ईको कबिता
ओलाङ्ग्चुङ्ग गोला
वारिपारिका अग्ला अग्ला
हिमालहरु हिँऊको अंगालोमा
मस्त निदाउँन थाल्दा
बल्ल मेरो गाउँ बेंसितिर
चिसो सिरेटो ओर्लन थाल्थ्यो !!
त्यो चिसो सिरेटोले
बोकी ल्याएको
तिम्रो न्यानो मायाको तिर्सना
सम्झेरै कसम म
क्षतबिक्षत …मात्र होइन
पागल पागल पो हुन्थेँ हौ ठुली ?
तिम्रो कसम, धरोधर्म !!
अनि, म, तिम्रो ओठको
रंग टिप्न
हिउँ पिएर गुराँस जन्माउने
हिमालाहरुको फेद फेद पुग्थें
मेरो मनले
कोरलेको तिमी प्रतिको
असरल्ल मायाहरु
ढुकढुकीमा टाँसेर
तमोरको गर्तिरै गर्तिर
खोलाको बाटोहरु हुँदै
नापिरहन्थे जीन्दगी
लमक्क लमक्क !!
र पुग्थें,
कहिले चेने, कहिले यान्ग्माक
त कहिले ओलाङ्ग्चुङ्ग गोला
तर, ठुली तिम्रो कसम
धरोधर मैले कहिले
आँखा लाईन
ती सुन्दर हिमाली गुराँसहरुमा !!
पकन्दी खेल्दै खेल्दै ओर्लिंदा
भेटिएका ती स्वर्गकी परि जस्ती
सेताम्मै फूल्ने बास्नादार
बूकि फूलहरुमा पनि
आँखा डुलाईन ठुली
तिम्रो कसम, धरोधर्म ….!!
ओलाङ्ग्चुङ्ग बाट
धेरै तल सेखाथुम गाउको
पुच्छर थाक्पुखोला तरेपछि
लुङ्ग्थुङ्ग्को त्यो
उराठ लाग्दो उतिस घारीमा
कति थिए थिए म संग
जुवारी खेल्ने किरा फट्यांग्राहरु !!
तर, कसम होला ठुली
उनीहरुको सुमधुर गित सुनेर पनि
बेवास्ता गर्ने तिम्रो पागल प्रेमी
मै नै थिएँ, तिम्रो कसम ठुली सत्ते धरोधर्म !!
उतिसको रुखमाथि
आफ्नो ज्यानै समर्पित गरेर
झुण्डी रहेका लोभ लाग्दा
सुनाखरी फूल देख्दा
तिमीलाई थाहा छ ठुली ?
म कति बिचल्लित भएँ
उनीहरुको सुन्दरता देखेर ?
उफ्फ़…नसोध मलाई ?
तर सत्ते कसम तिम्रो कसम ठुली
मैले फर्केर पनि हेरिन !!
बाटोभरी मेरो स्पर्सले लजाउने
ती सुन्दर लाजावाती झारहरुको
त झन् के बयान गर्नु र ठुली ?
कति माया लाग्दा थिए थिए ती
तर तिम्रो कसम ठुली
अन्जानमा छुँदा नी
बात लाग्ला की भनेर भागि तर्की हिडें
सत्ते कसम ठुली, धरोधर्म !!
बरु, मर्गेम गाउको
छातीमा अप्ठ्यारो गरि
टाँसिएको हेल्लोक मुनिको
यान्ग्सिल्ला डाँडा हुँदै
ओरालै ओरालो
दौडिन्दै झरें, ए नि लै लै ……
अम्भा चितांग सिर-अ
तिम्रो कसम धरोधर्म हौ ठुली !!
पारी लेलेपको
सिरमा फूलेको लालूपाते
मनमनै टिपेर स्युरिदिन्थे
तिम्रो सुनकेसरी कपालमा
अनि तिमी पनि फूल झैं
लजाउँदै लजाउँदै
मनै कुत्कुताउने गरि
सर्माएर …..म भित्र भित्र बग्न थाल्थ्यौँ !!
तिम्रो त्यो मधुर
मायाको मातले
लर्खराउन्दै लार्खारौन्दै
म छिरुवानी पुगेकै थाहा भएन
कसम होला ठुली,,,धरोधर्म !!
सत्ते कसम, तिम्रो कसम
लुङ्ग्थुङ्गेनी भाऊजुको
होटलमा पसेर
एक डबका छनुवा
तिम्रो सम्झनाको
सितन संग तनतन पिएको
चाँही कहाबाट थाहा पाउनु हौ ठुली
तिम्रो यादले मातेको म घायल यात्रीले ?
अब पिउंदिन भनेर
राम दुवाली मेलामा
तिम्रै सामू डबका घोप्टाएकै थिएँ
सत्ते कसम ….
तिम्रो कसम हौ ठुली !!
अब यति धेरै समर्पित
मेरो प्रेमलाई पनि
थुक्राएर गयौ भने
सत्ते कसम ठुली
मैले तिम्रो नाम कोरेर छाडेका
ती मौन हिमाल, बन पाखा अनि
खोला नालाहरुले सराप्नेछन् तिमीलाई !!
जानू काम्बांग
ताप्लेजुङ्ग हाल यूके !