(डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा)
म बोल्न खोजिरहेछु
म खोल्न खोजिरहेछु
बताउन सक्छु कि सक्दिनँ
बुझाउँन सक्छु कि सक्दिनँ
मान्छे, सधैँ विरोधाभाष देखिरहन्छ/लेखिरहन्छ
मान्छे, सधैँ अनिणिर्त बोलिरहन्छ/खोलिरहन्छ
मान्छे, सधैँ अन्धाधुन्द गरिरहन्छ/सरिरहन्छ
मान्छे, सधैँ बेठेगान हिँडिरहन्छ/दौँडिरहन्छ
जम्मामा मान्छे, समय ब्रहृममा
छमछम नाचिरहेछ, मात्र भ्रम बाँचिरहेछ
सबै अनियन्त्रित, फेरि नियन्त्रितजस्तो पनि
सबै अस्तव्यस्त, फेरि व्यवस्थितजस्तो पनि
सबै भद्रगोल, फेरि संगोलजस्तो पनि
सबै लथालिङ्ग
फेरि समेटिएजस्तो पनि
आजको मान्छे
अनेकन धर्महरूले किचिएको छ
विविध दर्शनहरूले थिचिएको छ
राजनैतिक साँध-सीमाहरूले मिचिएको छ
यान्त्रिक चटकहरूले खिचिएको छ
एउटा अनाम सन्त्रासको बादलले सधँै
छोप्न खोजिरहेछ मान्छेलाई
एउटा बेखबर हुरीले उडाउन खोजिरहेछ
एउटा भयङ्कर छालले बगाउन खोजिरहेछ
एउटा अर्कै डरलाग्दो सूर्यले डढाउन खोजिरहेछ
पाइला-पाइलामा दर्ुघटनाको
सम्भावना बोक्छ आजको मान्छे
प्रत्येक श्वासमा
निःश्वास रोकिन सक्छ
प्रत्येक नजरमा
दृष्टि मेटिन सक्छ
प्रत्येक र्स्पर्शमा
चेतना हराउन सक्छ
प्रत्येक अनुभूतिमा
संवेदना मर्न सक्छ
मान्छेले समयलाई हाँकिरहेछ या
मलाई विचार गर्न देऊ
म यी तमाम चिन्तनहरूमाथि