आफ्नै शक्ति घटाइ दुध पिलाइ आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरुमा कस्तो महान छ शिर आफ्नो निन्द्रा घटाइ रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता सजायौ तिमीले स्वार्थीयो संसार तिर स्वर्गको सपना सजायौ तिमीले आफ्नै यो संतान तिर स्वार्थ केही नराखी स्वच्छ भावना सजायौ मेरै तिर हाँस्न सक्ने र बाच्ने कला जगतमा माया ममता सरी शक्ति भक्ति दुवै वरावर गरी हाँसोस् सधै मन्जरी तिम्रै स्वच्छ मुहार सजाइ मनमा भक्ति छ आमा तिर भक्तिको भावना सजाइ मनमा हाँस्छु म त दिनदिन बस्छु तिम्रै हृदय भावहरुमा सेबक वनी मस्तछु आमाको ममता मल्हम सरीयो जीउ भरी धस्दछु कस्तो मातृत्व हो यो सधै सकलको हृदय सजाउने ताते गर्न सिकाइ तारावाजीनै गीत गाउन सिकाउने आमाको छाया त्यो सधैसधै भरी राख्न पाउँ मनभरी उनकै वात्सल्य प्रेम गीतहरुमा छाउन पाउँ मनभरी मिठो गीत गाउँ आमाको ममता धर्तीमै पुग्ने गरी तिर्खा भोक मेटाइ आमाकै काखमा सधै निधाए सरी जित्छु मत पुरै साम्राज्य जगतको सुरवीर भएझैं गरी भक्तिको ममता सजाउन पाउँ आमा हाँसेझै गरी मायाजाल फिजाइ लौन आमाले मलाइ हँसाए सरी हे आमा आज लौ निदाउन पाउँ सन्तुष्टि सास फेरी लिला बल्लभ नेपाल महारानी झोडा-५, झापा
Please follow and like us: