महानगरमा ओपनिङ् भएको ओम फाइबस्टार होटलका वृद्ध मालिक कुबेर सिंहले आफ्नी एकमात्र सन्तान बाइस बर्षे छोरी कनिकाको लागि देशभरिबाट अन्तर्वार्ताको माध्यमबाट योग्य वर छान्न आवेदन माग गरे अनुसार विभिन्न चरण पूरा गर्दै सेमिफाइनलमा तिनजना प्रतिस्पर्धीलाई भव्य र सभ्य समारोहको बिच निम्त्याइदै थियो ।जहाॅ वरिष्ठ राजनीतिज्ञ , कलाकार, साहित्यकार र पत्रकार समेतको उपस्थिति थियो । कनिकाकै स्वर्गीय आमाकै अन्तिम इच्छा अनुसार फाइनलको लागि बाबुछोरीको सल्लाहबमोजिम मंचमै आसिन निर्णायकसॅग आवश्यक परे सल्लाह लिन सकिने व्यवस्था थियो। फाइनलमा सोधिने प्रश्नअत्यन्तै सरल बताइएको थियो । करोडपति बन्ने लालसामा प्रतियोगीबीच ठूलो होडबाजी थियो। पहिलो प्रतियोगी : कनिका:तॅपाईले ममा के देख्नुभयो? मैले तपाईमा रूप ,रंग र सौन्दर्य देखे। कनिका:अरू खास ममा के देख्नुभयो ? मैले तपाईभित्र मेरो जीवन लहराएको देखे। कनिका : तपाई जान सक्नुहुन्छ ।(पछाडि दृश्यमा ) छट्पटाउदैछ –घाइते परेवा– पङ्खामा झुण्डेको– डोरी चुडायो र किनारतिर फालेर बाहिरियो। दोस्रो प्रतियोगी; कनिका:तपाईंले के देख्नुभयो मेरो कोठामा? अपरिचित, सोचेभन्दा राम्री ,स्वप्न सुन्दरी । कनिका :मसॅग कस्तो नाता चाहनुहुन्छ? अजम्मरी र दीगो नाता जो उदाहरणीय होस्। कनिका :अहिलेलाई छुटौ अब।(पछाडि दृश्यमा ) यौटा वृद्ध —रुदै—-टूक्रुक्क बसेको—लठ्ठी — दोधारमा कै गरौ नगरौ भनी बाहिरियो। तेस्रो प्रतियोगी: कनिका :तपाई के हेर्न आउनुभको यहाॅ ? रूप त तपाई सॅग नै छ वश मनको सुन्दरता हेर्न । कनिका :मलाई कस्तो पाउनुभयो? सामान्य अरूजस्तै यथार्थमा शीलवती। कनिका :धन्यवाद जान सक्नुहुन्छ ।(पछाडि दृश्यमा ) रुदैगरेकी–अर्धनग्न युवती—भुइँमा पछ्यौरा — युवतीको आॅसुपुछि पछ्यौरा ओढाएर बाहिरियो । सभाहल तालीले गुञ्जायमान भयो। तेस्रो तेस्रो भन्दै हुटिङ भयो।त्यसबेला बाँकी दुई प्रतियोगीको अनुहार हेर्न लायक थियो । निर्णायकसॅग साङ्केतिक अनुमति लिएर कसैसॅग फोनमा बोल्दै आएकी कनिका स्वयंको नतिजा यस्तो थियो । सेकेण्ड रनरअप –दोस्रो प्रतियोगी फस्ट रनरअप -बिजेता हुनुपर्ने त तेस्रो प्रतियोगी नै हो।पव्लिक च्वाइसको म कदर गर्छु तर महाशय यति करूण भैदिए मेरो ऑसु कस्ले पुस्छ।त्यसैले भावनामा नबग्नूहोस्। अब मैले बिजेता घोषणा गरिरहनु पर्छ जस्तो लाग्दैन ।धन्यवाद !!

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *