तिमीलाई रुवाएर कहिले म हासेँ होला
संगै रोप्यौ बाग हाम्रो कहाँ मैले मासेँ होला
जती पल्ट भेट हुन्छ बिर्स्यौ भन्ने गुनासा ति
रोइ रोइ सुम्पिएका सौगात् कहाँ नाशेँ होला
दुनियाँले हुन्न भन्छ लाखौं पल्ट तीर हान्छ
पिरतिको डोरी हाम्रो कति लड्दै गाँसे होला
प्रेम कथा अमर हुन अखबार किन लेख्नु
पीडाहरु बटुलेर आँखाभरी टासेँ होला
तिमी पारी आफु वारी मेल कस्तो भावनाको
बिमेल उस्तै सोची सोची रात रात बासेँ होला
Please follow and like us: