हेल्लो …..हेल्लो दमयन्तिले हतार हतारमा फोन गरिन । उताबाट जबाफ आयो हेल्लो हेल्पलाईन ११३७ आपत्काल सहयोग कार्यालय । हजुर! हजुर ! मैले त्यंहि फोन गरेको हो । अं !अं ! त्यसो भए ठ्याक्कै मिल्यो । ठेगाना बताउनुस् ! कालोपुल बाट माथि देब्रे भण्डारखाल मुनि । हरिलालको घर भन्नुस्न ! हस् ! हस् ! पांच मिनेटमा आईपुगिहाल्छौं। दमयन्ति घरको गेट बाहिर निस्केर घरि दायाँ घरि बायाँ हेरिरहेकी छिन् । त्यतिकैमा एम्बुलेन्सको सायरन बज्यो । झिलिक् झिलिक् बत्तीको उज्यालोमा दमयन्तिको अनुहारमा सन्तोष झल्कियो । बिरामी कता हुनुहुन्छ ? यता! यता!दमयन्तिले कोठा देखाईन् । कविराज बा लाई कर्याक कुरुक पारेर एम्बुलेन्समा राखे । एम्बुलेन्स फर्कने बेलामा देवेश आईपुग्यो । हतार हतार बा को कोठामा पुग्यो । दमयन्ति खाली कोठा बढार्दै गरेको देखेर देवेशलाई कुरा बुझ्न गार्हो परेन । के गरेकी तिमीले ? के गर्नु नि ? बा को सुख्खा खोकीले हैरान थियौं । अहिले परिस्थितिले पनि साथ दिएको बेला बा लाई आईसोलेशनमा पठाएकी । तिम्लाई यस्तो बुद्दि कहिल्यै आए पो? * रत्ननगर, चितवन ।