नरिसाउ है महादेव !

मैले तिम्रो नाममा सोह्र श्रृ‌ङ्गार गरिन
हेर त –
आँखामा तिम्रो नामको गाजल छैन
छैन ओठमा रातो लाली
न छ निधारमा सप्तरङ्गी टिका
गला रित्तै छ
खुट्टामा छन्छन् बज्ने
दासत्वको बन्धन छैन

नरिसाउ है महादेव !
मैले तिम्रो नाममा ब्रत बसिन
हेर त –
हातमा पुँजाको थालि छैन
छैन तिमीलाई खुशी पार्न
बिनम्र स्तुतिका शब्दहरु
न छ चाहिएको मलाई
तिम्रो कृपा
न आदी न अन्त्य तिम्रो सामु
दिर्गायुको कामनाको अर्थ छैन

नरिसाउ है महादेव !
मैले तिम्रो नाममा रातै रङ्गिन चाहिन
हेर त –
म हिमालकी छोरी
म सँग –
आफ्नै सेतो रङ्ग छ
तिम्रो तेस्रो आँखालाई समेत
बेवास्ता गर्दै
सदा-सदा
आफ्नै रङ्गमा रमाउन चाहन्छु

ससाभार-फेसबूक

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *