराई,अमर नेम्बाङ र युवराज नयाँघरे । अरू सात जनाले प्रस्तुत गरेका विविधतापूर्ण चित्र हेर्दानेपाली नियात्रा लेखनको आसीम विस्तृति देख्न पाइन्छ । आजको देशकोभन्दा परदेशकोयात्राले ज्यादा कृति जन्माउन थालेको छ । कत्रो खुसी र नवीन उज्यालोको कुरा । […]

‘एथेन्सको झरीमा रुझ्दा’ -यौटा पाठकीय अनुभूति

Posted on February 11, 2011 | by हेमन्त परदेशी

-हेमन्त परदेशी भन्नैपर्दा मित्र केदार ‘सङ्केत’ संगको मेरो चिनाजानी पुग नपुग एक बर्षकोहोला र त्यो पनि डिजिटल प्रबिधि मार्फत । त्यसो त चिनाजानी भए यता पनि एक अर्काकासिर्जनाहरु पढ्ने र […]

एथेन्सको चेतनाले रुझेको मन

Posted on February 5, 2011 | by रामजी तिमल्सिना

२०६७ मङ्सिर २८गते मङ्गलवार महेन्द्र बहुमुखी क्याम्पस, धरानको नेपाली विभागद्वारा आयोजित “बहुरङ्गवादका बाटामाएथेन्सको झरी परिचर्चा कार्यक्रम”मा प्रस्तुत टिप्पणी कबितामा छोटा हुने भए वर्णन । कथा बेपात्रका हुने भए मेरा पातला […]

Marquee Powered By Know How Media.
Secured By miniOrange