आज पनि उत्तिकै संझिरहेको छु

उनि गए पछि

हामीले खेलेको बगरको किनारामा,

बनाएको घर कैयौपल्ट ढल्यो होला

तर समयले छुटाए पनि

कहिल्यै ढलेन आशाहरु

टुटेन कहिल्यै बिस्वासका ताराहरु

हामीले छोएको त्यो नदीको  पानी 

कैयौ संसार घुम्यो होला

त्यो भन्दा बढी घुमेको

तिम्रो स्मृति, मेरो आँखामा

आज पनि उत्तिनै साक्षी छन्

 

म नगएको कुरै पल रहेन

जहाँ तिम्रो हाँसो छोडिएको थियो

जहाँ तिमी र म भाँडाकुटी खेल्दा

सपनाहरु बुनेका थियौ

अनि कति पटक त तिम्रो सिउदो

बालुवाले भरेको थिए

 

हो त्यहि बगर साक्षी छ

सोध नदी सँग

जहाँ मेरा आँसुहरु मिसिएका छन्

 

नदीमा हेर्दै आफ्नो तस्बिर सँगै सोध्थ्यौ

के हामी पनि मायालाइ यसै गरि

सागर सम्म पुर्याउन सक्छौ’?

आज सपना जस्तै लाग्छ होला तिमीलाई

जव क्षितिजमा घामहरु डुब्दै जान्थे

 

आकास बाट जून अनि ताराले जिस्क्याउथ्यो

अनि हामी भित्र लुकेको प्रेम

छताछुल्ल धर्तीमा पोखिन्थ्यो

र  उनि भित्र रहेका हिमाल-पहाड

झरना-छाँगा र छहरा सँग

मस्त खेलिरहन्थे

 

साक्षी  छ त्यहि रात जुन रात हामी मातिएका थियौ

पोखिएका थियौ

 

आज त्यस्ता कैयौ रातहरु

एक्लै,एक्लै मारिसके

हामीले छोएको नदी सागर बनि सक्दा पनि

जूनले कैयौ रात पर्खिदा पनि 

त्यहि घाम उदाउने

क्षितिजमा  बुढो

रुख जस्तै भै

जहाँबाट बिलाएकि  थिइन्

त्यही उनको  प्रतिक्षामा

बसिरहेको छु/

 

 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *