नपति काका – दिनेश यादव

Posted on April 14, 2020 | by admin

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको छ । लकडाउनले ज्याला/मजदूरी गर्नेहरुको चुलो बन्द भएको कयौं दिन भइसक्यो । सरकारले राहत दिने हल्ला चलाएसँगै नाम लेखाउनेहरुको तछाड–मछाड शुरु भयो […]

सम्मान लघु -चूडा निर्भीक

Posted on April 14, 2020 | by admin

ऊ एउटा होनहार कवि थियो । कम पढेलेखेको भएतापनि तापनि उसका कविताहरू वजनदार थिए । सिगरेटको खोल कागजका फ्याकिएका टुक्रा वा एकातर्फ लेखी अर्कोतर्फ खालिरहेका पेजहरू उसका कृति कोर्ने माध्यम […]

भगवान -अल्पबिराम पोखरेली

Posted on April 14, 2020 | by admin

क्या हो नेताज्यू ! खोला तर्यो लौरो बिर्स्यो भने झैं हामीलाई चटक्कै बिर्सने ? किन के भो र साहुजी ! किन त्यसरी एक्कासी झोक्किनु भो ? यसो बन्द सन्दको कार्यक्रम […]

क पाउण्ड पाउरोटी -बिजु सुवेदी (विजय)

Posted on April 14, 2020 | by admin

ए झरी असिमित उर्लिएर दर्किरहेको थियो मानौं यो झरीले भेल बनेर केही न केही उटुङ्ग देखाउनेछ । झरी आाउँदा पनि नहुने नआउँदा पनि नहुने । नआउँदा पनि “कत्ति सारो गर्मी […]

लघु कथा-भावना क्षितिज

Posted on April 14, 2020 | by admin

रिसको ज्वाला (लघु कथा) साम्यको साटो विवाद चर्किदै गयो । चारै भाइमा निकै चर्काचर्की चल्यो । आमाले शान्त पार्न खोजिन् तर त्यो रिसको ज्वाला न आमाको दुधले निभाउन सक्यो न […]

उसको सपना-विजु सुवेदी “विजय”

Posted on April 14, 2020 | by admin

उसको सपना (लघु कथा) ) “खै आफ्नो मान्छे ? के अरुकै कुरा मात्र सुन्ने ? अरुकै लागि मात्र गर्ने ? खै आफ्ना लागि केही गर्न नपाउने ? यसकारण आज नितान्त […]

एक नोकरको व्यथा – त्रिचन्द्र ‘प्रतीक्षा’

Posted on April 14, 2020 | by admin

‘‘भोलिदेखि तेरो नोकरी पक्का ! बिहान घरको काम सकेर नोकरीमा जानु र फर्केर फेरि घरको काममा लाग्नु बुझिस् ?’’ तीन वर्ष अघिदेखि म वहाँको घरमा बगैंचामा काम गर्ने तथा खाना […]

जुङ्गाको लडाइँ (व्यंग्य लघुकथा) -अल्पबिराम पोखरेली

Posted on April 14, 2020 | by admin

माघे सक्रान्तिको विहान । मासुको भाग लाउँदै गरेको नेप्टे साहिंलोको आगनमा मासु लिनेहरूको भीड थियो । सेवा निवृत्त जुङ्गे हवल्दार पनि मासु लिन टुप्लुक्क आइपुग्यो र आफ्नो खुंडाकट् जुङ्गा बटार्दै […]

औकात -सुशीला देउजा

Posted on April 14, 2020 | by admin

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलको प्रस्थान कक्षको प्रतिक्षालय, यात्रुहरूले खचाखच भरिएको छ । त्यस कक्षमा सबैलाई बस्न पुग्ने मेच छैनन् । कोही यात्रु उभ्भिएका छन । कोही समय बिताउन […]

सरकारभन्दा जेठो ढावा शेरपा-कमल थापा

Posted on April 14, 2020 | by admin

हिमालतिर कामको सिलसिलामा ०५५ सालतिर घोडेपानीदेखि मनाङको निस्याङ क्षेत्रमा पुगेँ । निस्याङको मनाङ गाउँका दिदीबहिनीले घाँस हसियाले काट्नुको सट्टा हातले उखेलेको देखेँ । मलाई अचम्म लाग्यो । सोधेँ, ‘मसँग चक्कु छ, चक्कुले घाँस […]

गान्धीवाद : भ्रम र वास्तविकता-राजकिशोर रजक

Posted on April 14, 2020 | by admin

नेपालमा महात्मा गान्धीको विषयमा अध्ययन, अनुसन्धान प्रशस्तै भएको छ । तर, आधुनिक भारतको निर्मातामध्ये एक अम्बेडकरको विषयमा कतै पनि चर्चा भएको सुनिँदैन । अम्बेडकर नपढी गान्धीवादलाई सम्पूर्णतामा बुझ्न सकिँदैन ।  गान्धीवाद के हो ? […]

