लघुकथा:आँधि
नवीन न्यौपाने
बैशाख महिना पश्चिम् दिसा अध्यारो धुलो सङै हावाहुरी चलेको देखेर हतार गर्दै आफ्नो सामान पछिको बाकसमा थन्क्याएर हिद्न खोज्दैछ डम्बरबहादुर। एउटा लठ्ठी गाडेर छाता बाधेको थियोे टन्टलापुर घाम मा छाया दिने साधन उडाइदियो हुरीले ।आफुलाइ सम्हाल्दै जसरी तसरी कोठामा पुग्यो छाता को पिर भनेमन मा दौडिरहेको छ भोलि कसरी दिन बिताउने ।पिर मान्दै खाना खायर सुत्यो ।
डम्बरबहादुर यसरी सहरमा जुत्ता चप्पल सिलाउन बसेको बर्सौ भएकोे थियो। विद्युतको टान्सफार्म को छेउमा उसको सानो पसल पसल पछाडी अग्लो पर्खाल ।पर्खालमाथि काँडे तार।

बिहानै उठेर खानपिन सकि हिड्यो डम्बरबहादुर पसलतिर जताततै तहस नहस छ रुख हरु भाचिएको छन जताततै नोक्सानी मात्र देखिन्छ उसको पनि हिजो छाता उडाइदिएर नोक्सानी त पायकै छ ।
आफ्नो पसल नजीक पुगेको उसलाई अहिले अचम्म लाग्दै छ दंग छ ।बाकस खोलेर सामान मिलाउछ काम सुरु गर्छ ।घरिघरि माथी हेर्दै मुस्कुरायर आफैसङ प्रश्न गर्छ कस्ले भन्छ आँधी ले सबको नोक्सानी मात्रै गर्छ? र नेता कसैको काम आउदैन ।
भयछ येस्तो कि पर्खाल भित्रको नेता को घरको ग्यारेज को एउटा पाखो आँधिले पर्खालमा अड्याइदियेछ र डम्बरबहादुर को दोकान को छत बनाइदिएछ । तर रहने पो कहिले सम्म होला ?

sabhar:लघुकथा कुनो / Very Short Stories Corner

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *