-काल्पनिक यात्री
ऐ !
शासक
हरेक पटक चुनाबमा स्वस्तिक छाप बन्दै
तिमीलाई सत्तामा पुर्याउने
यो देशको सामान्य नागरिक हु म
शताब्दियौ देखि
शासकहरुले लादेको
शासकिय हैकमको जातोमा पिल्सिदै बाँचिरहेको छु
आज ससोच्दैछु
यहाँ राज्य हुनुको आभास काहा छ ???
गरीब निमुखाहरुको
हितको झ्याली पिट्दै सत्तामा पुग्नेहरु
केही दिनमै शासक भैदिन्छन्
र
हामीलाई रैती सम्झिन्छन
तब
निषेध गर्छन् हाम्रो आवाजहरुलाई
बन्दी बनाउन खोज्छन हाम्रो चेतनाहरुलाई
अनि
सत्ता टिकाउन
फैलाई रहन्छन् अनेकौ प्रोपोगन्डा
गरि रहन्छन भ्रमको खेती
सके नागरिकलाई भ्रममा राख्छन
नसके
फुटाउ र राज गर नीति अपनाउछन
यसरी नै
बिधिको शासनभन्दा माथि
पुग्ने गर्छन शासक
तब
सुरु हुन्छ बेल्साजरहरुको
क्रुरताको अन्त्यहीन श्रृङ्खला
अहो !
साच्चै राज्य क्रूर हुन्छ
महसुस गर्दैनन्
एक ट्याबलेट सिटामोल खान नपाएर
मरिरहेका गरीब निमुखाहरुको पीडा
साच्चै महसुस गर्दैनन
हरेक साल बाढीपाहिरोमा परी
आफन्त र घरबार गुमाउदाको पीडा
आफ्नै देशमा सुकुम्बासी सरह बाच्दाको पिडा
र
अन्जान झै बन्दै
निरन्तर खेलिरहन्छ्न जनताको छातीमा परेड
खै ???
यहाँ राज्य हुनुको आभास काहा छ ???
गरीब जनताको मुक्तिको नारा लगाउदै
शक्तिसाली र बलियाहरुले
राज्यलाई खेलौना बनाई रहन्छन्
निजी स्वार्थलाई अङ्गाल्दै
देशलाई पतन तिर डोर्याइ रहेको
बर्तमान परिपेक्षमा
गरीब र कमजोरहरुको राज्य स्थापना
केवल
कल्पनामा सिमित हुन्छ
खै ???
यहाँ राज्य हुनुको आभास काहा छ???
यहाँ राज्य हुनुको आभास काहा छ ???
=================
क. न. पा. २ चियाबारी, सिन्धुली