– मनु ठाडा मगर 

बगेर यहाँ सम्म आइपुग्दा
बाटो भुलेर आफै अल्मलिएँको छु!
सर्वस्व सुम्पेर आँखा चिम्लेर उफ्रन्दा
माखे साँङलोको जन्जरमा फसेको छु


सँसार आआफ्नो छ
ताल, सुर आफ्नो छ
खाली बिजिनेस बिजिनेसको छाल उर्लेको छ
मान्छे माथि मान्छे चढ्न उक्साउँदै छन् मान्छेहरु
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छेहरु
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म बिचैमा निथुक्क भिजेर एकछिन रोकिएको छु !


उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म एकछिन !
बिदेसिनेको हुल देखेर म त्यहा भित्र हराउदै छु


मर्नु बाँच्नुको दोसाँधमा
अनि
बग्नु नबग्नुको दोधारमा फसेर
मान्छेले उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु


दोभान नभेटेर दोधारमा
आज अचानक नमिठो सँग ठोक्किएको छु
अगाडी बढ्ने बाटो नदेखेर अक्मक्किएको छु,
मन भरि पिडा र वेदना बोकी छट्पटिएको छु!
आफ्नो धरातल बिर्सदा कता जाउ भनि बिचैमा ठिङ्ग उभिएको छु !

(लण्डन)
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *