एकै परिस्थिति परिणाम फरक
एकादेशमा एउटा राजाको छोरा र आठपहरियाको छोरा एकै दिन एकै समय घडी पोला सम्म मिल्ने गरि जन्मिएछ्न । जोतिषले ती दुबैको ग्रहदसा हेरेछ्न । राजाको छोरालाई एकदम प्रतापी र भाग्यमानी होइबक्सन्छ भनेछ्न । तर आठपहरियाको छोरालाई ओ हो यस्ले त धेरै दुख कष्ट खेप्नु पर्छ भनेछ्न । अरुलाइ अचम्म लाग्यो ,एकै समयमा जन्मेका बालकको किन यस्तो फरक भाग्य भन्ने भयो । राजाको छोरा पाँच महिना पुगे पछि राजाको मृत्यू भएछ । सानो बालक यूवराजलाइ राजा बनाइयो । छैठौं महिना पुगे पछि आठपहरियाको मृत्यू भएछ । बाबुको जागिरबाट बाच्नु पर्ने परिवारको बेहाल भएछ । डेरा भाडा तिर्न नसकेर घरबेटीले घरबाट निक्लन ताकेता गर्न थाले ,किनेर खाने र लाउन आयश्रोत भएन । अत्यन्त दूखकष्ट बेहोर्नु पर्यो । दैबको लिला भौन वा परिस्थितिले कसैलाई राजा बनायो भने कसैको गासबास नै खोसियो । समय सन्दर्भ र पारिवारिक पृष्ट्भूमिको खेलले कसैलाई रसतल कसैलाई राजमहल प्राप्त हुदोरहेछ ।
sabhar-fb