चिहानबाट न्याय खोज्दै पाब्लो नेरुदा-नीरज लवजू

Posted on April 14, 2020 | by admin

सम्झना २३ सेप्टेम्बर १९७३ मा चिलीका विश्वविख्यात लेखक पाब्लो नेरुदाको ‘निधन’ भयो । आजसम्म संसारलाई उनको निधनका कारण बताइएको थियो– प्रोस्टेटको क्यान्सर । तर, संसार त्यतिवेला आश्यर्चचकित बन्यो जब नेरुदाका अंगरक्षक म्यानुयल […]

हिउँदको एक दिन-सुन्दर कुरूप

Posted on April 14, 2020 | by admin

हिउँदको एक दिन हिउँदयामको बुढो घाम दिनभर अल्झी बस्छ, घरमुन्तिरको बाँसझ्याङमा । बेफुर्सदिलो किसानका औँलाहरूमा झुन्डिएर दिन घरी वल्लो खेत घरी पल्लो खेत ओहोरदोहोर गरिरहन्छ । गाउँभरि प्रायः सबैले मंसिरे धान थन्(क्याउने […]

सियोको टुप्पोले-सन्जना खड्का

Posted on April 12, 2020 | by admin

सियोको टुप्पोलेसयकडा एक्चालिसको ब्याज कतिन्जेल सिउछस ?च्यातिएको भाङ्ग्रो टालेरयो नाङ्गो आकाश कतिन्जेल ओडछस ?आतको प्यास मेटाउनउधारो नुनको झोल कतिन्जेल पिउछस ?जा बिर्खे दमाई  जा सबैले देख्ने गरी झुन्डिएर मरमुक्ती पाउछस […]

से–फोक्सुन्डो सौन्दर्य-गोविन्द शिवाकोटी

Posted on April 12, 2020 | by admin

१६ कार्तिक २०७४ बिहीबार काठमाडौंनेपालको सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा उचाइमा रहेको ताल तिलिचो (४९१९मि) र अन्य केही तालहरु पुगिसकेपछि बल्ल नेपालको सबैभन्दा गहिरो ताल से–फोक्सुन्डो यात्रा गर्ने मेसो मिल्यो […]

लघुकथा : – कमाएको धनसम्पति – जनक सिक्देल

Posted on April 2, 2020 | by admin

नरहरिले , भर्खरै विहे गरेका थिए । शुरूमा त , उनीहरूको वीचमा खुव मेलमि – लाप भयो । पछि अाएर , एकले अर्कोको भित्री मनको कुरा बुझ्न नसक्दा , सधैँ […]

लघुकथा : बहादुरी -धनराज गिरी

Posted on April 2, 2020 | by admin

—“हरेक मानिस आफ्नो हकमा वकील हो भने अरूको हकमा न्यायाधीश हो |’राम्रो म ‘ वा ‘आई एम द बेस्ट ‘ यो सन्सारको रीत हो !” आफ्नो चेलोले आम मानिसको प्रवृत्तिको […]

लघुकथा – आईसोलेशन -विश्वनाथ खनाल

Posted on April 2, 2020 | by admin

हेल्लो …..हेल्लो दमयन्तिले हतार हतारमा फोन गरिन । उताबाट जबाफ आयो हेल्लो हेल्पलाईन ११३७ आपत्काल सहयोग कार्यालय । हजुर! हजुर ! मैले त्यंहि फोन गरेको हो । अं !अं ! […]

लघुकथा : खास अन्तर्वार्ता निर्निमेष खनाल

Posted on April 2, 2020 | by admin

महानगरमा ओपनिङ् भएको ओम फाइबस्टार होटलका वृद्ध मालिक कुबेर सिंहले आफ्नी एकमात्र सन्तान बाइस बर्षे छोरी कनिकाको लागि देशभरिबाट अन्तर्वार्ताको माध्यमबाट योग्य वर छान्न आवेदन माग गरे अनुसार विभिन्न चरण […]

लघुकथा: कालाे धुवाँ – विनाेद नेपाल

Posted on April 2, 2020 | by admin

रेडियोले ‘सरकारले घरघरमा उपभाेग्य सामग्री पुर्‍याउन निर्देशन दिएकाे ‘ समाचार फुक्याे । सँगसँगै आवश्यक पर्नेले सम्पर्क गर्ने नम्बर पनि दियाे । सुनेर उनीहरू खुसी भए । नहुन् पनि किन ? […]