बर्ष दिन भैं सक्यो नर्मदा माइत गएकी अझ आएकी हैन ।
श्रीमती सँग उसको ठ्याकठूक परिरहन्थ्यो ।
“कस्ता हुतियार सँग विबाह गरिएछ । जीवनको कुनै उद्देस्य पूरा भएन । यस्ता नार्मदीको श्रीमती भएर बस्नु भन्दा माइत गएर बस्न धेरै बेस ?”
“यस्ता कुरा गर्नु राम्रो हैन नर्मदा ।हामी मिलेर यो घर बनाउने हो ।यो छोरालाई राम्रो बनाउने हो । “
“तेरो यै छाँटले राम्रो हुने भो । ल म हिडे माइत ।”
माइत गएर बसेकी नर्मदा आज भदाको कुरा सुनेर एक्कासी भक्कानिएर रोइन् ।
“दिदी तपाईं हाम्रो बा आमाको त्यस्ता तुच्छ वचन सहेर बस्नु भएको छ । तपाईं सँग जोशजागर बल छ । यो घरको सबै काम तपाईले धान्नु भएको छ । आज बल छदा त तपाईलाई हाम्रा बा आमाले तुच्छ बचन लगाउनु हुन्छ भने भोलि तपाईको बल तागत सकिदा हामीले के गरौंला याद गर्नु भएको छ ।”
नर्मदा घोसे मुन्टो लगाएर रुन थालिन् । केही बेर पछि उनले सोचिन् ।
यो भदाले ठिक भन्यो ।
“अाखिर घर भनेको घरै हो । आफ्नो सबैँ हक लाग्ने ।”
यता सुन्नु त छोराको बाबा । तपाईं भोलि मलाई लिन आउनु हैं ।
माइतै बस्छु सधैंभरी भनेको हैन ?
“घर जस्तो माइत कहिल्यैे न हुने रहेछ ।”
sabhar: writer’s FB